सम्पर्क

ब्रेकिङ न्युज १

फस्टाउँदै योग साधना चौतारामा बृहत योग शिविर हुँदै

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
 विदुर आचार्य, चौतारा, चैत १७गते । सिन्धुपाल्चोक सदरमुकाम चौतारामा बृहत योग शिविर हुने भएको छ । पतञ्जली योग साधना केन्द्र चौताराको बार्षिकउत्सवको अवसरमा चैत १९–२१ मा चौतारामा शिविर हुने समितिले जानकारि दिएको छ । जिल्लाको प्रसिद्धस्थल आमा याङ्ग्रीमा  योग अभ्यास गरियो । मेलम्ची नगर योग समितिको आयोजनामा जिल्लाका साधकहरुले तीन हजार आठ सय मिटरको अग्लो स्थानमा साधना गरि योग साधनाको नवीन रुप प्रदान गरेका छन् । धार्मिक र पर्यटकले भरिने ठाउँमा योग साधकहरुले भरिदा आमा याङ्ग्रीको रौरनकता अलि फरक रह्यो । धार्मिक एवम पर्यटकीय रूपमा प्रसिद्ध आमा याङ्ग्रीमा भएको साधना र पदयात्राले स्वास्थ्य पर्यटनको प्रवद्र्धनको सुरुवात भएको छ । धार्मिक, मनोरञ्जन सँगै स्वास्थ्यको लागि समेत पर्यटनको संभावनालाई उजागर भएको हो । जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका साधकहरुले आमा याङ्ग्रीको शीरमा योग तथा ध्यान गरेका हुन् । ए...

सांगीतिक प्रस्तुतिका लागी पल,टक र स्मारिका कतारमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
दर्शन सुनार/ लोकप्रिय दैनिक कतार ईस्लाम धर्मावलम्बीको महान पर्व ईदको अवसर पारेर "दि गोर्खाज ईन्टरटेन्मेन्ट हाउस  कतारको आयोजनामा सोमबार हुन लागेको " नेपाली ईद धमका २०२५" मा सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकारहरु कतार आईपुगेका छन । दोहाको अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा सोमबार मध्यान्ह १ बजे देखि सुचारु हुने कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन सुपरस्टार नायक तथा मोडल पल शाह,भर्षटायल गायक टंक तिमिल्सिना,चर्चित नृत्याङ्गना तथा मोडल स्मारिका ढकाल शनिबार राती कतार आईपुगेका हुन । नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुलाई भब्य स्वागत गर्नको लागी कार्यक्रमका इभेन्ट म्यानेजर राकेश श्रेष्ठ,कार्यक्रम संयोजक तिलु शर्मा पौडेल,नेपाली फिटनेस टिम कतारका अध्यक्ष कृष्ण सुनार लगायत अन्य ब्यक्तित्वहरुहमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।"दि गोर्खाज ईन्टरटेन्मेन्ट ह...

बागमती प्रदेशले स्थानीय तहलाई दियो सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण,  स्थानीय निकायमा खरिद प्रक्रिया थाहा नहुँदा समस्या मुख्यमन्त्री 

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सन्जिब दुलाल भक्तपुर । स्थानीय तहका जनप्रतिनिधि तथा आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण भक्तपुरमा सम्पन्न भएको छ ।      बागमती प्रदेश सुशासन केन्द्रको आयोजनामा भक्तपुरमा स्थानीय तहका जनप्रतिनिधि प्रमुख, अध्यक्ष, तथा आर्थिक आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण सम्पन्न भएको हो ।  सार्वजनिक खरिद व्यवस्थापनमा विभिन्न समस्या समाधान तथा कसरी यसको समाधान गर्न सकिन्छ भन्ने हेतुका साथ बागमती प्रदेशका ४ जिल्लाका २३ स्थानीय तहलाई उक्त अभिमुखीकरण तालिम दिइएको प्रदेश सुशासन केन्द्रले जानकारी दिएको छ ।  स्थानीय तहको मागका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयको समन्वयमा तयार गरिएको पाठ्यक्रमका आधारमा स्थानीय तहले सार्वजनिक खरिद गर्दा अपनाउनु पर्ने सावधानी र कानुनी पाटोका वि...

कामपाले पूर्वराजालाई तोक्यो सात लाख ९३ हजार जरिवाना

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १६ चैतः काठमाडौँ महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा रुख, बिरुवा तथा रेलिङ तोडफोड र वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई रु सात लाख ९३ हजार जरिवाना तोकेको छ । महानगर प्रहरी बलले शाहको समर्थनमा प्रदर्शन भएको तीनकुने क्षेत्रको आज अवलोकन र क्षति मूल्याङ्कन गरी जरिवाना तोकेको नगर प्रहरी नायब उपरीक्षक शिवलाल पौडेलले जानकारी दिनुभयो । महानगरले प्रदर्शनस्थल आसपाससहित विभिन्न स्थानमा सडक तथा सडकपेटीमा जथाभावी फोहर गरेको कसुरमा रु छ लाख, आगजनी नियन्त्रण गर्न गएको दमकलमाथि ढुङ्गा प्रहार गरी क्षति पु¥याएको कसुरमा रु एक लाख तीस हजार, रुख, बिरुवा तथा रेलिङ एवं तीनकुने आइल्याण्डमा तोडफोड कसुरमा रु ६३ हजार जरिवाना र क्षतिपूर्ति तोकेको हो ।   पूर्वराजा शाहसहितको समर्थनमा शुक्रबार भएको प्रदर्शनमा सहभागीले सार्वजनिक तथा निजी सम्...

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १६ चैतः काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार एक सय पाँच जनालाई पक्राउ गरिएको थियो भने आज थप छ जना पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । उक्त घटनामा दुई जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोह...

दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १६ चैत : राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाइएको, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हानिएको तथा सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य भएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । आगो लगाएको भवनको समाचार सङ्कलनको क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । त्यसैगरी तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पु-याइएको छ । कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछ...

रजकको जलेर निधन भएको खबरले महासंघ स्तब्ध ,अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले गरेको आगजनीमा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने र सवारी साधन तोडफोड गरी संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासघका महासचिब रामप्रसाद दाहालद्धारा बिज्ञेप्ती जारी गरी यस्तो जनाइएको हो । जारी बिज्ञेप्तीमा राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले आज गरेको आगजनीको समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । सो समुहले आगो लगाएको भवनको समाचार संकलनको क्रम...

गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई सरकारको अपिल

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १५ चैत : सरकारले अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ । गृह मन्त्रालयद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा कानुनको उल्लङ्घन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ । पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिसात्मक प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीजस्ता अमानवीय एवं अमर्यादित घटना गैरकानुनी तथा घोर भत्र्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता हिंसात्मक एवं आपराध...

काठमाडौंको तिनकुने अशान्त भृकुटीमण्डपमा सभा

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सघीयता पक्षधर र पूर्वराजा पक्षका दुई छुट्टाछुटै सडक प्रदर्शनका कारण काठमाडौंको जनजीवन पुर्ण प्रभावित बनेको छ । नेकपा माओबादी सहीतको समाजबादी मोर्चा र दुर्गाा प्रसाइ सहीतको राजाबादी मोर्चाले छुटटा छुटटै स्थानमा गरेका बिरोध कार्यक्रम मध्य तिनकुनेको राजाबादी कार्यक्रमले उग्ररुप लिए पछी प्रहरी र प्रदर्शनकारी बिच भिडन्त भएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेको कारण भएको झडपमा प्रहरीहरमाथी ढङ्गा बर्षन थालेको एक प्रहरीको टाउकोमा चोट लागेको र तिनकुने स्थित एक घरमा आगलागी भएको सो आगो निभाउँन गएको काठमाण्डौ महानगर पालिकाको दमकललाइ समेत तोडफोड गरी कर्मचारीलाइ घाइते बनाएको सामाचार आएको छ । समाचार अनुसार प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तिनकुनेमा सभा हुन अगाबै उग्र भए पछी सभा बिथोलिएको थियो भने काठमाडौंको प्रदर्शनी मार्गमा गणतन्त्र पक्षधरका माओवादी केन्द्र सहित चार दलले संघीयता र ...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिनुभयो । ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भन्नुभयो । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिंंदै आइरहेको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको सम...