सम्पर्क

ब्रेकिङ न्युज १

अनुगमन टोली बाह्रबिसेमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको छ । बजार अनुगमन समितिको टोली बिहीबार बाह्रबिसे बजार पुगेको छ । बाह्रबिसे नगरपालिकाभर मेडिकल, हार्डवेयर, खाद्य स्टोर, किराना पसललगायतका २१ वटा व्यवसायको भने अनुमगन गरिएको थियो । जसमा दुईमा कानुनसम्मत नदेखिएपछि १० हजार रुपैयाँका दरले जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार अनुगमन गर्दा स्टिकर नभएको बेकरी सामग्री, चलकेट, बिस्कुट, जुस, आचार, चाउचाउ, विस्कुट, पेयपदार्थलगायतको सामग्री भेटिएको छ । जिल्ला प्रशासन, घरेलु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उपभोक्ता र जनप्रतिनिधिको १४ जनाको टोली ७÷७ जनामा बाँडिएर बजार अनुगमन सुरु भएलगत्तै अधिकांश हार्डवेयर, मेडिकल, खाद्यसहित अन्य व्यापारी पसलका सटर धमाधम बन्द गरेर भाग्न थालेको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी न...

बागमती प्रदेश ः एक लाखले एसइई परीक्षा दिँदै

ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा आजदेखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिनुभयो । बागमती प्रदेशको १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्नपत्र र कापी पु¥याउनेलगायतका काम भइसकेको उहाँले बताउनुभयो । यही चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभरिमा चार सय ३४ परीक्षा केन्द्र कायम भएको बताइएको छ । यो वर्षको एसइई परीक्...

सहकारीका प्रमुखहरुबिच अन्तरक्रिया

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाभित्र रहेका सहकारीका प्रमुखहरु बिचको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्था संचालन तथा व्यबस्थापन, सहकारी संस्था एकिकरण प्रोत्साहन तथा प्रर्वद्धन र विद्यमान सहकारी ऐन, नियम, कानुन र मापदण्डको कार्यान्वयन र कोपोमिस सञ्चालन र प्रयोग सम्बन्धी सहकारी संस्थाका प्रमुखहरुको भेला तथा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर प्रमुख आइतमान तामाङले एउटै उद्धेश्य र प्रकृतिका सहकारी संस्थाहरुलाई एकिकरण गरि सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारी ऐन, नियम, कानुन र मापदण्ड पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नगर प्रमुख तामाङले एक वडा एक नमुना सहकारी संस्था छनोट गर्ने नगरपालिकाको निति तथा कार्यक्रम रहेको हुँदा सोहि अनुसार आफ्नो गतिविधि र क्रियाकलाप अगाडि बढाउन नि...

पत्रकार आचारसंहिता र निर्देशिका पालना नगर्ने लाई कारबाही गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ ? यस विषयमा छलफल र समिक्षा हुनुपर्ने बताउनुभएको छ । काउन्सलिका अध्यक्ष बस्नेतले ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया कार्यक्रममा यस्तो बताउँनु भएको हो । उहाँले सञ्चारमाध्यमले पत्रकारितको धर्म निर्वाह गरिरहेको छ कि छैन ? भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताउनुभयो । नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्नेगरेको भन्दै त्यसबाट भाग्न नसकिने बताउनुभयो ।उहाँले...

रासायनिक मल पाउनका लागि अनिवार्य कार्ड चाहिने

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
रासायनिक मल वितरण गरिरहेको स्थानीय सहकारी सँगको अन्तरक्रिया, गोष्ठि तथा रासायनिक मलको कार्ड तथा भरपाई वितरण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ ।मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगर भित्रका रासायनिक मल बिक्रिका लागि अनुमती पाएका सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । किसानलाई आवश्यक परेका बेला मल अभाव हुने समस्यालाई केहि ब्यबस्थित बनाउनका लागि कार्ड वितरण गरिएको नगरपालिका कृषि विकास शाखाका प्रमुख अमर आचार्यले जानकारी दिनुभयो । अब हरेक किसानले नगरपालिकाले उपलब्ध गराएको कार्ड सहकारी मार्फत भरेपछि नगरपालिकामा आएको मललाई बराबर वितरण गरिने नगरपालिकाले जनाएको छ ।यसभन्दा अघि कोहिले धेरै पायो, कोहिले पाउँदै पाएनन् भन्ने गुनासो अन्त्यका लागि नगरपालिकाले कार्ड वितरण गरेको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले किसानको समस्य...

पत्रकार कुटपिटको भर्त्सना

ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासंघ धादिङ शाखाका कार्यसमिति सदस्य एवं ग्यालेक्सी फोर के टेलिभिजनका सम्वाददाता विकास रौनियारलाई समाचारको विषयलाई लिएर भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघले भर्तसना गरेको छ पत्रकार महासंघले आज बिज्ञेप्ती निकालेर ध्यानकर्षण भएको जनाएको छ ।पत्रकार महासंघका केन्द्रयि महासचिब रोसन पुरी ,र बागमती प्रदेस महासचिब कृष्ण शरु मगरले छुटाछुटै बिज्ञेप्ती जार िगर्दै ध्यानकर्षण भएको जनाउनु भएको छ । बिज्ञेप्तीमा पत्रकार महासंघ धादिङ शाखाका कार्य समिति सदस्य एवं ग्यालेक्सी फोर के टेलिभिजनका धादिङ संवाददाता विकास रौनियारलाई टेलिभिजनका लागि प्राकृतिक श्रोतको दोहनका विषयमा समाचार बनाउने क्रममा गजुरी गाउँपालिका वडा नं १ बस्ने दिनेश भण्डारी र रोशन गुरुङले २०७९ चैत्र ११ गते राती १०ः१५ बजेतिर सांघातिक हमला गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानकर्षण छ प्राकृतिक श्र...

लघु घरेलु तथा साना उद्योग स्थापनाको लागि उद्यमशिलता तालिम सम्पन्न ।

ब्रेकिङ न्युज १
लिसंखुपाखर गाउँपालिका सिन्धुपाल्चोकले गरीवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम आर्थिक बर्ष २०७८÷७९ अन्र्तगत ७५ जनालाई उद्यमी सिर्जनाका लागि उद्यमशिलता तालिम प्रदान गरेको छ । लिसंखु पाखर गाउँपालिका वडा नं. २,३ र ५ मा २५ जनाको दरले तिन वटै वडामा ८ दिनको तालिम प्रदान गरेको हो । ७ दिन व्यवसाय सचेतना तथा सुरु तालिम र सोहि सहभागिहरुलाई १ दिन परिवार सहितको उपस्थितिमा लैंगिक तथा सामाजिक समावेशीकरणको तालिम विपन्न,दलित,आदिवासी जनजाति र अन्य समुदायका युवा,महिला र पुरुषहरुलाई उपलब्ध गराएको छ । लिसंखुपाखर गाउँपालिकाको आयोजनामा संचालन गरिएको उक्त तालिमको प्रशिक्षण तथा सहजिकरण उद्योग विकास शाखामा कार्यरत उद्यम विकास सहजकर्ता विक्रम सुन्दास र रोजगार शाखामा कार्यरत रोजगार सहायक रमेश लामाले गर्नु भएको थियो । स्थानीय स्तरमा नै प्रशोधन उत्पादन तथा सेवा प्रदान गर्न सकिने स्रोत,साधान र श्रममा आधारित उद्यम...

फलाटेश्वर शिव मन्दिरको उद्घाटन सांसद बस्नेतद्धारा अक्षयकोषमा २५ हजार सहयोग

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालीका – ६ स्थित फलाटेश्वर शिव पाञ्चायन मन्दिर र गौखुरेश्वर शिवालय क्षेत्र भित्र रहेका ३३ कोटी देवी देवताको मुर्ती प्रतिस्थापन तथा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य मोहन बहादुर बस्नेतले मन्दिरको उद्घाटन गर्दै मन्दिरको नियमित पुजापाठ सञ्चालनको व्यवस्था मिलाउन निर्माण गर्न लागिएको अक्षयकोषमा ब्यक्तिगत तर्फबाट रु पच्चीस हजार (२५, ०००) हस्तान्तरण गर्नुभएको थियो । उहाँले मन्दिरको थप भौतिक निर्माण कार्य सम्पन्न गर्नका लागी नेपाल सरकारबाट आफुले सक्दो सहयोग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रमको विशेष अतिथि पूर्व गृहराज्य मन्त्री विष्णु विक्रम थापाले आफु स्थानिय समेत भएकोले सो पवित्र धाममा सुरुवाती चरणदेखिनै सहयोग गर्दै आएको बताउँदै बाँकी अधुराकाम सम्पन्न गर्नको लागी जुनसुकै सहयोग गर्न आफु तयार रहेक...

ज्ञानमन्दरि माबी मा बिधुतिय फिल्टर जडीता धारा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नमुना ज्ञानमन्दरि माबी मेलचौरमा बिधुतिय फिल्टर जडीता धारा निर्माण भएको छ । उक्त धाराको एक समारोहका बिच चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ नम्बर वडास्थित नमुना ज्ञानमन्दिर माध्यमिक बिद्यालयमा बिद्युतीय फिल्टर जडित धाराको उद्घाटन गर्दै सापकोटाले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदीने तर्फ ध्यान दिन पर्नै बताउँनु भयो । उँहाले मानिस बिमारी हुँदा १५ लाख भन्दा बढी खर्च भइरहेको भन्दैे देख्दा थोरै रकममा निर्माण भए पनि यसले दिर्घकालिन महत्त्व बोकेको छ भन्दै सापकोटाले बिद्यालयमा युवाहरूको जोस जाँगर र सवैको समान धारणा बिकास भएको पाएँ । अझै समाजको चेतनशीलहरुको पहलमा शिक्षकहरुले योजना वनाएर समृद्ध नगर बनाउन सहयोग गर्न आग्रह गर्नू भयो ।नगरको कतिपय ठाउँमा योजना ठूलो भएर पनि दुरुपयोग भएको छैन । कतिपय थोरै रकम दिएको ठाउँमा र...

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रहरी प्रधान कार्यलयमा आज अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्नुहुँदै उहाँले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाउनुभयो ।उहाँले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पु¥याएको सेवाप्रति अभार व्यक्त गर्नुभयो । उहाँले अवकाश हुन लाग्नुभएका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिनुभयो । अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्र...