मेलम्ची भ्याली क्याम्पसको साधारण सभा, पुर्वमन्त्री तामाङ द्वारा उद्वाटन
देवराज सुवेदी
मेलम्ची भ्याली क्याम्पस हेलम्बुको तेस्रो साधारणसभा सम्पन्न भएको छ । पुर्वमन्त्री एवम् सांसद शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै तामाङले मेलम्ची भ्याली क्याम्पस लाई संचालन गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । क्याक्पस लाई आवश्यक पर्ने सामाग्रीको माग आएमा पनि आफुले पहल गर्ने उहाँले प्रतिबद्वता समेत ब्यक्त गर्नुभयो । क्याम्पस बाढी, भुकम्प र अन्य कारणबाट समस्यामा रहेको भन्दै स्थानीय प्रदेस र संघीय सरकारको क्याम्पसलाई सहयोग गर्नु पर्नेमा कार्यक्रमका बक्ताहरूले जोड दिनुभएको छ । उहाँहरुले साधारणसभाबाट सक्षम नेतृत्व चयन होस भन्ने शुभकामना समेत ब्यक्त गर्नुभयो ।
क्याम्पसको १८ बर्ष पछि साधारण सभा भएको हो । साधारण सभामा काग्रेस हेलम्बुका सह –सचिव श्याम शर्मा एलसी, सस्थापक स्वबियु सचीव अर्जुन भण्डारी, इन्द्रावती क्याम्पसका ...
