सम्पर्क

ब्रेकिङ न्युज १

सुन तोलाको एक लाख ६९ हजार छ सय

ब्रेकिङ न्युज १, समाचार
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार नौ सय ७५ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी रु एक हजार नौ सय ६० मा कारोबार भएको थियो । नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ ।...

तमू प्ले ल्हु संघ कतारद्धारा “चेलीबेटी भोज तथा सम्मान“कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार तमू प्ले ल्हु संघ कतारको आयोजनामा “चेलीबेटी भोज तथा सम्मान“ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । “शास्त्र हराए संस्कार हराउछ,संस्कार हराए संस्कृति हराउछ,संस्कृति हराए मान्छेको अस्तित्व नै हराउछ“ भन्ने मुल नाराका साथ शुक्रबार वेलफेयर रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष चन्द्र ल्हेगे तमुको सभाअध्यक्षता तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसी प्रमुख आतिथ्यतामा“माँङी त्हें कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका सभापतिलाई गुरुहरुले क्रेगीले र प्रमुख अतिथीलाई पछ्यौरी ओढाएर सम्मान गर्दै बिधिगत रुपमा कार्यक्रमको ब्यानर उदंघाटन तथा दिप प्रज्वलन गरेर अघि बढेको थियो । संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक क्षेत्र बहादुर थिम्जेले स्वागत मन्तव्य राखेको कार्यक्रममा दुर्गा गुरुङ जिना गुरुङले स्वागत नृत्य पेश गरेका थिए । संघका संरक्षक सदस्य रबिन्द्र त...

म काँग्रेस हुँ र काँग्रेस भएकै नाताले म हरेक बिकासका कामको लागी योग्य छु भन्ने आत्मा बिश्वासका साथ अगाडी बढ्न पर्ने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अधिराजकुमार बस्नेत , नेपाली काँग्रेसका सबै तहका नेता तथा कार्यकर्ताको लागी म काँग्रेस हुँ र काँग्रेस भएकै नाताले म हरेक बिकासका कामको लागी योग्य छु भन्ने आत्मा बिश्वासका साथ अगाडी बढ्न पर्नेनेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । बस्नेतले नेपाली काँग्रेसको क्षेत्र नं १सिन्धुपाल्चोकका पालिका पाटी सभापतीहरु वडा सभापतीहरुलाइ शनीबार बाह्र्बिसेमा नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाबाट प्राप्त सक्रिय सदस्यता हस्तानन्तरण गर्दै यस्तो बताउँनु भएको हो । उँहाले क्रियासिल सदस्य दिदा नेपाली काँग्रेसको बिधान, निती भित्रकाम गरेको छकी छैन राम्रो सँग बिचार गरेर दिन पर्ने बताउँदै क्रियासिल सदस्य लिने बेलामा त छाड म छाड गर्ने अनी पाटीको कार्यक्रममा नहुने जनतालाइ समस्या पर्दा जनताको साथमा नहुने बिकासको नाममा केही नगर्नेलाइ कुनै पनी नेता मान्न नसकीने भएकाले...

बाँझो जग्गामा सामूहिक आलुखेती

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
खोटाङ, २६ माघः यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका छन् । स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका हुन् । “रु १५ हजारमा जग्गा भाडामा लिइएको छ”, मिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले भन्नुभयो, “सामूहिक आलुखेती गर्न सङ्घीय सरकारले रु १५ लाख बजेट उपलब्ध गराएको छ । यो वर्ष कम्तीमा एक सय मुरी आलुको बीउ रोप्ने योजना बनाएका छौँ ।” हालसम्म ८० मुरी आलुको बीउ रोपिसकिएको उहाँले जानकारी दिनुभयो । एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताउनुभयो । प्रतिमुरी रु चार हजारका दरले खरिद गरिएको भोटाङ्गे, नाम्जुङ्गे र धराने जातको आलु रोपिएको हो । आलुखेतीमा प्रतिट्र्याक्टर रु छ हजारका दरले खरिद गरिएको गाईभैँसीको मल प्रयोग गरिएको छ । गाउँप...

ज्यामिरेमा वडास्तरीय अन्तर विद्यालय प्रतिस्पर्धा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
ज्यामिरे/ मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरेमा वडा स्तरीय अन्तर विद्यालय विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ ।वडा शिक्षा समितिले गोल्मेश्वरी आधारभूत विद्यालय मानेडाँडामा शुक्रवार वडा भित्रका सामुदायिक विद्यालय बिच तहगत फरक फरक विधामा चित्रकला, हाजिरीजवाफ, वादविवाद र निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको हो ।कक्षा १-३ का विद्यार्थीलाई सहभागी गराएको चित्रकला प्रतियोगितामा सातकन्या मावि रातमाटाकी आयुष्मा तामाङले प्रथम स्थान ल्याउन सफल हुनु भएको छ । द्वितीय जनता माविकी करिश्मा खड्का र तृतीय रक्तकाली आविका प्रवेश मिजार भएका छन्। त्यसै गरी सान्त्वना पञ्चकन्या आविका आइतेसिं तामाङ हुनु भयो । कक्षा ४-५ स्तरीय हाजिरी जवाफमा प्रथम जनता मावि, द्वितीय गोल्मेश्वरी आवि, तृतीय क्यौलेठाना आवि र सान्त्वना पञ्चकन्या आवि भएका छन्। यसै गरी कक्षा ६-८ स्तरीय छोरीलाई दाइजो भन्दा शिक्षा दिन बेश भन्ने ...

तेर्से माध्यमिक विद्यालयको ३४ औं बार्षिक उत्सव सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
देबराज सुबेदी  तेर्से माध्यमिक विद्यालयको ३४ औं बार्षिक उत्सव सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य,उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व नगर प्रमुख डम्बर अर्याल,वडा अध्यक्ष प्रेमबहादुर तामाङ,समाजसेवी पुर्व ब्यबस्थापन समिति अध्यक्ष बालकृष्ण देउजा,निलबहादुर शाहि,निवर्तमान वडा अध्यक्ष जितराज थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले विद्यालयलाई यो स्थानसम्म ल्याउन सहयोग पुर्याउनेहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शिक्षण सिकाइ मात्र नभएर स्थानीय तहले गर्नुपर्ने कामका बारेमा अनुगमन गर्ने गरेको बताउनुभयो । उहाँले मेलम्ची नगरपालिका भित्रको उत्कृष्ट विद्यालय भएकाले तेर्से माध्यमिक विद्यालयमा आएर शुभकामना व्यक्त गर्नपाउँदा खुशी लागेको बताउनुभयो । काठमाडौमा रहेको निजि र सरकार...

बहुउद्देश्यीय कृषि नर्सरी व्यवस्थापन तालिम सम्पन्न

कृषि, ब्रेकिङ न्युज १, विचार, समाचार
देबराज सुबेदीअष्ट्रेलियन सरकारको आर्थिक सहयोग, प्राक्टिकल एक्शनको साझेदारीमा, सिडिइसिफ द्धारा सञ्चलित बहुप्रकोप÷पहिरो पूर्व सुचना प्रणाली परियोजना अन्र्तगत पहिरो उच्च जोखिममा रहेका तथा न्युन आय भएका समुदायहरुलाई लक्षित गरि बहुउद्देश्यीय कृषिवन नर्सरी व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न भएको छ । परियोजनाको कार्यक्षेत्र रहेको पाचँपोखरी थाङपाल गाँउपालिका अन्र्तगत वडा नं ७ दनुवार बस्ती र हेलम्बु गाँउपालिका अन्र्तगत वडा नं ४ ग्याल्थुङ दलित बस्तीमा मिति २०८१ माघ २१ देखि माघ २४ सम्म तालिम कार्यक्रम सन्चालन गरिएको थियो । बिशेष गरि फलफुल, तरकारी र वनबिरुवा लगायतका बिरुवाहरु उत्पादन गर्ने उद्देश्यका साथ परियोजनाकै सहयोगमा स्थापित हाइटेक टनेलमा बिभिन्न प्रजातीका बिउहरु रोपिएको हो । तालिम कार्यक्रमको उदघाटन गर्दै, प्राक्टिकल एक्सनका कार्यक्रम व्यवस्थापक, बिना खड्काले तालिम कार्यक्रम बिशेष गरि पहिरो उच्...

चौतारामा खानेपानी प्रशोधन केन्द्र सञ्चालनमा

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकामा सञ्चालन रहेको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाई समितिले आजबाट गुणस्तरी खानेपानी प्रशोधन केन्द्र ( ट्रिटमेन्ट प्लान्ट ) सञ्चालनमा ल्याएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भक्तपुरबाट ६ करोड २५ लाख लगानीमा निर्माण भएको प्रशोधन केन्द्रको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गर्नुभए पछी चौताराका उपभोक्ताहरुले गुणस्तरिय एवम् स्वच्छ खानेपानी पिउन पाउने भएको हो ।उद्धघाटनमा मन्त्री यादवले खानेपानी योजनाका लागि जनताले तीसप्रतिशत रकम सह लगानी गर्नुपर्ने वाध्यताको अन्त्य गरिनेबताउँनुहुँदै खानेपानी जस्तो अत्यावश्यक चिजमा जनतालाई तीस प्रतिशत रकम ब्यहोर्न लगाउनु गलत भएको बताउनुभयो । उहाँले खरवौंको सडक बनाउँदा सरकारले जनतासँग एक रुपैयाँ पनि अशुल नगर्ने तर खानेपानी आयोजनाका लागि भने सरकारले ७० प्रतिशत मात्र लगानी गर्दै जनता...

झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि काउन्सिलको कारबाहीमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो/तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । घटनालाई अतिरञ्जित गराइ पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ सामग्री सम्प्रेषण भएपछि कारबाही गरिएको काउन्सिलले मंगलबार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।‘प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिता गम्भीर उल्लङ्घन गरेका तर आफ्ना सम्पर्क विवरण नराखेका तथा मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ ।’ काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञ...
विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, २२ माघः आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्...