सम्पर्क

ब्रेकिङ न्युज १

प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै : गृहमन्त्री लेखक

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ३० असोज : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताउनुभएको छ ।६९औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र सङ्गठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गर्नुभयो ।नेपाल प्रहरी एउटा जीवन्त सङ्गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताउनुभयो । राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उहा...

दसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

ब्रेकिङ न्युज १, समाचार
आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरम...

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
गलेश्वर (म्याग्दी), २७ असोज (रासस) : म्याग्दीको बेनी नगरपालिका- ९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पु¥याउन डाँडा उक्लिहाल्नुहुन्छ । सदरमुकामसँगै जोडिएकोले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ । उहाँ विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कलुवाल कराउनुहुन्छ । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायल...

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
लमजुङ, २६ असोजः सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ । क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा आज टक्सार बाबा र आमा समूहले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रको विकास, रोजगारीका सृजनालाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, यातायातलगायत सुविधा गाउँमा पुगे पनि गाउँका घर खाली हुँदै तथा जमिन बाँझो रहेकामा चिन्ता व्यक्त गर्नुभयो । गाउँबाट सहर पस्ने र सहरबाटै विदेश जाने प्रवृत्ति रोक्न सरकारले हरसम्भव प्रयत्न गरिरहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले लमजुङ र समग्र गण्डकी प्रदेशको विकासका लागि सक्रियतापूर्वक काम गरेको उहाँले ...

आलेख – विपद्मा काभ्रे : अधिक मानवीय तथा संरचनामा क्षति

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काभ्रेपलाञ्चोक, २५ असोज : गत साताको अबिरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो । स्थानीयका गास–बास–कपाससँगै भौतिक संरचना पूर्णरुपमा क्षति भयो । जिल्लामा १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७७ जनाले ज्यान गुमाए । यो सङ्ख्या यस् विपद्मा मृत्यु हुनेमध्ये ३१ दशमलव ५६ प्रतिशत हो । यसपटकको बाढी, पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा बेचानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन् । बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापको महिलाको मृत्यु भएको हो । घटनामा हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । जिल्लामा करिब १० हजार परिवार ...

आश्विन शुक्ल नवमी : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २५ असोज : आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । ...

क्षत्री समाजको सागिंतिक प्रस्तुतिका लागि चर्चित दोहोरी गायिका सम्झना भन्डारी कतारमा 

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
दर्शन सुनार / कतार क्षत्री समाज नेपाल "कतार शाखाले आयोजनामा  शुक्रबार हुन लागेको "बृहत् साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार दोहा आईपुग्न भएको छ ।शुक्रबार सनैयामा अवस्थित फुलवारी रेष्टुरेन्टको सभाहलमा दिउसो १२ बजे सुचारु हुने बृहत् साँस्कृतिक कार्यक्रमका लागि चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी बुधबार राती कतार आईपुग्नु भएको हो ।अतिथि कलाकारलाई स्वागत गर्नको लागि समाजका अध्यक्ष महासचिव,कार्यक्रम संयोजक लगायत अन्य लगायत अन्य ब्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय विमान स्थल पुग्नु भएको थियो ।" राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता" भन्ने मुल नाराका साथ क्षत्री दिवस बिजयादशमी शुभ दिपावली साथै छठ पर्वको शुभकामना प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम  "राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग्रार्थ" गर्न...

लार्चा र लिपिङ खोलामा बेली ब्रिच निर्माण हुने बस्नेतलाइ शेर्पाको धन्यबाद

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतको आग्रह अनुसार चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिट्टै बेली ब्रिच निर्माण हुने भएको छ।हालैको बाढीबाट क्षति भएको भौतिक पूर्वाधारको निरीक्षण गर्न मंगलबार सिन्धुपाल्चोक आउनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिनुभएको हो। उहाँले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताउनुभयो।“सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।” उहाँले भन्नुभयो। सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री मंगलबार सदरमुकाम चौतारा पुग्नुभएको थियो । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथ...

गृहमन्त्री लेखकद्धारा राहत बितरणमा ढिलाई नगर्न निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
गृहमन्त्री माननीय रमेश लेखकले बिपद कतिखेर आउँछ थाहा हुँदैन, बिपदबाट पर्न सक्ने असरलाई रोकथाम गर्न र कुनै ठाउँमा परेको बिपदका कारण समस्यामा परेकालाई तत्काल उद्धार गरि राहतमा ढिलाई नगर्न मातहतकालाई निर्देशन दिनुभएको छ । सिन्धुपाल्चोकको बाढि प्रभावित क्षेत्रको अवस्थामा बारेमा जानकारी लिन सिन्धुपाल्चोक आइपुग्नु भएका मन्त्री लेखकले जिल्ला बिपद व्यवस्थापन समितीको बैठकलाई सम्बोधन गर्देै यस्तो बताउँनु भएको हो । मन्त्री लेखकले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई मात्र बिपद ग्रस्त पालिका घोषणा भएको भएपनि अरु गाउँपालिकाहरुमा पनि बिपदका कारण धेरै क्षती भएकाले अरु पालिकालाई पनि सिफरिस भई आए अनुसार घोषणा गर्ने प्रकृया अगाडी बढाउँने बताउँनु भयो । गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको हुँदा “पुनः निर्माण र पुनः स्थापनाका लागि सरकारले छिट्...

नेपाली राजदूतावास कतारको पहलमा करिब २५० जना नेपाली श्रमिकले म्याद सकिएको राहदानीको  नवीकरण गरे

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
दर्शन सुनार/ कतार पछिल्लो केही महिना देखि कतारमा रहेका नेपाली श्रमिकहरुले राहदानी नविकरणको लागि  दूतावासबाट खोलिने "स्लट" न पाएर बढी मात्रामा जनगुनासो आएपछी राहदानी र कतारी आईडीको  पनि म्याद सकिएर समस्यामा परेका नेपालीहरुका लागी राहदानी र स्लटका बिषयमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली राजदूतावास कतार फुलवारि रेष्टुरेन्टको सभाहलमा र नेपाली राजदूतावासको हलमा दुई पटक सम्म छलफलमा बसेको थियो ।२९ सेप्टेम्बर २०२४ आईतवारका दिन नेपाली राजदूतावास कतारले कतारी आईडी तथा राहदानीको म्याद सकिएर राहदानी नविकरणका लागी अन्लाईन नियुक्ति न पाएर समस्यामा परेका नेपाली श्रमिकहरुको लागि एक सुचना जारी गरेको थियो ।  उक्त सुचनालाई सुचिकृत गर्दै शुक्रबारनेपालीराजदूतावासकतरलेदूतावासकाकर्मचारीकोसहयतामाराहदानीकोम्यादसकिएका करिब २५० जना नेपाली श्रमिकहरुले राहदानी नविकरण गरेका छन ।नेपाली राजदूताव...