भोटेकोशीदेखि संयुक्त राष्ट्रसंघसम्म : प्रधानमन्त्री शाहले खोजेको हिमालय कूटनीतिक
रमेश कुमार बोहोरा
यतिबेला अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्य कार्यालयमा जारी ८१औँ महासभाको चर्चा छ । विश्वका १९३ सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिको सहभागिता रहेको यो विश्व सम्मेलनमा कतिपय मुलुकका आआफ्ना स्वार्थ, अहंकार प्रदर्शन भए पनि कतिपय मुलुकले विश्व व्यवस्थाको कुरा गरे ।
यसरी विश्व व्यवस्थाको कुरा साझा गर्ने सरकार प्रमुखमा पर्नुभयो प्रधानमन्त्री बालेन्द्र शाह । भोटेकोशी बाढीको पीडा र त्रास बोकेर न्यूयोर्क पुग्नुभएका उहाँले नेपालको आवाज उठाउँदा त्यसको केन्द्रमा केवल नेपालको पीडा मात्र थिएन, हिमालयको भविष्य र त्यससँग जोडिएको सिंगो मानव सभ्यतामाथि मडारिएको संकट पनि एकसाथ व्यक्त भएको थियो ।
सम्बोधनको अधिकांश समय जलवायु परिवर्तन र विश्व व्यवस्थामा देखापरेका स्वार्थपनका बारेमा चर्चा गर्नुभएका प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विनाशक...








