सम्पर्क

ब्रेकिङ न्युज १

माघ २७ गतेदेखि बलेफी हाइड्रोले पहिलो चरणको आईपिओ निष्काशन गर्ने

बिजनेस, ब्रेकिङ न्युज १
बलेफी हाइड्रोले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ गाबिस)का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन हुने छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । आईपिओमा छिटोमा फागुन १२ गतेसम्म र सो अवधिसम्म पर्...

चीनको असहयोगले चिनियाँ सामान भारत हुँदै आयात

बिजनेस, ब्रेकिङ न्युज १
चीनले सहज रुपमा सामान आयात गर्न सहयोग नगरेपछि व्यापारीले चीनबाट भारत हुँदै सामान ल्याउन थालेका छन् । चिनियाँ अधिकारीका कारण केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्न कठिन भएको बताइएको छ । ‘चीनबाट भारत हुँदै जहाजबाट सामान ल्याउन ४०/४२ दिन लाग्छ । तातोपानी र केरुङबाट बिना कुनै अवरोध ल्याइए २०/२२  दिनभित्र सामान नेपाल आइपुग्छ । व्यापारीहरू भारत हुँदै सामान आयात गर्न बाध्य छन्,’ डेनमार्कका पूर्वराजदूत विजयकान्त कर्णले भन्नुभयो । उहाँले यसलाई चीनले गरेको आर्थिक नाकाबन्दीको संज्ञा दिनुभएको छ । ट्रेड प्रोटोकल अनुसार भूपरिवेष्ठित देशका लागि कुनै पनि देशले समुद्रसम्मको बाटो उपलब्ध गराउनुपर्छ । तर, चीनले प्रोटोकल उल्लँघन गरिरहेको भन्दै उहाँले पछिल्लो समय दुई–तीन ट्रक मात्र नेपाल भित्रिने गरेको बताउनुभयो । तर, अहिले चीनले नेपाली जनताको सहज पहुँचमा बाधा पुर्याएको छ, भने चीनको यो गतिविधिले चीनको अति...

आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने

ब्रेकिङ न्युज १, समाचार
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ । प्रदेश नं १, बागमती, गण्डकी, मधेस प्रदेश र तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना छ । बिहीबार प्रदेश नं १, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहा...

सिप सिकेपछी चुपलागेर बस्नुभन्दा सिपै नसिक्नु उचित— अध्यक्ष श्रेष्ठ

बिजनेस, ब्रेकिङ न्युज १
सिप सिकेपछी चुपलागेर बस्नुभन्दा सिपै नसिक्नु उचित हुने हुँदा सिक्नेले अरुलाई पनि सिकाउनपर्ने चौतारा साँगाचोकगढी नगरपालिका —१४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भएको छ । उहाँले बज्रयोगिनि अपाँगमैत्री सहकारि सँस्थाद्वारा डडुवामा सञ्चालन गरेको साबुन बनाउने तालिमको समापन कार्यक्रममको उद्धघाटन गर्दै सो कुरा बताउनु भएको हो । सपाँगले गरेको धेरै कार्यक्रमभन्दा अपाँगले गरेको एउटै काम एतिहासिक भएको बताउदै अध्यक्ष श्रेष्ठले चौतारा साँगाभोकगढी नगरपालिका वडा नं. १४ डडुवामा रहेको बज्रयोगिनी अपाँग मैत्री सहकारी सँस्थाले साबुन बनाउँने र सिन्के धुप बनाउँने तालिम दिएर नौलो काम गरेकोमा सहकारिलाई विशेष धन्यबाद दिनुभयो । अरु सहकारीभन्दा बज्रयोगिनी सहकारीले गरेका कामहरुको बारेमा प्रशँम्सा गर्दै अध्यक्ष श्रेष्ठले डडुवामा साबुन र धुप बनाउने तालिम दिन सहकारिले खेलेको भुमिकाका बारेमा चर्चा गर्दै आगामि दि...

मेलम्चीमा मृत अवस्थामा चितुवा फेला

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिका वडा नं. ११ दुलालटोल स्थित खोल्सामा चितुवा मृत्त अवस्थामा फेला परेको छ । मृत अवस्थामा फेला परेकोले चितुवालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरि सव–डिभिजन वन कार्यालय मेलम्चीलाई हस्तान्तरण गरिएको सुचना अधिकारी प्रनाउ दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । चितुवाको मृत्यु कसरी भएको भन्ने अहिले नखुलेको प्रनाउ वस्नेतले जानकारी दिनुभयो ।...

चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको भनाई

बिदेश, ब्रेकिङ न्युज १
तिब्बत स्वशासित क्षेत्रका नवनियुक्त अध्यक्ष यान चिनहाईले तिब्बतले विभिन्न कठिनाइका बाबजुद नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिइरहेको बताउनुभएको छ । दुई वर्षदेखि तिब्बती नाकामा अवरोध भइरहेको गुनासो आइरहेका बेला चिनहाईको यस्तो धारणा आएको हो । तिब्बतको अध्यक्ष पदमा नियुक्त भएपछि त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासका पदाधिकारीसँगको भेटमा उहाँले नेपालसँग राम्रो सम्बन्ध बनाउने विषय उठाउनुभएको थियो  । दक्षिण एसिया छिर्ने चीनको गेटवे भएकाले नेपालसँगको सम्बन्धमा चीनले सधैं नै उच्च प्राथमिकता दिँदै आएको बताउने गरेको छ । कोभिडबाहेक अन्य कुनै कारणले पनि नेपाल–चीन नाकामा आयातनिर्यातको काम प्रभावित नभएको नेपाली महावाणिज्यदूत नवराज ढकालले बताउनुभयो । ‘उचाइमा रहेको तिब्बतमा अक्सिजनको आपूर्ति एकदम कम हुन्छ । कोभिड छिरेमा स्वास्थ्य प्रणाली डामाडोल हुने भएकाले यस विषयमा चीन चिन्तित छ । त्यसैले नाकामा कडाइ...

लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता

ब्रेकिङ न्युज १, समाचार
लागु औषध नियन्त्रणमा प्रहरीको सक्रियता पछिल्लो समय बढ्दै गइरहेको छ । ‘विगतको भन्दा प्रहरीको सक्रियता बढ्दो छ ।’ केही प्रकरणमा अनुसन्धान गर्न चुकेको आरोप खेप्न बाध्य नेपाल प्रहरीको साख पछिल्लो समय वढ्दै गएको छ । २० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित औषध सहित ५ जनालाई विभिन्न मिति र ठाउँबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिफल बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका–१ ठेगाना भएको २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौं गोकर्णेश्वर बस्ने बझाङ चैनपुर नगरपालिका–८ ठेगाना भएको २९ वर्षीय उमेश कुमार केसी, काठमाडौं चाबहिलस्थित कल्याणकारी मेडिकल हलका संचालक संखुवासभा पाँचखपन गाउँपालिका–७ ठेगाना भएका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोट म्यगङ गाउँपालिका–५ ठेगाना भएको ३४ वर्षीय राजाराम दवाडी र काठमाडौं टोखा बस्ने लमजुङ मध्यनेपाल नगरपाल...

बाढिबाट क्षती भएका संरचनाहरुको पुनर्निर्माण तत्काल थाल्न सडक विभागलाई आग्रह

ब्रेकिङ न्युज १, समाचार
पुर्ब मन्त्री एबम् सिन्धुपाल्चोक संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट निर्बाचित सांसद शेर बहादुर तामाङको अध्यक्षतामा मेलम्ची र ईन्द्रावती नदीमा गत असार १ गते र त्यस पछि आएको भीषण बाढिबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माण सम्बन्धमा सोमबार सडक बिभाग, ललितपुरमा छलफल भएको छ । सो बैठकले हेलम्बु, मेलम्ची, पांँचपोखरी र ईन्द्रावती क्षेत्रमा गत असार १ गते र त्यसपछि आएका भीषण बाढिबाट ध्वस्त भएको मेलम्ची देखि— पांचपोखरी, ईन्द्रावति, चौतारा जोड्ने पक्की पुल, मेलम्ची फट्टे मोटरपुल र मेलम्ची हेलम्बु सडक खण्डको थप ३ वटा पक्कि पुलहरु, मेलम्ची हेलम्बु सडक, मेलम्ची भोताङ सडकको तत्काल पुनर्निर्माण गर्न सडक बिभाग मार्फत छोटो बिधिबाट कार्यान्वयन गराउने निर्णय समेत भएको छ । बाहुनेपाटीको पूललाई तत्काल कार्य सम्पन्न गर्न निर्देशित भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । त्यसैगरि ब...

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढिसक्योः मन्त्री चौधरी

ब्रेकिङ न्युज १, समाचार
रासस खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाइसकिएको बताउनुभएको छ । मन्त्री चौधरीले काठमाडौँमा मेलम्चीको पानी ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरिसकिएको बताउनुभयो । निर्माण कम्पनी अहिले निर्माणस्थलमा पुगेर काम गर्न थालिसकेको उहाँले बताउनुभयो । आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बाढी पहिराका कारण पहुँचमार्गसम्म पूर्णरूपमा क्षतिग्रस्त भएको उहाँले बताउनुभयो । सरकारले साउन ११ गते सिन्धुपाल्चोक जिल्लालाई असोज मसान्त लागू हुनेगरी विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेकाले तत्कालीन समयमा केही गर्न सकिने अवस्था थिएन । आयोजनाको स्थलगत अवस्था, कानुनी तथा प्राविधिक रायसल्लाह तथा निर्माण कम्पनीसँगको वार्ता तथा प्रक्रियाका कारण निर्णयमा केही ढिलाई भएको मन्त्री चौधरीको भनाइ छ । ‘अहिले काम अघि बढेकाले उच्च प्राथमिकताका साथ कार्यान्वयन ग...

ढाका बुन्ने तालिम लिएर व्यवसायिक बन्ने धुनमा महिलाहरु

बिजनेस, ब्रेकिङ न्युज १
पाँचपोखरी थाङपाल गाउँपालिकाको महिलाहरु ढाका बुन्ने तालिम लिएर व्यवसायिक बन्ने धुनमा लागेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाको आर्थिक सहयोगमा महिला सञ्जालले त्यस्तो अवसर जुटाई दिएको हो । व्यावसायिक ढाका बुनाइ सीप विकास तालीमको सञ्चालन भएपछि गाउँपालिकाका १२ जना महिलाहरु व्यावसायिक रूपमा ढाका बुनेर स्वरोजगार बन्ने योजनामा रहेका छन् । तालिमको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष टाशी लामा ह्योल्मोले गाउँपालिकाले महिलाहरुलाई आयआर्जन गर्ने कार्यमा निरन्तरता दिदै आएको र तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई आफूले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो । तालिम उद्धघाटन सत्रमा लघु उद्यमी सँघ सिन्धुपाल्चोकको उपाध्यक्ष दोकदोक तामाङ, कार्यपालिका सदस्य गँगा गुरुङ, महिला सञ्जालको सिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।...