सम्पर्क

Author: लोकप्रिय समाचार

प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा दुलाल

समाचार
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनले दिनेश दुलालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा दिपक खत्री, समावेशी उपाध्यक्षमा अश्मी स्याङतान, सचिवमा सुन्दर शिरिष, सह– सचिवमा अर्जुन शर्मा र सम्झना कार्की, कोषाध्यक्षमा निर्मल वस्नेत चयन हुनुभएको छ । सदस्यहरुमा भने रश्मी खत्री, राजेन्द्र रानामगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गा श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तिका सापकोटा र बासुदेव गिरी चयन हुनुभएको छ । अधिवेशनले सुरेश कसजु, जीवन श्रेष्ठ, विदुर गिरी र टीका दाहाललाई केन्द्रीय प्रतिनिधीमा छनोट गरेको छ । त्यसैगरी प्रदेश प्रतिनिधीहरुमा अशोक पराजुली, केदार माझी, लालकाजी तामाङ, रमेश पराजुली, चन्द्रकला खत्री र बुद्धीप्रसाद आचार्य छनोट हुनुभएको छ । अधिवेशनले सुरेश कसजुकको सँयोजकत्वमा जिवन श्रेष्ठ ...

चौतारामा सातौ उघोग दिबस मनाईयो

बिजनेस, ब्रेकिङ न्युज १
नेत्रबहादुर बस्नेत घरेलु तथा साना उघोग कार्यालय चौताराको आयाजनामा स्वदेशी उघम र उत्पादन दिगो अ‍ौधोगिक पुर्नउत्थानको नारा सहित सातौ उघोग दिबस मनाईएको छ । उघोग दिबसको अबसरमा घरेलु तथा साना उद्योग कार्यालयका उधोग अधिकृत रामशरण गौतमले उघोगिहरुलाई प्रोत्साहन दिनु र उपभोक्ता हरुको हित र सँरक्षण एवम उपभोक्ता सँरक्षणका लागी उपभोक्ता हरु पनि सचेत रहन जरुरी देखिएको बताउनुभयो । उहाँले सामान खरिद गर्दा बिल लिनु पर्ने र बिल अनुसार सामान छ कि छै तौल कति छ हेर्न पनी उपभोक्ताहरु सचेत हुनपर्ने बताउनुभयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले उद्योग गर्ने उद्योगिहरुको आफ्नै समस्या रहेको बताउँदै जस्तोसुकै समस्या भएपनि उपभोक्तालाई सहज हुने काम गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले उद्योग गर्दा नाफामुलक र उत्पादनमुलक हुनुपर्ने बताउनुभयो । उहाले सकेसम्म तत्काल न...

तामाङद्धारा क्षेत्रिय सभापतिमा उम्मेदवारी घोषणा

ब्रेकिङ न्युज २, राजनिती
सिन्धुपाल्चोकको नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा आईतामान तामाङले उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १० र ११ गते हुने अधिवेशनमा सभापति उम्मेदवार घोषणाा गर्नु भएको हो । यस अघि पनि सभापति रहनु भएका तामाङले पुनः उम्मेदवार बन्ने आज घोषणाा गर्नु भएको हो । अघिल्लो कार्यकालमा पनि सभापति बनेका तामाङले संगठन सुदृढीकरण र सवल कांग्रेस निमार्णका लागि उमेद्वारी दिएको बताउनुभयो । युवाहरुलाई समेटेर राजनितीमा होमिएका तामाङले यो अधिवेशनमा क्षेत्रिय सभापतिमा आफुलाई जिताउन आग्रह गर्नुभएको छ । पार्टीका अग्रज नेता र पार्टीका कार्यकर्ता तथा शुभेच्छुकको आग्रहमा उम्मेदवारी घोषणाा गरेको उहाँले बताउनुभयो । तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्न आफुले उम्मेदवारी दिएको तामाङले बताउनुभयो ।...

सिन्धुपाल्चोकको चार वटै प्रदेश सभामा काँग्रेसको नयाँ नेतृत्व

ब्रेकिङ न्युज १, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकको चारवटै प्रदेश सभामा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । प्रतिनिधी सभा क्षेत्र नं. १ प्रदेश (क) बाट सभापतिमा आङदोर्जे शेर्पा विजयी हुनुभएको छ । त्यसैगरी उपसभापतिमा च्याङा शेर्पा ( साहलिा) र टेक बहादुर गुभाजु, सचिवमा सुवेस थापा र सुरेन्द्र श्रेष्ठ , सह– सचिवमा उमेश सुवेदी र राजेन्द्र विक्रम थापा निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधीहरुमा घ्याम्छो लामा, रामेश्वर आचार्य, हरि बहादुर रायमाझी , राजकुमार तामाङ, सुरेन योञ्जन, रमेश राउत, हेमन्त श्रेष्ठ, यादव श्रेष्ठ, रविन्द्र दर्नाल, जितबहादुर प्रधान पासाङ लामा, विना नेवार, पदमकुमारी श्रेष्ठ, चमेली श्रेष्ठ , दिपा लामा , सुनिता लामा र युवाखर सापकोचा निर्वाचित हुनुभएको छ । प्रतिनिधी सभा क्षेत्र नं. १ प्रदेश (ख) बाट देवेन्द्र खड्का सभापतिमा निर्वाचित हुनुभएको छ । खड्काले २४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उ...

वँशलाल तामाङ , राजनितिक निष्ठाका पर्याय

अन्तर्वाता
तत्कालिन निर्दलिय पञ्चायती ब्यवस्था विरुद्धको साहसिक , ऐतिहासिक विद्यार्थी आन्दोलनमा २०३६ सालबाट जिम्मेवारी बोधका साथ होमिएको प्रखर प्रजातान्त्रिक अभियन्ता वँशलाल तामाङ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नं. ४ नवलपुरमा पिता हवलबहादुर तामाङ र माता कान्छीमाया तामाङको कोखबाट २०२० भदौ ५ गते जन्मनुभएका तामाङको सक्रिय राजनितिक यात्रा २०३६ सालबाट जिल्लाकै एैसेलुखर्क माविबाट नेपाल विद्यार्थी सँगठन ईकाई सभापतिको रुपमा सुरु भएको हो । जेल, नेल र अबरोध चिर्दै नेपाल विद्यार्थी सँघ सिन्धुपाल्चोकको सँस्थापक सदस्यको रुपमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेल्नुभयो । उहीँ जिम्मेवारी, उहीँ प्रतिबद्धता र लोकतन्त्र र प्रजातन्त्र प्रतिको उहीँ लगावले अन्तत तामाङ २०४६ देखी २०४८ सालसम्म नेपाली काँग्रेसको ब्याड सँगठन नेबिसँघको जिल्ला अध्यक्ष बन्नुभयो । राजनितिक परिवर्तन र नागरिकको लोकतान...

पूर्व मन्त्री दुलालद्धारा हेलम्बु आगलागी पिडितलाई राहत वितरण

समाचार
हेलम्बु गाउँपालिका इचोकमा भएको आगलागि पिडितको लागि राहत बोकेर नेकपा माओवादी केन्द्रको टोलि सुर्सिङ पुगेको छ । बागमती प्रदेसका पुर्व सामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल , वाइसियल जिल्ला इन्चार्ज शुरेस राना ,नेकपा माओवादी २ नम्बर क्षेत्रीय अध्यक्ष भरत थापा हेलम्बु अध्यक्ष पेमा ह्योल्मो जिल्ला कमिटी सदस्य सिपि दुलाल, हेलम्बु ५ का अध्यक्ष मिङमार तामाङ लगायतको टोलि आज घटनास्थल पुगेर राहत सामग्रि वितरण गरेको हो । राहतमा प्रती परिवार रु १७ हजार नगद त्यस्तै जस्ता ३ बण्डल , खाध्यान्न , भाडाकुडा लत्ताकपडा लगायतको सामग्रि वितरण गरीएको जिल्ला कमिटी सदस्य सिपि दुलालले जानकारी दिनुभयो । हिजो साँझ इचोक सुर्सिङ झाक्रीटोलमा आगलागी हुँदा ३ बालकको ज्यान गएको थियो । पिडामा रहेका पिडितहरुको लागि केहि सामग्रि वितरण गरेको भन्दै पुर्वमन्त्री दुलालले आगामि दिनमा थप सहयोग...

उत्पादनसँग जोड्ने विषयमा अन्तर्क्रिया

समाचार
एकीकृत वस्तीका वासिन्दालाई उत्पादनसँग जोड्ने विषयमा मेलम्चीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थायी पुनर्निर्माण तथा पुनर्वास समिति मेलम्ची–११, जरायोटारको आयोजना तथा राष्ट्रिय युवा परिषद्को सहजीकरणमा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा परिषद् प्रसाशकीय प्रमुख बाबुराम ढुंगानाले जिब्रो मात्र चलेर नहुने भन्दै युवाहरु सक्रियताका साथ उत्पादनमूलक काममा लाग्नुपर्ने बताउनुभयो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले उद्यम गर्न चाहनेहरुका लागी कोषले ३ दशमलव २ प्रतिशतब् याजमा २ लाखसम्म कर्जा उपलब्ध गराउने जानकारी दिनुभयो । यसका लागि व्यवसायको बिमा समेत कोषले गरिदिने समेत उहाँले बताउनुभयो । मेलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृत धितालले बस्तीको विकासका लागी नगरले कृषी शाखामार्फत कामगर्न सक्ने बताउनुभयो । आवास निर्माण भएपनि आयआर्जनको...

काँग्रेस सिन्धुपाल्चोक प्रदेश सभापतिका यी हुन् दाबेदार

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेस सिन्धुपाल्चोकले स्थानीय तह अन्तर्गतको निर्वाचन सकेर आज प्रदेश तहको अधिवेशन गर्दैछ । प्रदेशको नेतृत्व लिनका लागी सिन्धुपाल्चोकमा तिब्र प्रतिस्पर्धा हुने देखिन्छ । १ नं. क्षेत्रको प्रदेश ‘क’मा आङ्दोर्जे शेर्पाले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँ संस्थापन पक्षका हुनुहुन्छ । शेर्पा अहिले पनि प्रदेश सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । पौडेल पक्षबाट कसले उम्मेदवारी दिने निश्चित भएको छैन । यता प्रदेश ‘ख’मा देबेन्द्र खड्का र चन्द्र सिलवालबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुबैले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । संघीय क्षेत्र नं. २ को प्रदेश ‘क’मा देवप्रसाद बानियाँ, देव कोइराला र केशब गिरीबीच त्रिपक्षीय भिडन्त हुने सम्भावना छ । त्यसैगरी प्रदेश ‘ख’मा सिके चौलागाइँ, सुनील दोङ, खेतनाथ घिमिरेमध्ये एकजना पौडेल पक्षबाट र संस्थापनबाट लेखा लामा र रमेश भण्डारीमध्ये एकले उम्मेदवारी...

केदार क्षेत्रीद्धारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमालेको नेता तथा बलेफी गाउँपालिकाको अध्यक्ष केदार क्षेत्रीले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । क्षेत्रिले पार्टीको चितवनमा मँसिर १० मा हुने दशौं राष्ट्रीय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको हो । मँगलबार नेपाल पत्रकार महासँघको भवन चौतारामा पत्रकार सम्मेलन गर्दै क्षेत्रिले खुल्लातर्फ सदस्य बन्न चाहेको बताउनुभयो । क्षेत्रिले २०३८ सालदेखी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्राकको सचिव हुँदै राजनितिक यात्रा सुरु गरेको बताउनुभयो । क्षेत्रि २०४४÷४५ मा काठमाडौंको पिपुल्स क्याम्पसको स्ववियु सचिव, २०४६ मा अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला अध्यक्ष हुँदै तत्कालिन जिल्ला विकास समितिको सदस्य , राष्ट्रिय प्रतिनिधि परिषदमा समेत निर्वाचित भैसक्नु भएको छ । नवौं राष्ट्रिय महाधिवेशनमा सिन्धुपाल्चोक जिल्लाबाट महाधिवेशन प्रतिनिधी हुँदै अहिले नेकप...

अन्तिम चरणमा जनगणना

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय जनगणना–२०७८ को जनगणना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सोमबारसम्म ८५ देखि ९० प्रतिशतजति जनगणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । गत कात्तिक २५ देखि सुरु भएको जनगणना सोमबारसम्म १२ दिन मुख्य गणना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले सोमबारसम्म मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही छिटफुट भए जिल्ला जनगणना, स्थानीय जनगणना कार्यालयबाट सच्याउने काम भइरहेको छ । अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति जनगणनामा छुटेको भए आफैँले पनि चासो राखेर गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्प...