सम्पर्क

विचित्र संसार

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

#, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २७ फागुन : हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ । यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ । साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । को...
आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २६ फागुन : हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र ह...
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगिने बताउनुभएको छ । उक्त आयोगको प्रतिवेदन ग्रहण गरेपछि उहाँले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताउनुभयो । प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक पनि गर्ने बताउनुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गछौँ यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौ ।” उहाँले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गर्नुभयो । साथै प्रधानमन्त्री कार्कीले आयोगका अध्यक्ष एवं सदस्यहरूले गर्नुभएको मेहनतको सराहना गर्नुभएको छ ।रासस...
प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिनुभयो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिनुभयो। भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी नि...
टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

कृषि, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २३ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह र सामाजिक सञ्जाललगायत माध्यमबाट टीकाटिप्पणी नगर्न सम्पूर्ण पार्टीपङ्तिमा आग्रह गरेको छ । सो पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले आज विज्ञप्ति जारी गर्दै जनताको अभिमतलाई उच्च मूल्याङ्कन गरी पूर्ण विश्वासकासाथ जवाफदेहीपूर्ण कार्यसम्पादन गर्न अनुरोध गर्नुभएको हो । “निर्वाचनको पूर्ण परिणाम आउन अझै केही समय धैर्य गर्नुपर्ने देखिन्छ । यसै सन्दर्भमा पार्टीका सम्पूर्ण जिम्मेवार सदस्यलाई धैर्यपूर्वक अन्तिम परिणामको प्रतीक्षा गर्न आयोग हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको यस घडीमा त्यस्ता गतिविधि भए गरेको कहीँकतै भेटिएमा पार्टीको विधान, कार्यविधि, आचारसंहिताका आधारमा कारबाही हुनेतर्फ आयोग सबैलाई सचेत गराउँदछ ।” पार्टीको निर्देशनविपरीत कुनै किसिमका गतिविधि न...
नवनिर्वाचित उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजय र्‍याली ननिकाल्न रास्वपाको आग्रह

नवनिर्वाचित उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजय र्‍याली ननिकाल्न रास्वपाको आग्रह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २३ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक डिपी अर्यालले रास्वपाबाट निर्वाचित हुने उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजयी र्‍याली ननिकाल्न आग्रह गर्नुभएको छ । आज एक भिडियो सन्देश जारी गर्दै उहाँले निर्वाचित हुने उम्मेदवारसँग अबिर जात्रा गर्ने, रमाइलो गर्ने, खुसी साटासाट गर्ने तथा र्‍याली गर्ने धेरैको चाहना भए पनि यो विजयी जुलुस निकाल्ने समय नभएको बताउनुभयो । यस पटकको निर्वाचन आउनुमा जेनजी उमेर समूहका नानीबाबुहरुको ज्यान गुमाएको पीडा हामीबाट नसेलाएको उल्लेख गर्दै उहाँले मध्यपूर्वमा केही समय अघिदेखि भइरहेको घटनाका कारण पनि विजयी जुलुस ननिकाल्न आग्रह गर्नुभयो । “हामीलाई जनताले सरकार बनाउन र जनताका लागि काम गर्नका लागि दिएको कार्यादेश हो, त्यसैले हामीले जनताका लागि काम गरेपछि मतदाताहरुसँग घरदैलो गर्ने नै छौँ”, उहाँले भन्नुभय...
प्रतिनिधिसभा निर्वाचनः १६० निर्वाचन क्षेत्रमा मतगणना जारी

प्रतिनिधिसभा निर्वाचनः १६० निर्वाचन क्षेत्रमा मतगणना जारी

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार
काठमाडौँ, २३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएकोे छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहनुभएको छ । आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम, काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, रुपन्देही ४ बाट कन्हैया बानियाँ र बाँके १ मा सुरेशकुमार चौरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म २० स्थानमा नतिजा सा...
निर्वाचनमा करिब साठी प्रतिशत मत खस्योः आयोग

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्योः आयोग

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २१ फागुनः निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताउनुभयो । उहाँले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाहरुको प्रारम्भिक प्रतिवेदनले जनाएको उल्लेख गर्नुभयो । दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जनाउँदै कार्यबाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्वमा मतपेटिका आजै र सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला, रुकुमपश्...
निर्वाचन भएसँगै देशले निकास पाउने मतदाताको विश्वास

निर्वाचन भएसँगै देशले निकास पाउने मतदाताको विश्वास

कृषि, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, २१ फागुनः “यो चुनाव सफल हुनुपर्छ र देशले निकास पाउनुपर्छ”, काठमाडौँको अनामनगर निवासी वासुदेव गिरीले भन्नुभयो । पञ्चायतकालदेखि काठमाडौँको निर्वाचनमा सहभागी भएको अनुभव सँगालेका उहाँलाई सुरुमा निर्वाचन होला वा नहोला भन्ने चिन्ता थियो । यही चिन्ताका बीच आज बिहान ७ः०० बजेदेखि देशभरका १६५ निर्वाचन क्षेत्रमा उत्साहपूर्वक मतदान भइरहेको सुनेपछि उहाँ पनि उत्साहित हुनुहुन्छ । जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं १ को साविक मिलन विद्या मन्दिर मतदान केन्द्रमा आफ्नी श्रीमतीसहित मतदान गरेपछि ज्येष्ठ नागरिक गिरीले भन्नुभयो, “मुलुकमा शान्ति, अमनचयन, सुशासन र समृद्धि चाहिएको छ । यसका लागि सबै मतदाताले आफ्नो विवेक प्रयोग गरिरहेका छन् । यसले म पनि उत्साहित छु ।” नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासङ्घका पूर्वअध्यक्ष गिरीले २०४३ सालमा भएको निर्वाचनमा काठमाडौँमा ज...
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
 काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटक...