सम्पर्क

ब्रेकिङ न्युज १

मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ असोज: जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थ सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ । विभागकी मौसमविद् विनु महर्जनले रासससँग भन्नुभयो, “हालको मौसम विश्लेषणअनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू–भाग हुँदै प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको छ । त्यो नेपालमा प्रवेश गर्न लागेको र यही १७ गते यहाँ आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ ।” उहाँले न्यून चापिय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट द...

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १३ असोजः राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती ...

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १२ असोजः गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगले आज जारी गरेको विज्ञप्तिमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको उल्लेख छ । आयोगले भनेको छ, “भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु...

जेनजी प्रदर्शनमा गोली हान्ने प्रहरी हो की अरु कोही ? छानबिन गर्नैपर्छ ः मोहन बस्नेत

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा चलाइएको गोली नेपाल प्रहरीको होकी अरु कसैको हो भन्ने कुराको तत्काल छानबिन गर्न सरकारसँग माग गर्नु भएको छ । उहाँले जेनजी आन्दोलनमा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारवाही गर्न पर्ने समेत बताउँनु भयो । नेपाली काँग्रेस कांग्रेस सिन्धुपाल्चोक जिल्ला १ नम्बर क्षेत्रिय कार्यसमितिले शनिबार बाह्रबिसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बेल्दै यस्तो बताउँनु भएको हो । बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीले मात्रै नभएर अन्यत्रबाट पनि गोली चलेको आशंका गर्दै छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताउँनु भयो । ‘नेपाल प्रहरीको बन्दुकको गोलीले मात्रै बच्चा मरेका छन् कि बाहिरबाट आएका बन्दुकको गोलीबाट पनि बच्चा मरेका छन् भन्ने यो सरकारले छानबिन गर्नुपर्छ । उचित ढंगले सजाय दिन सक्नुपर्छ,’...

दसैँको मौसम – अष्टमी, नवमीभन्दा टिकाको दिन धेरै ठाउँमा वर्षा हुने

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काठमाडौं – यस वर्षको दसैँमा वर्षा हुने आकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले दसैँ मौसम बुलेटिन जारी गर्दै अष्टमी, नवमीभन्दा दशमीमा धरै ठाउँमा पानी पर्ने जनाएको हो । महाशाखाका मौसमविद् रोजन लामिछानेले लगातार झरी नरहे पनि वेलावेला पानी पर्ने बताए । ‘झरी नै त छैन, तर पश्चिमभन्दा पूर्वी र मध्य नेपालका धेरै ठाउँमा वर्षा हुने देखिन्छ,’ मौसमविद् लामिछानेले भने, ‘दसैँका वेला यात्रा गर्दा हरेक दिनको मौसमको पूर्वानुमान हेरेर सडकको अवस्था बुझ्दा राम्रो हुन्छ ।’ महाशाखाका अनुसार १४ असोज अर्थात् अष्टमीका दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशीका पहाडी र तराई भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । नवमीमा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । दशमी अर्थात् १६ असोजमा भने मनसुन केही सक्रिय हुने देखिन्छ । यो दिन बागमती...

नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, १० असोजः नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको हो । व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइटी विज्ञ युवाले आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गरिएको ग्लोबल डायरीका प्रमु...

दुध बोकेको भ्यान भोटेकोशी नदिमा खसि बेपत्ता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्लाको बलेफी गाँउपालिका चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे बाट दुध बोकेर गएको मारुती भ्यान सडकबाट खशेर चालक सहीत गाडी बेपत्ता भएको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार आज बिहान अन्दाजी ०५;२० बजेको समयमा सिन्धुपाल्चोक बलेफी गा.पा.५ बलेफी स्थित अरनिको राजमार्गमा जिल्ला काभ्रे पनौती न.पा.१० पस्थली बस्ने बर्ष अं. २२÷२३ को नबराज खुलालले चलाएको चौतारा साँगाचोकगढी न.पा. १० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दुध संकलन गर्ने बा १२ च ६५९४ नं. को मारुती मिनि डेलिभरी भ्यान सुकुटेबाट खाडिचौरतर्फ जाँदै गर्दा सडकबाट ५० मिटर तल भोटेकोशी नदीमा खसि बेपत्ता भएको हो । प्र.चौ.बलेफीबाट प्र.ब.ना.नि.सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटि गई खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्ष माधब राज खरेलले जानकारी दिनु भयो । उाहाका अनुसार उक्त ...

सिन्धुपाल्चोकमा पहिरोमा परेर दुई बालिका बेपत्ता

ब्रेकिङ न्युज १, समाचार
बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज (बुधबार) पहिरोले पुरिँदा दुई बालिका बेपत्ता भएका छन् । आज साँझ करिब ४ः४५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेस्थित मामाघरतर्फ पैदल जाँदै गरेका ज्याङजेङ लामाकी छोरी करिब १७ वर्षीया फुलमाया लामा र उनकी पाँच वर्षीया बहिनी मनमाया लामा माथिबाट आएको लेदो सहितको पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थल सडकभन्दा तल ब्रह्मायणी नदी बगेको क्षेत्र हो। इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएर खोजतलास जारी राखिएको छ । तर हालसम्म दुवै बालिकाको अवस्थाबारे पत्ता लाग्न सकेको छैन । लगातार वर्षासँगै पहिरो खस्ने जोखिम बढेकाले सो क्षेत्रमा आवागमन गर्दा सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।...

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको गत भदौ ३० गतेको निर्णयानुसार दसैँभर जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको जनाइएको छ ।  कार्यालयद्वारा प्रकाशित सार्वजनिक अपिलमा यही असोज ६ देखि असोज २२ गतेसम्म टिपर सञ्चालन नगर्न भनिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठद्वारा जारी अपिलमा यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको उल्लेख गरिएको छ । यस अवधिभर टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागू हुने छैन । काभ्रेपलाञ्चोकस्थित तीन राजमार्ग अरनिको, बिपी र हेलम्बु तथा प...

काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानीको बहाब घटेको छैन । बहाब घटेपछि पानी ल्याउने तयारी छ ।” विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्ण रूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको कार्यकारी निर्देशक दासले बताउनुभयो । केही दिनयता दैनिक ठूलो पानी पर्न थालेकाले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पठाउन समस्या भएको उहाँको भनाइ छ । मेलम्चीबाट करिब १७ देखि १८ करोड लिटर पानी दैनिक काठमाडौँमा पथान्तरण गरिँदै आए पनि बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि अहिले रिबर्मा खोलाबाट दै...