व्यावसायिक जनशक्ति उत्पादन गर्न प्रहरी महानिरीक्षक सिंह को जोड , बिभिन्न आरोपीतहरु पक्राउ
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को बुधबार निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । प्रशिक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षण संस्थाको साथै प्रशिक्षक वर्ग एवं प्रशिक्षार्थीहरूले आ–आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व अनुसार योगदान दिएमा मात्र प्रशिक्षण कार्यलाई उपयोगी बनाउन सकिने, तालिममा सिकेका ज्ञान, सीप र कौशललाई प्रहरी कर्मचारीहरूले अनुशासित भएर स्वच्छ आचरण र उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले प्रशिक्षण पश्चातको कार्यक्षेत्रमा व्यावसायिक तवरले देश र नागरिकको सेवामा लाग्न निर्देशन समेत दिन...
