सेना दिवसको अवसर पारेर दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस हुने
सिन्धुपाल्चोकमा रहेको नेपाली सेनाको गोरखबक्स गण र भोटेकोशी गाउँपालिकाको आयोजनामा दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड प्रतियोगीता सञ्चालन हुने भएको छ । सेना दिवस २०७८ को अवसरमा ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले गत वर्षदेखि ट्रेल रेस दौड प्रतियोगीताको आयोजना सुरु गरेको थियो ।
त्यसैको निरन्तरता स्वरुप यो वर्ष पनि प्रतियोगीता सञ्चालन गर्न लागेको नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
भोटेकोशी गाउँपालिकाको सुख्खा बन्दरगाहा देखि लिस्ती हुदै दुगुनागढी सम्म साढे २४ किलोमिटर लामो दौड प्रतियोगीता हुने छ । गत वर्ष २१ किलोमिटर मात्रै दौड भएको थियो यो वर्ष भने केही किलोमिटर बढाइएको नेपाली सेनाले जानकारी दिएको छ । । लामो ट्रेल रेस प्रतियोगीता सम्पन्न गरेको हो । सिन्धुपाल्चोकको ऐतिहासिक लिस्तीमाइ र दुगानागढीको संरक्षण र प्रचार...
