सम्पर्क

सिप सिकेपछी चुपलागेर बस्नुभन्दा सिपै नसिक्नु उचित— अध्यक्ष श्रेष्ठ


सिप सिकेपछी चुपलागेर बस्नुभन्दा सिपै नसिक्नु उचित हुने हुँदा सिक्नेले अरुलाई पनि सिकाउनपर्ने चौतारा साँगाचोकगढी नगरपालिका —१४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भएको छ ।
उहाँले बज्रयोगिनि अपाँगमैत्री सहकारि सँस्थाद्वारा डडुवामा सञ्चालन गरेको साबुन बनाउने तालिमको समापन कार्यक्रममको उद्धघाटन गर्दै सो कुरा बताउनु भएको हो । सपाँगले गरेको धेरै कार्यक्रमभन्दा अपाँगले गरेको एउटै काम एतिहासिक भएको बताउदै अध्यक्ष श्रेष्ठले चौतारा साँगाभोकगढी नगरपालिका वडा नं. १४ डडुवामा रहेको बज्रयोगिनी अपाँग मैत्री सहकारी सँस्थाले साबुन बनाउँने र सिन्के धुप बनाउँने तालिम दिएर नौलो काम गरेकोमा सहकारिलाई विशेष धन्यबाद दिनुभयो । अरु सहकारीभन्दा बज्रयोगिनी सहकारीले गरेका कामहरुको बारेमा प्रशँम्सा गर्दै अध्यक्ष श्रेष्ठले डडुवामा साबुन र धुप बनाउने तालिम दिन सहकारिले खेलेको भुमिकाका बारेमा चर्चा गर्दै आगामि दिनमा आकर्षक बजेटको ब्यबस्था गरिने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक भक्त बहादुर नेपालिले आफुले लगानी नगरेको कामको माँया नहुने भएकोले सबै पक्षको लगानि हुनुपर्ने बताउनु भयो ।
बज्रयोगिनी अपाँग मैत्री सहकारी सँस्थाका अध्यक्ष चतुर बहादुर तामाङको सभापतित्वमा भएको सात दिने तालिममा २३ जना अपाँगता भएका घर परिबारले तालिम लिनुभएको थियो । कार्यक्रममा चालीस हजार वडा कार्यलयबाट सहयोग प्राप्त भएको र बाँकि रकम सहकारीबाटै खर्च भएको र राम्रो काम गर्नेलाई सँस्थाबाट जागिरको ब्यबस्था गरिने सँस्थाका ब्यबस्थापक नेत्र बहादुर बस्नेतले जानकारि दिनुभयो । अब सहकारिले गाउँमा आबश्यक पर्ने साबुन र धुप गाउँमानै उत्पादन गरेर बितरण गरिने सस्थाका अध्यक्ष चतुर बहादुर तामाङले बताउनुभयो ।