सम्पर्क

ब्रेकिङ न्युज १

एमसीसीको विरोधमा एकिकृत समाजवादीद्वारा चौतारामा विरोध प्रदर्शन

ब्रेकिङ न्युज १, राजनिती
एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी जिल्ला कमिटी र मोर्चा संगठनद्वारा चौतारामा विरोध प्रदर्शन गरिएको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै तत्काल सम्झौता खारेज गर्न माग गरेको छ । एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ भन्दै एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा एकीकृत समाजबादी का नेताहरु सुवास कर्माचमार्य, सोम सापकोटा, यज्ञ सापकोटा , ईश्वरी श्रेष्ठ , रविकुमार भण्डारी लगायतको सहभागिता रहेको थियो ।...

सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण थालियो

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकमा आईतबारबाट ई –पासपोर्ट (विद्युतीय राहदानी) वितरण गर्न सुरु गरिएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आईतबारबाट ई –पासपोर्ट वितरण थालेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले अनलाइनबाट आवेदन भरेका मध्य सिता रघुलाई ई–पासपोर्ट वितरण गर्नुभएको हो । अनलाईन फारम भरेको बढिमा १५ दिनमा ई–पासपोर्ट आइसक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । ई–पासपोर्ट बनिसकेका ब्यक्तिको मोवाइलमा म्यासेज आएपछि प्रशासनमा लिन जान सक्ने छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका नायव सुब्बा हरिराम न्यौपानेका अनुसार सिन्धुपाल्चोकमा अनलाइनबाट आवेदन भरेका ३४ जनाको ई–पासपोर्ट बनिसकेको छ । उहाँका अनुसार माघ ९ गतेबाट सिन्धुपाल्चोकमा पनि अनलाइनबाट ई–पास पोर्टका लागि फारम भर्न सकिने ब्यवस्था गरीएको थियो । अ...

मेलम्चीमा ठूला ढुङ्गा फेला परेकाले फुटाउन समस्या

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची खानेपानी आयोजनाले चैत्र अन्तिम सातासम्म उपत्यकामा अस्थायी रुपमा पानी ल्याउने तयारीका साथ काम गरिरहेको छ । गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा क्षति पुयाउनुका साथै सुरुङमा पनि क्षति पुर्याएको थियो । अहिले मेलम्ची नदीको मुहान सफाइको काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभएको छ । अहिले सरसफाइका क्रममा ठूला ढुँगा फेला परेकाले काममा बाधा सेजना भएको उहाँको भनाइ छ । १० दिनसम्म १२ वटा डोजर र २२ वटा ट्रिपरले काम गर्दासम्म हेडबक्स फेला नपरेको उहाँले बताउनुभयो । ‘ठूला ढुँगाहरु आएकाले काम गर्न केही कठिनाइ भएको छ । हेडबक्स फेला पार्न नै समस्या भइरहेको छ,’ उहाँले भन्नुभयो । ठूला ढुङ्गाहरु फेला परेकाले फुटाउनलाई अहिले ब्रेकर प्रयोग भइरहेको तर, ब्रेकरले नसकेपछि विस्फोटक पदार्थ प्रयोग गरेर ढुँगा फुटाउने योजना रहेको पन्तले बताउनुभयो । पुनर्न...

दैनिक मेलम्चीको मुहानबाट पाँच सय टिपर गेग्रान पन्छाइँदै

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची खानेपानी आयोजनाका संरचना मर्मत गरी वैशाखसम्म काठमाडौंमा पुनः पानी ल्याउन अहिले मुहान सफाइ चलिरहेको छ । गत १ असार र १५ साउनको बाढी–पहिरोले ‘हेडवक्र्स र सुरुङ गेग्रान तथा ढुंगाले पुरिएको १४ माघदेखि दैनिक पाँच सय टिपर गेग्रान पन्छाइँदै छ । १० दिनदेखि दैनिक पाँच सय टिपरका दरले हटाइरहेका छौँ,’ मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भन्नुभयो ‘सफा गर्ने क्रममा ठूला ढुंगा पनि भेटिएका छन् । ती ढुंगा हटाउन विस्फोट नै गर्नुपर्ने अवस्था छ । जनशक्ति र स्रोत पर्याप्त मात्रामा उपलब्ध भए वैशाखसम्म पानी काठमाडौं ल्याउन सक्छौँ ।’ आयोजना पुनः सञ्चालन कार्ययोजना अन्तर्गत हेडवक्र्स क्षेत्रको सफाइ र अस्थायी क्याम्प बनाउने जिम्मा समितिलाई छ । हेडवक्र्सुम्म पुग्ने अस्थायी बाटो र पुल हेलम्बु गाउँपालिकाले निर्माण गरिसकेको छ । मेलम्ची बजारदेखि हेडवक्र्स क्षेत्र अम्बाथानसम्मको...

पाँचपोखरीका जेष्ठ नागरिकलाई कम्बल प्रदान

ब्रेकिङ न्युज १, स्वास्थ्य
चिसोलाई मध्यनजर गर्दै पाचपोखरी थाङपाल गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर–१ देखि ८ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट) र वितरण गर्न शुरु गरेको हो । गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले एक कार्यक्रमकाविच वडा नम्बर १ र २ का जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गरी कार्यक्रमको सुरुवात गर्नुभएको छ । त्यस अवसरमा बोल्दै अध्यक्ष लामाले अहिले चिसो मौसममा यो न्यानो बलांकेटले मद्धत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको भन्दै अब पाँचपोखरीका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो । गाउँपालिकाको ८ वटै वडामा ८५ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई कम्वल वितरण गरिएको हो । त्यसैगरी गाउँपालिकामा रह...

भोटेकोशीको मार्मीङमा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
भोटेकोशी गाउँपालिका वडा नम्बर ५ मार्मीङमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा विहिबार वडा कार्यालयको सभाहलमा भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले “नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सँकल्प गरेको बताउँदै परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको बताउनुभयो । उपाध्यक्ष शेर्पाले समाजमा विद्यमान यस प्रकारका विकृति र विसँगती विरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको...

जुगल गाउँपालिकामा आयोडिनयुक्त नुनबारे प्रचार अभियान शुरू

ब्रेकिङ न्युज १, स्वास्थ्य
जुगल गाउँपालिकामा आयोडिनयुक्त नुन खाने बानीको विकास गर्न सचतेना कार्यक्रम सञ्चालन भैरहेको छ । गाउँपालिकाको हालसम्म पाङताङ, गोल्चे र हगाममा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भैसकेको छ । कार्यक्रम गर्भवती ,किशोरी किशोर ,सुनौलो हजार दिनको आमाहरु, महिला स्वास्थ स्वमसेबिकाहरु ,कर्मचारीहरुको सहभागितामा रहेको छ । कार्यक्रममा आयोडिनको परिचय र आयोडिनको फाइदाहरु बारे छलफल गर्दै सहभागीहरूलाई १–१ पोका आयोडिनयुक्त नुन पनि वितरण गरिएको जुगल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर विकले जानकारी दिनुभयो । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ १९ देखि फागुन १६ गतेसम्म आयोडिन सम्बन्धी सचेतना कार्यक्रम थालेको छ । आयोडिनको कमि भएका नेपाललगायतका १ सय ३० देशमा आयोडिनको कमीबाट हुने समस्याबारे जनचेतना जगाउन हरेक वर्षको फेब्रुअरी विशेष महि...

एसईई परीक्षा वैशाख ९ गतेदेखि

ब्रेकिङ न्युज १, समाचार
माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार भोली परीक्षाको तालिका सार्वजनिक हुनेछ । परीक्षा तालिका भोलीको गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक हुने छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसअघि नै परीक्षा तोकिएको अध्यक्ष शर्माले बताउनुभयो । दुई वर्ष कोरोना महामारीका कारण हुन नसकेको एसईई यस पटक हुन लागेको हो ।...

एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल निर्विरोध चयन हुनुभएको छ । स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलको नेपाललाई सर्वसम्मत् अध्यक्ष चयन गरेको हो । अध्यक्ष चयन हुनुभएका नेपाल यसअघी जिल्ला पार्टी सचिव हुनुहुन्थ्यो । त्यसैगरी उपाध्यक्षमा रामचन्द्र बस्नेत, सचिवमा बिष्णुमणी आचार्य, उपसचिवमा चिरन तामाङ र सुशिला पाख्रिन सर्वसम्मत चयन हुनुभएको छ । पुस २३ गते बाह्रविसेमा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । नेतृत्व चयनमा सकस भएपछि अधिवेशन स्थगित गरिएको थियो ।...

भोटेकोशीको लिस्तीकोटमा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
भोटेकोशी गाउँपालिका वडा नम्बर १ मा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम  सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा मँगलबार वडा कार्यालयको सभाहलमा भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले “नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सँकल्प गरेको बताउँदै परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको बताउनुभयो । उपाध्यक्ष शेर्पाले समाजमा विद्यमान यस प्रकारका विकृति र विसँगती विरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । उ...