सम्पर्क

#

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रहरी प्रधान कार्यलयमा आज अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्नुहुँदै उहाँले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाउनुभयो ।उहाँले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पु¥याएको सेवाप्रति अभार व्यक्त गर्नुभयो । उहाँले अवकाश हुन लाग्नुभएका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिनुभयो । अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्र...

१५ बेड अस्पताल समूह अन्तर्गत अनुगमनमा चौतारा अस्पताल प्रथम

#, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
केशव अधिकारी/चौतारा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयवाट २०७९ चैत्र ८ र ९ गते भएको न्यूनतम सेवा मापदण्ड अनुगमनमा चौतारा अस्पताल सिन्धुपाल्चोकले ८९% प्राप्त गरी नेपालकै १५ बेड अस्पताल समूह अन्तर्गत प्रथम हुन सफल भएको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालय का निर्देशक महेश्वर श्रेष्ठ तथा न्युनतम सेवा मापदण्ड का टोली प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा को ५ सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा ६४७ वटा मापदण्ड मध्ये ५७६ मापदण्डहरु जसमा ७६१ नम्बर बाट ६७८ नम्वर प्राप्त गरी नेपालभरी मै उत्कृष्ट नम्बर ल्याई प्रथम हुन सफल भएको छ । मुल्याङ्कनको क्रममा अस्पताहरुको लेखा, प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोट सर्भिस, व्यवस्थापन पक्ष, लगायत सबै प्रकारको अबस्था हेरेर मुल्याङ्कन गरिएको थियो । न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प...

सिता हाईड्रोपावरसँग घाइतेको उपचार तथा उचित क्षतीपुर्ती माग

#, ब्रेकिङ न्युज २, समाचार
आफ्नै बारीमा आलु रोपिरहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका –३ गुम्बा गाउँका १४ वर्षिया नोर्जीवाङमु लामाको यही फागुन १५ मा निधन भएभछी स्थानियले मृतक तथा घाईतेका परिवारले घटनामा घाइतेको उपचार तथा उचित क्षतीपुर्ती तथा गल्ति गर्ने प्रति कानुन बमोजिम कारवाहीका लागी माग गरेका छन् । करेन्ट लागी दुईजना भने गम्भिर घाईते भएका थिए । विहिवार सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गर्दै स्थानियले सिता हाईड्रोपावरका विद्युत पोलहरुमा क्रसर लगायतका हेवी इक्वीपमेन्ट चलेको बखतमा नाँगा तारहरुमा डरलाग्दो गरी धुवाँ तथा आवाज निस्कने गरेको गुनासो गरेका छन् । हाईड्रोपावरलाई स्थानियले पटक–पटक गुनासो गरेपनी यसको कतैवाट सुनुवाई नभएको उनिहरु बताउँछन् । घटनापछि सिता हाइड्रोपावर कम्पनी प्रा. ली. का अध्यक्ष सिताराम तिमल्सीना र नेपाल विद्युत– प्राधिकरण लामोसाघुका कार्यालय प्रमुख डिपिन ढकाललाई प्रमुख जिल्ला अधिकारी रमेश न्यौप...

आलेख : ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
जनकपुरधाम, २४ माघ (रासस)जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज नेपाल बुझ्ने हरेक धार्मिक मान्छेले यहाँका ढुङ्गा ढुङ्गामा देवताको बास देख्छन् र प्रकृतिपे्रमीले यहाँका थङ्गाथुङ्गामा स्वर्गको आभाष गर्छन् । तर ‘नजिकको तीर्थ हेला’ भनेजस्तै हामी नेपाली स्वयम्ले भने जानेर वा नजानेर यहाँको अनुपम महिमालाई नजरअन्दाज गरिरहेका हुन्छौँ । यस्तै आभाष भयो नेपालको कालीगण्डकी नदीबाट भारतउत्तर प्रदेशको ऐतिहासिक धार्मिकस्थल भगवान् रामको जन्मभूमि अयोध्या लगिएको शिलायात्रामा सहभागी हुँदा । “कालीगण्डकी नदीको शिलामा भगवान् रामको बालस्वरुप बनाएर उहाँको जन्मभू...

स्थापित महिला नेत्री शर्मालाई सञ्चार मन्त्रालयको नेतृत्व

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गर्नुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गर्नुभयो । उहाँले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताउनुभयो ।देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उहाँको भनाइ छ । पदभारपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ त...

बलेफीमा बिशेष सभाको माग

#, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा –तामागं) सहीतका कार्यपालिका सदस्यहरुले बिशेस गाँउसभाको माग गरेका छन । पालिकाका उपाध्यक्ष लामाले विधीको शासनको पक्षमा संधै पहरेधार गर्नेछौं जनताले दिएको अभिमतको दुरुपयोग गर्न जो कसैलाई छुट छैन । तसर्थ विशेष गाउँसभा अधिवेशनको माग सहित हामी ४२ जना मध्ये ३७ जना गाउँसभा सदस्यहरुको एक्यवद्धता सहित निवेदन बलेफी गाउँकार्यपालिकाको कार्यालयमा पेश गरेका छौं भन्नु भएको छ ।    बिशेष सभा बोलाउँन का लागी पालीकामा निबेदन समेत दर्ता गरिएको छ । निबेदनमा आधारभुत तथा माध्यमिक शिक्षा सञ्चालन कार्यविधि २०७४ सम्बन्धमा, आ.व. २०७९÷८० को श्रोत सुनिश्चित नभई विनियोजित बजेट कार्यान्वयन गरिएको सम्बन्धमा, प्रकाशित भइसकेको र हुन बाँकी स्थानीय राजपत्र, करार कर्मचारी व्यवस्थापन, कार्यपालिका ÷ गाउँ सभा ÷ पालिका अध्यक्ष ÷ वडा अध्यक्ष ÷ वडा सदस्य ÷ कार्यपालिका सदस्य ...

जलवीरेमा कृषि तथा पशु सेवा केन्द्र स्थपना

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्लाको कृषी उत्पादनमा उपलब्ध हासील गर्दे गरेको बलेफी गाँउपालिका वडा नं १मा कृषि तथा पशु सेवा केन्द्र स्थपना गरिएको छ । पालीकाका सेरोफेरोमा रहेका नागरिकको सुबिधाका लागी बलेफी गाउँपालिकाले कृषि तथा पशु सेवा केन्द्र वडा नं. १ को जलबिरे बजारमा स्थापना गरेको हो । आइतबार सेवा केन्द्रको समुद्घाटन गर्दै पालिका अध्यक्ष गंगाबहादुर तामाङले स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्नको स्थानीय स्तरमा नै खपत गर्न पर्नै बताउँनु भयो । उँहाले पालीका भित्र रहेका हरेक कृषकले खेतीयोग्य जमीन बााझो राखेर अनुदान माग्ने होइन उत्पादन मुलक काम गर्नका लागी अनुदान माग्न पर्छ त्यासो हुँदा पालिकाले पनी अनुदानमा सहयोग गर्ने चाहना बढ्ने बताउँनु भयो ।उँहाले कृषकको लागी पलिकाले हरेक प्रकारको सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पबद्यालय दिवा खाजामा समेत स्थानीय स्तरमा उत्पादति खाद्यन्न प्रयोग गर्न पर्नै बताउँनु भ...

बिश्व खाद्यद्धारा दिवा खाजाको बारेमा छलपफल

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
बिश्व खाद्यद्धारा विद्धालय दिवा खाजाको बारेमा छलपफल भएको छ ।नेपाल सरकारले शिक्षा बिकासका लागी बिभिन्न कार्यक्रम लागु गर्दे आएको छ । यसै सिलसिलामा बिद्यालयमा अध्ययनरत बालबालीकाहरुका लागी दिवा खाजा समेतको ब्यवस्था गरेको छ । यो दिवाखाजा व्यस्थापनका लागी स्थनीय सरकार गठन नहुँदाको अबस्था सम्म सहकारीको माध्ययमबाट खाजा व्यवस्थापन गरिएको थियोे भने अहीले स्थानीय सरकार आफैले गरेका छन ।     यसैसन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा बिद्यालय दिवा खाजा सञ्चालन कसरी सञ्चालित भयका छन र अझ कसरी राम्रो गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको छ । छलफलमा जिल्ला शिक्षा बिकास तथा सम्मन्वय प्रमुख कृष्ण सुवेदी ले खाजा कार्यक्रमलाई अझ प्रभावकारि ढङ्ग ले अगाडी बढाउँन के गर्न सकिन्छ भन्दै बैठकको आयोजना गरेको र यसलाइ स्थानिय स्तरमा नै उत्पादित खाद्यन्न प्रयोग गर्न पर्ने भएकाले यसको लागी कसरी गरिएको छ भन्ने ज...

बोलेर होइन काम गरेर देखाउँन गठबन्धन ःबस्नेत

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते हुने निर्वाचनमा गठबन्धनलाइ सबै भन्दा बढी मत पाएको वडाले थप २५करोड बिकासको बजेट ल्याइ बिकासका काम गर्ने पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले उद्धघोष गर्नु भएको छ । उँहाले सबै भन्दा ठुला ठुला योजना ल्याउँनुहोस म जसरी पनी सम्पन्न गर्छु भन्दै उँहाले सिन्धुपाल्चोकमा आफु , युवराजदुलाल लगाएत गठबन्धनका सबै उम्मेद्वारहरु बोलेर होइन काम गरेर देखाउँने भएकाले जित निश्चीत भए पनी कती मतको अन्तरले जित्ने भन्ने रहेको बताउँनु भयो । निर्वाचन प्रसार प्रसारको अन्तमि दिन चौतारासाँगाचोकगढी नगरपालिका १३मा आयोजित कोण सभालाइ सम्बोधन गर्दैबोलेर होइन काम गरेर देखाउँने गठबन्धनका उम्मेदर छन ःबस्नेत आगामी मंसीर ४ गते हुने निर्वाचनमा गठबन्धनलाइ सबै भन्दा बढी मत पाएको वडाले थप २५करोड बिकासको बजेट ल्याइ बिकासका काम गर्ने पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले उद्धघोष गर्नु भएको छ । उँहाले सबै भन्दा ठुला ठुला ...

आगामी निर्वाचनमासञ्चारकर्मीले सवारी पास लिन नपर्ने

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ ।सो मापदण्डबमोजिममतदानको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी पर...