सम्पर्क

ब्रेकिङ न्युज १

नवलपुर प्राथामिक अस्पतालाई आकस्मिक संञ्चालन योजना हस्तान्तरण

ब्रेकिङ न्युज १, स्वास्थ्य
नवलपुर प्राथामिक अस्पताललाई सप्रोस नेपालद्धारा संचालित समावेशी विपद व्यबस्थापन परियोजना अन्तर्गत अस्पताल संञ्चालन समितिसँगको सझेदारितामा निर्माण गरिएको अस्पताल आकस्मिक संञ्चालन योजना हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई सो योजना हस्तान्तरण गरिएको हो । आइतबार २३ गते इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकको नवनिर्मित नवलपुर प्राथमिक अस्पताल एक कार्यक्रमबीच उद्घाटन गरिएको थियो । आपतकालीन समयमा कसरी काम गर्ने ,कसरी नेतृत्व गर्ने जस्ता महत्वपूर्ण कामहरु समेटिएका हुन्छन् । यसले गर्दा आपतकालीन अवस्थामा बिरामी या घाइतेहरुको उपचारमा थप सहयोग पुग्ने सप्रोस नेपालका बरिस्ठ सामाजिक परिचालक सुरज न्यौपानेले जानकारि दिनुभयो । अस्पताल भित्रै कुनै बिपद आइपर्दा सुरक्षित हुने उपाएहरु समेत यसमा समेटिएको छ ।...

भोटेकोशीमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
 भोटेकोशी गाउँपालिकामा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम शुरु भएको छ । भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा सोमबार वडा नं. ४ बाट कार्यक्रमको सुरुवात गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले हिंसाको उत्पति घरैबाट सुरु भई समाज हुँदै देशव्यापी बन्ने बताउनुभयो । उहाँले हिंसा रोक्न प्रत्येक व्यक्ति सदैव सजग बन्नुपर्नेमा जोड समेत दिनुभयो । उहाँले गाउँपालिकालाई हिंसारहित बनाउन प्रयास जारी रहेको बताउँदै त्यसका लागि वडाका सबैपक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । त्यसैगरी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर बस्नेतले हिंसा न्युनिकरण गर्न स्थानीय महिला जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक वडामा सञ्चालन हुने यस कार्यक्रमले महिला हिंसा न्यु...

अन्दाधुन्द खुकुरी प्रहार गरी दुईजनाको हत्या

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्दाधुन्द खुकुरी प्रहार गरी दुईजनाको हत्या भएको छ । आइतबार साँझ चिम्लिङका बिजय तामाङले मापसे सेवन गरि दुईजनाको हत्या गर्नुभएको हो । सोही ठाउँका वर्ष ७० का बासु माया तामाङ र बर्ष ५९ को सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ढुङगा र बासको चिरपट सहित जँगलमा लुकिरहेको अबस्थामा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।...

नवलपुर प्राथमिक अस्पतालको प्रदेश स्वास्थ्य मन्त्रीद्धारा उद्धघाटन

ब्रेकिङ न्युज १, स्वास्थ्य
इन्द्रावती गाउँपालिका नवलपुरमा नवनिर्मित १५ शैयाको नवलपुर प्राथमिक अस्पताल बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रदेश मन्त्री लामाले अबको समय जनताको स्वास्थ्य अबस्थामा सुधार ल्याउनकै लागी स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनुपर्ने बताउनुभयो । २८ हजारभन्दा बढी जनसंख्या भएको इन्द्रावती–१ देखि १२ सम्मका वडाका स्थानीयले स्वास्थ्य चौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपथ्र्यो । अस्पतालमा एक्सरे, रगत स्वास्थ्य परीक्षणकै लागि चौतारा, धुलिखेल या मेलम्ची धाउनुपर्ने बाध्यताबाट स्थानियले मुक्ती पाएका छन् । ५ करोड ५१ लाख लगानीमा न्यु ड्रागइन पवित्र मल्टिपल डेभिड कम्पनीले ३ रोपनी क्षेत्रफलमा दुई वर्षमा पक्की भवन बनाएको हो । ३५ कोठा र १५ बेडको अस्पतालमा ३० जना बिरामी राख्ने क्षमता भएको अस्पतालमा अन्य सुविधाजनक सेवा सञ्चालित धुलिखे...

भोलि बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा हुन्छ ः कार्की

ब्रेकिङ न्युज १, समाचार
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति सोमबार घोषणा हुने बताउनुभएको छ । सरकार निर्वाचनको मिति तोक्न आलटाल गरेको भन्दै आलोचना भइरहेको बेला कार्कीले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताउनुभएको हो । निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरेको हो कि भन्ने शंका उत्पन्न भएको बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । ‘भोलि (सोमबार) मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गने चुनाव गर्न निर्णय गरिन्छ’ मन्त्री कार्कीले भन्नुभयो,’अहिले मिति घोषणाको सम्बन्धमा जुन किसिमको कुरा गरिदैँछ यसमा कुनै किसिमको शँकामा नरहन म सबैमा आग्रह गर्दछु ।’ निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने कार्कीले जानकारी दिनुभयो । आयोगले सिफारिस गरेको एकसाता भईसक्दा पनि मिति घोषणा नगरेपछि सरकारले आ...

काँग्रेस क्षेत्रिय सभापतीद्धारा ह्विलचियर प्रदान

ब्रेकिङ न्युज १, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती बालकृष्ण बस्नेतले अपाँगता भएका ब्यक्तिहरुलाई ह्विलचियर र खाद्यान्न सहयोग गर्नुभएको छ । बाह«विसे नगरपालिका वडा नं. ७ घुम्थाङ राक्से गाउँमा रहेका बिकुलाल तामाङ र अर्जुन थापालाई क्षेत्रिय सभापति बस्नेतले वस्नेत उक्त सहयोग गर्नुभएको हो । दुवै अपाँगता भएका ब्यक्तिहरुको सपना ह्विलचियरमा बस्ने भएको थाहा पाएपछी बस्नेतले उक्त सहयोग गर्नुभएको हो । ह्विलचियर र खाद्यान्न सहयोगपछी आफ्नो भनाई राख्दै क्षेत्रिय सभापति बस्नेतले जनताको हरदुखमा मलम पट्टी लगाउन काँग्रेस सदैब लागिपरेको बताउनुभयो ।...

स्थानीय तहको चुनावको मिति केही दिनमै घोषणा हुने

ब्रेकिङ न्युज १, समाचार
सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । तर आवश्यक तयारी नपुगेकाले अस्ति बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न नसकेको र अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सरकारले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठले अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले तोकिएकै समयमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गर्छ । यसअघि आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो । सरकारले स्थानीय तहको चु...

जनताको घरदैलोमा मद्धत नेपालको निशुल्क स्वास्थ्य शिविर

ब्रेकिङ न्युज १, स्वास्थ्य
जनताको घरदैलोमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्यका साथ मद्धत नेपालको सहयोग र नेपाली काँग्रेस सिन्धुपाल्चोकका सचिव झलक नेपालको पहलमा चौतारा नगरपालिकाको सवै वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आज चौतारा साँगाचोकगडी नगरपालिका वडा न.२ सविक बतासे भोटेफुल्पिङ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा १ सय ५० ले सेवा लिएको जिल्ला सचिव नेपालले जानकारी दिनुभयो । सचिव नेपालले अत्यासलाग्दो चिसो, भारी वर्षा र हिमपातको प्रवाह नगरी जनताको सेवा घरदैलोमै गई जनताको स्वास्थ्य उपचारमा खटिनु हुने डा. टाशी शेर्पा लगायतको स्वास्थ्यकर्मी टिमको कामले आफुहरु सधै ऋणी रहको बताउनुभयो । बृद्ध, बालवालिका , असहाय लगायतका उपचारका लागी गाउँ पसेको मद्धत नेपालले हालसम्म एक हजार ४ सयको निशुल्क उपचार गरिसकेको छ । ग्रामिण भेगका दुःखी ,पिडीत कोभिडलाई लक्षित गरी सानो रोग लाग्दा पनि अस्पतालबाट बञ्...

हिमपातले जनजिवन कष्टकर

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको उच्च हिमाली भू—भागमा भारीमात्रामा हिमपात हुँदा जनजिवन कष्टकर बनेको छ । बिहिवारदेखी लगातार पानीले हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै उच्च हिमालय क्षेत्र पाँचपोखरी, ओखरेनी, हेलम्बु, मुडेमा हिमपातले जनजिवन प्रभावित भएको छ । चिसो बढेसँगै जिल्लाका स्थानियबासी घरबाहिर निस्कन सकेका छैनन् भने कृषकहरु भने हिमपात र वर्षा भएपछि अन्नबालि सप्रेन भो भन्दै खुसी भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङ सहित सो गाउँपालिकाका अधिकाँश उच्च क्षेत्र हिउँले ढाकिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणाली...

आज दिउँसो देशभर असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

ब्रेकिङ न्युज १, समाचार
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।...