सम्पर्क

हेलम्बुका बाढी प्रभावितलाई २५ घर हस्तान्तरण

असार १ गते आएको बाढीका कारण हेलम्बुमा घर बगाएको २५ परिवारको लागी नयाँ घर हस्तान्तरण गरिएको छ ।
हेलम्बु गाउँपालिका – ४ मा आज एक कार्यक्रमका विच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उक्त घरहरु हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमकै अवसर पारेर १२५ घरपरिवारलाई कृषस् औजार केटो, कोदालोको साथै वितरण गरिएको छ । स्विर्स यक्सन सँस्थाको सहयोगमा भोलुन्टर क्रप्स नेपालले बाढी पिडीतहरुका लागी उक्त घरहरु निर्माण गसरसदएको थियो । बाढी पछी लगत्तै हेलम्बु पुग्नुभएका बस्नेतले सो ठाउँमा घरहर बनाईदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । सोही अनुरुप विभिनन सँस्थाहरुसँग समन्वय गरेर उक्त घरहर निर्माण गर्न सफल भएको बस्नेतले बताउनुभयो । भोलुन्टर क्रप्स नेपालका अध्यक्ष दिपक चापागाईले बाढीपछी तहसनहस भएको हेलम्बुमा काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।