सम्पर्क

ब्रेकिङ न्युज १

आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बागमती प्रदेसका पुर्ब मन्त्री बागमती प्रलेस सभा सदस्यमा.युबराज दुलाल को प्रमुख आतिथ्यतामा साधरण सभा सम्पन्न भएको हो । श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको१२औं बार्षिक साधारण सभा समारोह लाइ सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य,पुर्ब मन्त्री मा.युबराज दुलालले सहकारीताको माध्ययमबाट गरेका हरेक कामहरु सफतामा हुने भएता पनी केही सहकारी हरुले सहकारी सिद्धान्त बिपरित काम गरेकोले सहकारी सङ्कटमा पर्ने गरेको बताउँनु भयो । उँहाले सहकारीको सिद्धान्त अनुसार काम गर्न अनुरोध गर्दै ब्यक्तीगत स्वार्थमा लाग्ला सहकारी सङ्कटमा पर्छ त्यसकारण ब्यक्तीगत स्वाथर््मा लाग्ने काम गर्नु हुादैन भन्नु भयो । प्रमुख आतिथी दुलालले वडामा सामुदायिक विद्यालय बाट २०८१ सालको एसएलसी सिइइमा उत्कृष्ठ जिपिए ल्याउने सामुदायिक...

मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रको शिलान्यास

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रे कार्यको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको आयोजनामा आज बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ (समीर) ले शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै मन्त्री तामाङले धेरै वर्ष अगाडिदेखि चुनावी भाषण बनेको यो सडक अब भाषणमा मात्रै नभई काम गरेरै देखाउनेगरी अघि बढेको बताउनुभयो । अब जनताले कुरामा नभई काममा विश्वास गर्ने बताउँदै सडकलाई प्राथमिकता दिएर काम गर्ने जनता माझ गरेको प्रतिबद्धता पुरा गर्ने क्रममा यो सडक शिलान्यास भएको धारणा दावी गर्नुभयो । साथै सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्न सहयोग गर्ने सबै प्रति आभार पनि व्यक्त गर्नुभयो । मन्त्री तामाङले प्रदेश सरकारले सडक सञ्जाल विस्तारलाई ...

आज हरि बोधिनी एकादशी ः घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ कात्तिकः वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर...

बिपी राजमार्ग अवरुद्ध

ब्रेकिङ न्युज १, समाचार
वर्षाका कारण बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज सडकमाथिबाट लेदो आएर सडक अवरुद्ध भएको छ । रोशी–७ स्थित चारसय बेँसी, वडा नं ९ को बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक  माथिबाट लेदो र ढुङ्गा खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले बताउनुभयो । जोखिम हुन नदिन स्थानीय प्रशासनले बिहीबार साँझ ५ देखि आज बिहान ६ बजेसम्म बिपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेबेँसी–सिन्धुली सडकखण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेकका सवारीसाधन आवागमनमा निषेध गरेको थियो । रासस...

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
म्याग्दी, १४ कात्तिक : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्नुहुन्न । आवाजको भरमा मान्छे चिन्नुहुन्छ । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाउनुभएको छ । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष कतार, साउदी र मलेसियामा श्रम र पसिना बगाउनुभयो । विदेशमा सोचेजस्तो सफलता मिलेन । विदेशमा मेसिनरी उपकरणमा काम गर्ने क्रममा आँखाको दृष्टि गुम्यो । आँखामा समस्या देखिएपछि स्वदेश फर्किएका इन्द्रप्रसादले १० वर्षअघि कृषि फार्म स्थापना गर्ने योजना सुनाउँदा धेरैले विश्वास गरेनन् । “विदेशबाट फर्केर आएपछि मेरा आँखा बिग्रिए पनि हिम्मत हारिन”, उहाँले भन्नुभयो, “खेतालाहरूलाई आइडिया दिएर काम गराइरहेको छु ।” कृषि पेसाबाट...

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३कात्तिकः हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखााले देशका उच्च पहाडी तथा हिमाली ...

संविधानको रक्षाका लागि समर्पित हुन आग्रह कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
पाटन (ललितपुर), १० कात्तिक : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गर्नुभएको छ । नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उहाँले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश जोगाउन सङ्कल्पसहित अगाडि बढ्न आग्रह गर्नुभयो । “शान्ति, सुशासन कायमका लागि जेन जेड युवाले गरेको शान्तिपूर्ण आन्दोलन घुसपैठ हुँदा मुलुकले ठूलो विपत्ति सामना गर्नुपर्‍यो, भदौ २४ गते देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि आक्रमण गरेर ध्वस्त बनाइयो, जनतालाई अधिकार सम्पन्न बनाउन लागेका सन्तनेताको आश्रम खरानी बनाइयो, देशको सिङ्गै राज्यप्रणालीमाथि आक्रमण गरेर प्रति...

छठको दोस्रो दिन आज ‘खरना’

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
महोत्तरी, ९ कात्तिक : छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ । दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ । छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन÷प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन् । मैथिली बोलीचालीमा अर्बा (नउस...

कात्तिक १९ गतेदेखि उग्रतारा मेला

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
अमरगढी (डडेलधुरा), ८ कात्तिक : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) यही कात्तिक १९ गते सुरु हुने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र दोस्रो दिन मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । सोहीअनुसार कात्तिक १८ गते रतेडी र कात्तिक १९ गते बुधवारका दिन दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ । डडेलधुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन् । देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्च...

छठ पर्वले बजारमा केराको माग बढ्यो

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन् । छठ पर्वमा भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को सिङ्गैघरीको माग जनकपुरधामसहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारी जनाएका छन् । अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ । त्यसैगरी जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म अहिले केरा किन्ने ग्राहकको भीड लागेको छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयातमा वृद्धि गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो । उहाँका अन...