सम्पर्क

Author: लोकप्रिय समाचार

ज्यान मार्ने उद्योग मुद्धाका फरार अभियुक्त पक्राउ

ब्रेकिङ न्युज १, समाचार
ज्यान मार्ने उद्योग मुद्धाका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । २०७८ भादौ ८ गते सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका वडा नं.–३ बोल्देमा बस्ने वर्ष ३७ को पासलाल तामाङलाई आँखामा खुर्सानीको धुलो हाली धारिलो हतियार खुकुरी प्रहार गरि गम्भिर घाईते बनाई घटना पश्चात फरार रहेका सोही गाउँका वर्ष ३५ को आयुष तामाङलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले अभियुक्त तामाङलाई काठमाण्डौ जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर –८ माकलवारीबाट पक्राउ गरि जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई आवश्यक अनुसन्धान पक्रिया अगाडी बढाईएको छ ।...

२ रूपैयाँ दरको सिक्का आजदेखि बजारमा

बिजनेस, ब्रेकिङ न्युज १
नेपाल राष्ट्र बैंकले २ रूपैयाँ दरको सिक्का आज शुक्रबारदेखि प्रचलनमा ल्याउन लागेको हो । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रूपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ । यस्तै सिक्काको पछाडिपट्टि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको छ । आठ थोप्लासहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरप...

तातोपानी नाकामा उच्च सतर्कता

ब्रेकिङ न्युज २, स्वास्थ्य
नेपालमा कोरोना भाइरसको सँक्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ । कोरोना सँक्रमण सुरु भएदेखि नै नेपालको उत्तरी छिमेकी चीनसँगको सीमा प्रायः बन्द अवस्थामा छन् । कोरोना भाइरस सँक्रमण बढ्न थालेपछि तातोपानी नाकामा स्वास्थ्य सुरक्षासम्बन्धी उच्च सतर्कता अपनाउन थालिएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले चीनको तिब्बत हुँदै नेपाल भित्रिने मालवाहक कन्टेनरलाई मितेरी पुलबाटै निर्मलीकरण गरिने जानकारी दिनुभयो । उहाँले खासाबाट भित्रिने कन्टेनरका सामान मितेरी पुलबाटै २४ घण्टाभन्दा बढी समय क्वारेन्टाइनमा राखेर भन्सार कार्यालय ल्याइने गरेको बताउनुभयो । खासाबाट मितेरी पुलको बीच भागसम्म ...

ईन्द्रावती गाउँ सभाको दशौँ अधिवेशन सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
ईन्द्रावती समृद्धिको आधार– शिक्षा , स्वास्थ्य, कृषी , स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने मुल नाराका साथ ईन्द्रावती गाउँपालिकाले बिहिवार गाउँ सभाको दशौं अधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ । गाउँ सभाको गाउँपालिकाका अध्यक्ष बँशलाल तामाङले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाको सभा हलमा आयोजित दशौं अधिवेशनबाट चालु आर्थिक वर्षको हालसम्म कार्यपालिकाले गरेका निर्णयहरू अनुमोदन, विभिन्न योजना तथा कार्यक्रम हेरफेर र महत्वपूर्ण योजनाहरू प्राथमिकीकरण गरी प्रदेश र सँघिय सरकार तथा आयोग समक्ष माग गर्ने प्रस्तावहरूको विषयमा छलफल गरी पारित गरिएको छ । गाउँसभाले आन्तरिक नियन्त्रण प्रणली निर्देशिका २०७८, कृषी उपज सँकलन , प्रशोधन तथा विक्री केन्द्र सँचालन तथा ब्यवस्थापन कार्यविधी २०७८, नदीजन्य पदार्थहरुको सँकलन तथा विक्री वितरण सम्बन्धी कार्यविधी २०७८, अमानतबाट नदी जन्य पदार्थहरुको सँकलन स...

पाण्डेद्धारा शैक्षिक सामाग्री बितरण

समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीका –९ मा रहेको पाँचकन्या आधारभुत बिद्यालयमा सिमान्कृत समुदायका बिद्याथीहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको छ । राष्टीय प्रजातन्त्र पार्टीका नेता नारायणजङ्ग पाण्डेको छोरी कबीता पाण्डे लगायतले माझी समुदायका अध्ययनरत बिद्याथीहरुलाइ शैक्षिक सामाग्री बितरण गर्नुभएको हो । यस क्रममा शारदा प्रसाद चालीसे, ढकप्रसाद प्याकुरेल, दिपकराज खरेलले आफ्नो तर्फबाट नगद समेत सहयोग गर्नु भएको छ ।...

कम्युनिष्टहरुसंगको सहकार्य तत्काल तोड्नु पर्दछ –के.स.भण्डारी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
दमौली ,२९ पुस ।दमौली ,२९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कम्युनिष्टहरुसंगको सहकार्य तत्काल तोड्नुपर्ने बताउँनुभएको छ। उँहाले कम्युनिष्टहरु संगको सहकार्यले काँग्रेसलाइ फाइदा नहुने बताउँदै काँग्रेसले काम गर्ने कम्युनिष्टहरु भाषण धेरै गर्ने भएकाले काँग्रेस एक्लै ले गरेको कामको जनताले मुल्याँकन पर्ने बताउँनुभयो । उँहाले कम्युनिष्टसंगको सहकार्य जति बढायो त्यति नै काग्रेसलाई घाँटा हुने हुँदा सहकार्य तत्काल तोड्नुपर्ने के।स।भण्डारीको जिकिर रहेको छ । कम्युनिष्टहरुलाई कांग्रेसले सधै विश्वास गर्दै आएको भएपनि कांग्रेसले गर्दै आएको विश्वास माथि घात गर्ने काम कम्युनिष्टहरुबाट हँुदै आएको के।स।भण्डारीको भनाइ रहेको छ । केन्द्रीय सदस्य भण्डारीले नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ को पदस्थापना कार्यक्रममा बोल्ने क्रममा यस्तो बताँउनुभएको हो । मुलुक तीन तहको निर्वाचनको पूर्व सन्ध्यामा...

व्यापारमा चीनको असहयोगः दैनिक दुई सय ट्रक आउने नाकाबाट अहिले मुस्किलले २० वटा मात्र आउँछन्

बिजनेस, ब्रेकिङ न्युज १
लामो समयदेखि चीनसँगका दुई नाका सहज रुपमा सञ्चालनमा नआएपछि व्यवसायी र स्थानीयले नाका पूर्णरुपमा सुचारु गर्न माग गरेका छन् । चीनले अघोषित नाकाबन्दी गरेको आरोप लगाउँदै उनीहरुले नाका सुचारु गर्न दबाब दिन बुधबार राजधानीमा प्रदर्शन गरे । कोभिड सुरु भएपछि बन्द भएका केरुङ र तातोपानी नाका केही खुले पनि पूर्ण रुपमा खुलेका छैनन् । दैनिक दुई सयदेखि साढे दुई सय ट्रक सामान आयात हुने यी नाकाबाट अहिले मुस्किलले दैनिक २० वटा गाडीमात्रै भित्रिन पाएका छन् । चीनसँगको केरुङबाट दैनिक नौ ट्रक र तातोपानी नाकाबाट ११ ट्रक सामान आयात भैरहेको भन्सार कार्यालयले जनाएका छन् । आयात हुने सामानमा पनि जलविद्युतका सामान, तरकारी, फलफूल, स्याउ, लसुनलगायतका सामग्रीले प्राथमिकता पाउँछन् । जाडोका लागि ल्याएका सामान अझै आइनपुगेको व्यवसायीको गुनासो छ । चिनियाँ पक्षले कडाइ गर्दै थोरै ट्रक छाडेकाले सामान लोड भएका सयौं ट्रक चीनतर्फ...

हेलम्बुका बाढी प्रभावितलाई २५ घर हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
असार १ गते आएको बाढीका कारण हेलम्बुमा घर बगाएको २५ परिवारको लागी नयाँ घर हस्तान्तरण गरिएको छ । हेलम्बु गाउँपालिका – ४ मा आज एक कार्यक्रमका विच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उक्त घरहरु हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमकै अवसर पारेर १२५ घरपरिवारलाई कृषस् औजार केटो, कोदालोको साथै वितरण गरिएको छ । स्विर्स यक्सन सँस्थाको सहयोगमा भोलुन्टर क्रप्स नेपालले बाढी पिडीतहरुका लागी उक्त घरहरु निर्माण गसरसदएको थियो । बाढी पछी लगत्तै हेलम्बु पुग्नुभएका बस्नेतले सो ठाउँमा घरहर बनाईदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । सोही अनुरुप विभिनन सँस्थाहरुसँग समन्वय गरेर उक्त घरहर निर्माण गर्न सफल भएको बस्नेतले बताउनुभयो । भोलुन्टर क्रप्स नेपालका अध्यक्ष दिपक चापागाईले बाढीपछी तहसनहस भएको हेलम्बुमा काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।...

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

ब्रेकिङ न्युज २, समाचार
निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको छ । राष्ट्रिय सभा निर्वाचन तथा स्थानिय तहको निर्वाचनका विषयमा सहमति जुटाउन आयोगले सर्बदलिय बैठक आह्वान गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिनुभयो । उहाँका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ । उहाँले भन्नुभयो । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ ।’ बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको छ । आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे पनि बैठकमा छलफल हुन...

चौतारा साँगाचोकगढी नगरपालिकाको ११ औं नगर सभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाको ११ औं नगर सभा आज सम्पन्न भएको छ । नगर प्रमुख एवम नगर सभाका अध्यक्ष अमान सीं तामाङले पानसमा दिप प्रज्वलित गरेर नगरसभाको उद्धघाटन गर्नुभएको थियो । उपप्रमुख जानुका पराजुलीबाट स्वागत मन्तव्य राख्ने क्रममा नगरपालिकाले चालु आर्थिक वर्ष को ०७७÷७८ को सम्पादित महत्वपूर्ण कार्यक्रमहरूको चर्चा गर्नुभएको थियो । नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत फडिन्द्रप्रसाद पौड्यालले नगरपालिकाले आर्थिक वर्ष ०७८÷०७९ को हालसम्म हाँसिल गरेका मुख्य –मुख्य उपलब्धीहरुको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले चालु आर्थिक वर्ष ०७८÷०७९ मा १ अर्व २० करोड ५५ लाख ९४ हजार दुई सय दुई रुपैयाँ ४८ पैसा विनियोजन भएकोमा ४२ करोड १० लाख ५९ हजार छ सय ७७ रुपैयाँ एक पैसा अर्थात् ३४.९ प्रतिशत मात्र खर्च भएको छ । पुँजिगत तर्फ ४७ करोड १५ लाख १९ हजार एक सय विनियोजन भएको मध्ये १३ करोड ४८ ...