सम्पर्क

Author: लोकप्रिय समाचार

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २५ साउनः आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो । पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थान र आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ । गौरीनगरसम्म लामो लाम पनि लागेको छ । यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको प...
सैनिक कल्याणकारी कोषः शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

सैनिक कल्याणकारी कोषः शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

खानेपानी, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, २४ साउनः सैनिक कल्याणकारी कोष आफ्ना हिताधिकारीलाई सहुलियत, सामाजिक सुरक्षा र आत्मनिर्भरताका कार्यक्रमद्वारा सुरक्षित, सम्मानित तथा गौरवान्वित महसुस गराउन सफल भएको छ । नेपाली सेनाप्रतिको विश्वास, आत्मीयता र संस्थागत गौरवलाई अझ सुदृढ तुल्याउँदै कोषले हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिताबाट प्राप्त हुने रकममध्ये केही अंश सैनिक कल्याणकारी कोषमा योगदान गरी हिताधिकारीको शिक्षा, स्वास्थ्य, आवास, बिमा, आर्थिक राहत तथा अन्य कल्याणकारी कार्यक्रम सञ्चालन गर्न परिचालन गर्ने उद्देश्यले २०३२ सालमा उक्त कोषको स्थापना भएको थियो । ‘बहुजन हिताय, बहुजन सुखाय’ भन्ने आदर्श वाक्यलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्दै कोषले बहालवाला र अवकाशप्राप्त स...
सिन्धु कांग्रेसको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम बाह्रबिसेमा

सिन्धु कांग्रेसको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम बाह्रबिसेमा

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला नेपाली कांग्रेस क्षेत्र नं. १ ले जिल्ला स्तरीय नेता तथा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। नेपाली कांग्रेसका पूर्वसभापति भूपेन्द्रबहादुर थापालगायत पार्टीका जिल्ला, क्षेत्र तथा स्थानीय तहका नेता–कार्यकर्ता, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र कांग्रेस समर्थकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई थप मजबुत र व्यवस्थित बनाउँदै आगामी दिनमा जनतासँगको सम्बन्धलाई अझ घनिष्ठ बनाउनुपर्नेमा जोड दिएका थिए। नेता तथा कार्यकर्ताबीच प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर...
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, २३ साउनः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् । भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट एक, मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट एक, रूपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटेपिपलबाट एक, सिद्धार्थनगर नगरपालिका–९ उदयपुरबाट एक र नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिप्रहवाबाट एक जनालाई पक्राउ गरिएको हो । यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चुच्चेखोलाबाट एक जना, पाल्पाको रामपुर नगरपालिका–७ मोवटी शीतलनगरबाट एक, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ झिगैबाट पाँच, झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट तीन, कन्काई नगरपालिका–४ कोटीहोमबाट एक, धनकुटाको पाख्रीबास...
सिन्धु रास्वपा सभापतीमा माँया गुरुङ

सिन्धु रास्वपा सभापतीमा माँया गुरुङ

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक सस्थापकका रुपमा रहनु भएको माया गुरूङ जिल्ल अधिबेशनबाट पनी अत्याधिक बहुमतबाट निर्वाचित हुनु भएको छ । शुक्रबार चौतारामा भएको निर्वाचनमा गुरूङले १ सय ४९ मत ल्याएर बिजय हासिल गर्नु भएको हो । सभापतिमा निर्वाचित गुरूङ यसअघि पनि जिल्ला सभापति हुनुहुन्थ्यो । २०७९ सालमा सिन्धुपाल्चोक– २ मा रास्वपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत बन्नु भएको गुरुङले प्रथम समावेशी महिला आरोहण टोलीबाट सगरमाथा आरोहण समेत गर्नु भएको छ । उँहाको निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१, सभापतिका अर्का उम्मेदवार कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२, दिलराम श्रेष्ठले २ मत ल्याउँनु भएको थियो । एक पदका लागी ५जना मैदानमा खडा भएकोमा गुरुङले अत्याधिक मतले बिजय हासिल गर्नु भएको हो । यो सँगै उपसभापतीमा पनी सरोजा श्रेष्ठले १ सय २३ मत ल्याएर उपसभापती पदमा निर्वाचित हुनु भएको छ ।...