चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा कृषक पासबुकको व्यवस्था, कृषि उत्पादनलाई प्राथमिकता
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा कृषकहरूलाई सहज सहयोग पुर्याउने उद्देश्यसहित कृषक विवरण पुस्तिका र पासबुकको व्यवस्था गरिएको छ । हरेक कृषकको मनमा नगरको सहयोग वास्तविक कृषकलाई अनुदान मेहनती र इमान्दारीताको मुल्याङ्कन गर्नका लागी वडा कार्यालयबाट सबै खाले सहयोग गरिने वडा अध्यक्ष उद्धव नेपालले बताउँनु भएको छ ।
उहाँले वडा कार्यालयद्धारा आयोजना गरिएको शुभकामना आदन–प्रदान तथा बार्षिक कार्यक्रमको समिक्षा एवंम् कृषक विवरण पुस्तीका वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।
उहाँका अनुसार, वडा कार्यालयले मेहनती र इमान्दार कृषकको मूल्याङ्कन गर्दै सबै खाले सहयोग गर्नेछ । अब कृषक विवरण पुस्तिकामा अनुदानको विवरण, मल, बिउ तथा कृषिजन्य उपकरणको विवरण स्पष्ट रूपमा उल्लेख गरिनेछ र सोही अनुसार वितरण गरिनेछ । कृषकहरूलाई पासबुक उपलब्ध गराइनेछ जसमा अनुदान प्राप्त ...
