सम्पर्क

ब्रेकिङ न्युज १

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिनुभएको छ । “वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण ...

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, २० वैशाख : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको बताउनुभएको छ । “राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमा तथा दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ”, मन्त्री शर्माले शुभकामना सन्देशमा भन्नुएको छ, “सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमाको काम अघि बढिरहेको छ ।” सञ्चार तथा सूचना प्रविधिको प्रय...

खोस्टाको फूल बनाउने तालिम सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
बजारमा तिहार लगायत विभिन्न मेला महोत्सवहरुमा विदेशबाट खरिद गरिएको प्लास्टिक तथा रबरका फूलहरुलाई निषेध गर्ने अभियान आएको छ । यसै अभियानलाई मध्य नजर गर्दै सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं. ३ वाफल स्थित वडा कार्यालयमा खोस्टाबाट विभिन्न किसिमका सजावटका फूलहरु बनाउने तालिम सम्पन्न भएको छ । लिसंखुपाखर गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा यहि बैशाख १७ गतेदेखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा उपस्थित लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठुदेवी लामा लगायतको उपस्थितिमा रहेको थियो । तालिम समापनसँगै गाउँघरमा खेर जाने मकैको खोस्टाबाट आकर्षक सजावटका फूल हरु बनाईसके पछि त्यसलाई बजार सम्म जोड्ने र विभिन्न समारोहमा यस्तै प्रकृतिका फूल प्रयोग गर्न सकिने कुरालाई गाउँपालिकाका अध्यक्ष राजु लामाले बताउनु भयो । यसैगरी कार्यक्रममा उपस्थित गाउँपालिक...

खानेपानी मन्त्रीलाई ध्यानाकर्षण पत्र

ब्रेकिङ न्युज १, समाचार
खानेपानी मन्त्री राजेन्द्रकुमार राई समक्ष मेलम्ची खानेपानी प्रभावितले विभिन्न माग राखेका छन् । मेलम्ची खानेपानी आयोजना प्रभावितहरुका लागि लेबिको कार्यान्वयन, मेलम्ची हेलम्बु, मेलम्ची भोताङ, दाउचेत केउरिनी बांसखर्क बरुवा याङग्री सडक १२ महिना चल्ने सक्ने गरि स्तरोन्नति गर्नका लागि आगामी बर्षको बजेटमा रकम सुनिस्चित गर्न, सुप अन्तरगत यो बर्ष भएको बजेट कार्यान्वयन र थप बजेटको सुनिश्चितता लगायत बिषयहरुमा खानेपानी मन्त्रीलाई ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण पत्र बुझाउंने कार्यक्रममा पुर्बमन्त्री शेर बहादुर तामाङ, एमाले नेता हस्त पण्डित, बोर्ड सदस्य बिष्णुमणि आचार्य, सरोकार समितिका अध्यक्षहरु उपेन्द्र तामाङ, गोपाल स्याङ्बो, दोर्जे स्याङ्बो मेलम्ची खानेपानी बिकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने लगायतको उपस्थिती रहनुभएको थियो ।...

वनमा आगो लगाउँनेको सुचना दिनेलाइ ५०हजार

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिकाले वनमा आगो लगाउँनेहरुको पहीचान लिन शुरु गरेको छ । गाउँपालिकाले आज सुचना प्रकाशित गरेर आगलागी गर्ने गराउँनेको पहीचान गरी कार्बाही गर्ने भएको छ । त्यसका लागी वनमा आगो लगाउँनेको सुचना दिनेलाइ रु पचास हजार पुरस्कारको समेत घोषणा गरेको छ ।

जुगल गाँउपालिकाद्धारा इ–सिफारिस सम्बन्धी तालिम शुरु

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाले यसै बर्ष देखी हरेक गतीबिधीहरुलाइ पालिकाको वइभसाइटमा राख्नुका साथै हरेक कामहरु अनलाइन मार्फत गर्ने भएको छ । यसका लागी मङ्गलबार देखी तिन दिन सम्म क्षमता बिकास तालिमको शुरु गरिएको छ । गाँउ पालिका का सेवाग्रहीहरको समस्यालाइ ध्यानमा राख्दै बदलिदो परिस्थित िमेतलाइ भ्यानमा राखेर यो सेवा शुरु गर्न लागीएको गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्गवोले बताउानु भयो । तिन दिन सम्म चल्ने तालिममा पालिकाका जनप्रतिनिधी र कर्मचारीहरु सहभागी रहनुहुने भएको छ । बैशाख १८,१९,र २० गते गरी तिन दिन सम्म सञ्चालन हुने ताल्मिको शूरवात गर्दे अध्यक्ष स्याङवोले कर्मचारीहरुले राम्रो काम गरे भने गाँउ गाँउका नागरिकले छिटो सेवा पाउँने छन र सबैले सबैलाइ राम्रो भन्ने छन । कर्मचारीले नराम्रो गरे सबैको बदनाम हुन्छ भन्नु हँुदै हरेक कर्मचारीहरुले नागरिकले पाउँने सुबिधा घरबाटै पाउँने र हुने काम भए ...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ, मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  काठमाडौँ, १८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको बताउँदै मन्त्री चौधरीले ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न नसकेको बताउनुभयो । ुसरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको छ । तथापि, ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न सकिरहेको छैनु, उहाँले भन्नुभयो, ुयस विषयमा नेपाल सरकारले सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।बालब...

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

ब्रेकिङ न्युज १, समाचार
हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हुलाक सेवा विभागको आयोजनामा हुलाक निर्देशनालय कास्कीअन्तर्गतका १७ जिल्लाका हुलाक कार्यालयका प्रतिनिधि र सरोकारवालाबीच आज आयोजित अन्तरक्रियाका सहभागीले हुलाकलाई सेवाका रुपमा मात्र अगाडि बढाउँदा यसको सुदृढीकरण नहुने बताएका हुन् । हुलाक सेवालाई कागजात मात्र बोक्ने कार्यालयका रुपमा हेर्दा यसको महत्व र गरिमा घट्दै गएको सहभागीको टिप्पणी छ । अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले हुलाक कार्यालय रुग्ण उद्योग जस्तै बनेको बताउनुभयो । उहाँले सेवाग्राहीले विश्वास गर्ने स्तरको बनाउन सुझाव दिनुभयो । देश सङ्घीय संरचनामा जाँदा समेत हुलाक अझै विसं २०२८ सालको संरचनामा चलिरहेको उहाँको भनाइ थियो । “हुलाकलाई अब व्यावसायिक बनाएर अगाडि लैजानुपर्छ,” प्रमख थापामगरले भन्नुभयो, “राज्यको लगानी चार ...

लगानी सम्मेलनः सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १७ वैशाख: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको बताउनुभएको छ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा आज ‘सूचना प्रविधिः लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपालीमात्र नभई विदेशी लगानीकर्ताका लागि पनि नेपाल उपयुक्त स्थल रहेको बताउनुभयो । मन्त्री शर्माले मुनाफाआर्जनको वातावरण बनाएर लगानी र लगानीकर्ताको सुरक्षा गर्दै संसारकै उँचो हिमाली मुलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन सरकार दृढ सङ्कल्पित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधि क्षेत्रको लगानीमार्फत हुने डिजिटल रूपान्तरण र समृद्धिको यो महाअभियानमा सहभागी हुन र यसबाट मनग्य लाभलिन देशभित्र तथा देशबाहिरका सम्पूर्ण लगानीकर्तालाई आह्वान गर्दछु । मन्त्री शर्माले नेपालम...

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

ब्रेकिङ न्युज १, राजनिती, समाचार
इलाम–२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उहाँले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् । यो समाचार तयार पार्दासम्म मतगणनामा सुहाङले ६ हजार ४ सय ३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ४ हजार ७ सय ८० मत प्राप्त गर्नुभएको छ । नेम्वाङ १ हजार ६ सय २३ मतले अघि रहनुभएको छ । स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ३ हजार १ सय ८८ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले १ हजार मत प्राप्त गर्नुभएको छ । शनिबार दिउँसोबाट सुरु गरिएको गणना सुस्त गतिमा छ । नेकपा ९एमाले० इलामका सचिव उमेश गुरुङले मतगणना ढिलोगरी सुरु भएकाले पूरा परिणाम आउन समय लाग्ने बताउनुभयो । एमालेले लामो समयदेखि बिजय हासील गर्दैआएको इलाम २ मा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सभामुख सुभाषचन्द्र नेम्वाङसँग काँग्रेस उम्मेदवार डम्बर खडक...