सम्पर्क

Author: लोकप्रिय समाचार

मेलम्चीको इन्द्रेश्वरी मावि ४८औं वर्षमा

#, समाचार
मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयले ओमिक्रोन भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अन्र्तक्रिया कार्यक्रम गरि ४८ औं वार्षिकोत्सव आईतबार मनाएको छ । अन्र्तक्रिया कार्यक्रममा उठेका विभिन्न प्रश्न तथा जिज्ञासाको पूर्व प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठ, वडा अध्यक्ष रुद्र प्रसाद दुलाल लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका शिक्षा शाखाका अधिकृत सुधिनराज बुढाथोकिले शिक्षा क्षेत्रका नितिगत कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठले श्रेष्ठले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अन्य बक्ताहरुले आधारभुत तहमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्नुपर्नेमा जोड दिएका थिए । इन्द्रमणि दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।...

एमसीसीको विरोधमा एकिकृत समाजवादीद्वारा चौतारामा विरोध प्रदर्शन

ब्रेकिङ न्युज १, राजनिती
एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी जिल्ला कमिटी र मोर्चा संगठनद्वारा चौतारामा विरोध प्रदर्शन गरिएको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै तत्काल सम्झौता खारेज गर्न माग गरेको छ । एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ भन्दै एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा एकीकृत समाजबादी का नेताहरु सुवास कर्माचमार्य, सोम सापकोटा, यज्ञ सापकोटा , ईश्वरी श्रेष्ठ , रविकुमार भण्डारी लगायतको सहभागिता रहेको थियो ।...

जनयुद्धकै झझल्को दिने जनयुद्ध दिवस – सिन्धुपाल्चोकको ग्रामिण क्षेत्रमा पनि मनाईयो

ब्रेकिङ न्युज २, राजनिती
आईतबार सिन्धुपाल्चोकका ग्रामिण क्षेत्रहरुमा जनयुद्ध दिवस मनाइँदा त्यसले जनयुद्धकै बेलाको झझल्को दिएको पाइयो । जनयुद्धका बेला जसरी तत्कालिन बिद्रोही पक्ष नारा लगाउदैँ गाँउगाँउ पुग्दथे, त्यसैको झल्को दिने गरि जनयुद्ध दिवस आईतबार नेकपा (माओेवादी केन्द्र ) का नेता कार्यकर्ता त्यहि मुद्रामा देखिए । उसो त उतिबेला बिद्रोहमा रहेका ब्यक्ति अहिले जनप्रतिनिधिका रुपमा देखिएका छन् । उनिहरुले गरेको कोणसभामा पनि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक÷शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्ने बताएका छन् । नेकपा (माओेवादी केन्द्र ) सिन्धुपाल्चोकले जिल्लाका १२ स्थानीय तहमा विविध कार्यक्रम गरि एकैसाथ २७ औं जनयुद्ध दिवस मनाएको छ । मेलम्चीमा केन्द्रीय सदस्य डिलाराम आचार्य , पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा युवराज दुलाल, लिसँखुपाखर गाउँप...

सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण थालियो

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकमा आईतबारबाट ई –पासपोर्ट (विद्युतीय राहदानी) वितरण गर्न सुरु गरिएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आईतबारबाट ई –पासपोर्ट वितरण थालेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले अनलाइनबाट आवेदन भरेका मध्य सिता रघुलाई ई–पासपोर्ट वितरण गर्नुभएको हो । अनलाईन फारम भरेको बढिमा १५ दिनमा ई–पासपोर्ट आइसक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । ई–पासपोर्ट बनिसकेका ब्यक्तिको मोवाइलमा म्यासेज आएपछि प्रशासनमा लिन जान सक्ने छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका नायव सुब्बा हरिराम न्यौपानेका अनुसार सिन्धुपाल्चोकमा अनलाइनबाट आवेदन भरेका ३४ जनाको ई–पासपोर्ट बनिसकेको छ । उहाँका अनुसार माघ ९ गतेबाट सिन्धुपाल्चोकमा पनि अनलाइनबाट ई–पास पोर्टका लागि फारम भर्न सकिने ब्यवस्था गरीएको थियो । अ...

जयनन्द लामाको ४० वर्षअघि संकलन गरेको गीत बल्ल बजारमा (भिडियोसहित)

मनोरन्जन
ख्यातिप्राप्त लोकगायक जयनन्द लामाले ४० वर्षअघि संकलन गरेको मौलिक लोकगीत गाएर सार्वजनिक गर्नुभएको छ । पाँच दशकदेखि लोक र लोकदोहोरी गीत गाउँदै आउनुभएका लामाले दुई दशक लामो अन्तरालपछि महाभारत लेकको जंगलमा याला बोलको लोकगीत हालै आफ्नै युट्यबमार्फत सार्वजनिक गर्नुभएको हो ।पछिल्लो समय विभिन्न फिल्ममा अभिनय गरी सो क्षेत्रबाट समेत लोकप्रियता कमाउँदै आउनुभएका गायक लामाकै शब्द र संगीत रहेको लोक गीत उहाँका साथमा दीपा लामाले गाउनुभएको छ । जयनन्द र दीपालाई समूह गायनमा यो गीतमा बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशिकला मोक्तान र अञ्जु थोकरले साथ दिनुभएको छ । सार्वजनिक लोकगीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ । ‘यो मैले ३०÷४० वर्षअघि नै संकलन गरेको गीत हुँ, जो पहाडी र हिमाली श्रृंखलाको बीचमा बस्ने सम्पूर्ण नेपालीको पुरानो र मौलिक परम्परागत गीत हो’ गीतका बारेमा जान...

मेलम्चीमा ठूला ढुङ्गा फेला परेकाले फुटाउन समस्या

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची खानेपानी आयोजनाले चैत्र अन्तिम सातासम्म उपत्यकामा अस्थायी रुपमा पानी ल्याउने तयारीका साथ काम गरिरहेको छ । गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा क्षति पुयाउनुका साथै सुरुङमा पनि क्षति पुर्याएको थियो । अहिले मेलम्ची नदीको मुहान सफाइको काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभएको छ । अहिले सरसफाइका क्रममा ठूला ढुँगा फेला परेकाले काममा बाधा सेजना भएको उहाँको भनाइ छ । १० दिनसम्म १२ वटा डोजर र २२ वटा ट्रिपरले काम गर्दासम्म हेडबक्स फेला नपरेको उहाँले बताउनुभयो । ‘ठूला ढुँगाहरु आएकाले काम गर्न केही कठिनाइ भएको छ । हेडबक्स फेला पार्न नै समस्या भइरहेको छ,’ उहाँले भन्नुभयो । ठूला ढुङ्गाहरु फेला परेकाले फुटाउनलाई अहिले ब्रेकर प्रयोग भइरहेको तर, ब्रेकरले नसकेपछि विस्फोटक पदार्थ प्रयोग गरेर ढुँगा फुटाउने योजना रहेको पन्तले बताउनुभयो । पुनर्न...

चौतारा अस्पतालको अध्यक्षमा कार्की

ब्रेकिङ न्युज २, स्वास्थ्य
चौतारा अस्पतालको सँचालन र ब्यवस्थापन समितिको अध्यक्षमा टँक कार्की नियुक्त हुनुभएको छ । वागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले कार्कीलाई अध्यक्षमा मनोनयन गरेको जनाएको छ । कार्की नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता समेत हुनुहुन्छ । नवनियुक्त अध्यक्ष कार्कीले चौतारा अस्पतालमा उपचार गर्न आउने विरामीलाई सन्तुष्टि प्रदान गर्ने गरी ब्यवस्थापकीय पक्ष सुधार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । कोरोना संक्रमणको तेस्रो लहर आइरहेको बेलामा संक्रमणबाट जुध्न अस्पतालले विशेष कार्ययोजना ल्याउने समेत कार्कीको भनाई छ ।...

दैनिक मेलम्चीको मुहानबाट पाँच सय टिपर गेग्रान पन्छाइँदै

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची खानेपानी आयोजनाका संरचना मर्मत गरी वैशाखसम्म काठमाडौंमा पुनः पानी ल्याउन अहिले मुहान सफाइ चलिरहेको छ । गत १ असार र १५ साउनको बाढी–पहिरोले ‘हेडवक्र्स र सुरुङ गेग्रान तथा ढुंगाले पुरिएको १४ माघदेखि दैनिक पाँच सय टिपर गेग्रान पन्छाइँदै छ । १० दिनदेखि दैनिक पाँच सय टिपरका दरले हटाइरहेका छौँ,’ मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भन्नुभयो ‘सफा गर्ने क्रममा ठूला ढुंगा पनि भेटिएका छन् । ती ढुंगा हटाउन विस्फोट नै गर्नुपर्ने अवस्था छ । जनशक्ति र स्रोत पर्याप्त मात्रामा उपलब्ध भए वैशाखसम्म पानी काठमाडौं ल्याउन सक्छौँ ।’ आयोजना पुनः सञ्चालन कार्ययोजना अन्तर्गत हेडवक्र्स क्षेत्रको सफाइ र अस्थायी क्याम्प बनाउने जिम्मा समितिलाई छ । हेडवक्र्सुम्म पुग्ने अस्थायी बाटो र पुल हेलम्बु गाउँपालिकाले निर्माण गरिसकेको छ । मेलम्ची बजारदेखि हेडवक्र्स क्षेत्र अम्बाथानसम्मको...

जनप्रतिनिधी बनेर जनताको सेवा गर्ने सोचमा युवा नेता चौलागाई

राजनिती
पछिल्लो समय सामाजिक कार्यमा सक्रीय नेकपा एमालेका सक्रिय विद्यार्थी नेता हुन दिनेश चौलागाईं । सायद यो नाम सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपालिकाका आम नागरिकले चिन्नुहुन्छ । स्थानीय तहको निर्बाचन नजिकिएसँगै उहाँ आफू पनि वडाको नेतृत्वमा आएर जनसेवक बन्ने इच्छा रहेको कुरा सामाजिक संजालमार्फत खुलाउनुभएको छ । गरिब दिनदुखीहरुलाई सहयोग गर्न , युवा साथीहरूलाई खेलकुद सामाग्री उपलब्ध गराउन , लकडाउनको समयमा खाद्यान्न अभाव बेहोरेका वडाबासिलाई खाद्यान्न उपलब्ध गराउने देखि स्थानीय तहको हरेक बिकास निर्माणको कुरामा चासो सहित सुझाव दिदै आउनुभएका चौलागाई एक बौद्धिक र शैक्षिक बर्गका ब्यक्ती हुनुहुन्छ । पुर्ब माओवादी लाइनबाट नेकपा एमाले आउनुभएका विद्यार्थी नेता चौलागाईं नेकपा एमाले इन्द्रावती गाउपालिका वडा ८ को पदाधिकारी समेत हुनुहुन्छ । उहाँमा विभिन्न सँघसँस्थामा काम गरेको अनुभव रहेको छ । हाल उहाँ नेपाल चार...

नेपाली काँग्रेस क्षेत्र नम्बर २ को पूर्ण वैठक , १० एजेन्डा प्रस्तुत , स्थानिय तहको चुनावलाई प्राथमिकता

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ क्षेत्रिय कार्यसमितिको पूर्ण वैठक मेलम्चीमा सम्पन्न भएको छ । क्षेत्रिय सभापति आईतमान तामाङको सभापतित्वमा भएको बैठकमा स्थानिय तहको चुनाबलाई मुख्य प्राथमिकतामा राखेर छलफल गरिएको थियो । वैठकमा सभापति तामाङले १० वटा एजेन्डाहरु प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष मनोनयन, स्थानिय तह निर्वाचन, सुचना तथा सञ्चार, प्रेश शाखा , क्षेत्रिय कार्यसमितिको डायरी निर्माण गर्ने ( जिल्ला देखी वडा तहसम्मको सबै पदाधिकारीहरुको विवरण समावेश) , स्थानिय तह चुनावी घोषणपत्र तयार गर्ने , रिक्त पदपुर्ती सम्बन्धमा लगायत १० एजेन्डाहरु बैठकमा प्रस्तुत भएका थिए । सभापति तामाङको शिफारिसमा ३ वडा एजेन्डाहरु पास भएका छन् । जसअन्र्तगत सुरज सिग्देललाई क्षेत्रिय कोषध्यक्षमा मनोनित गरिएको छ । त्यसैगरी सुचना , सञ्चारतथा प्रकाशन समितिको सँयोजकमा भरत खड्का र घोषणापत्र निर्माण स...