सम्पर्क

Author: लोकप्रिय समाचार

वंशलाल तामाङको प्रतिवद्वता, सरकार कांग्रेसको – सेवा जनताको

ब्रेकिङ न्युज २, राजनिती
सन्तोष सिग्देल नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतीका उमेदवार वंशलाल तामाङले ७ प्रतिबद्वता ब्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत प्रतिवद्वताहरू व्यक्त गर्नुभएको हो । सरकार नेपाली कांग्रेसको, सेवा जनताको भन्ने प्रतिवद्वताका साथ उमेदवारी घोषणा गरेको तामाङले बताउनुभयो । तामाङको प्रतिवद्वतामा विधानको पुर्ण पालना, अग्रजलाई सम्मान, विचार प्रधान पार्टी – नीति प्रधान नेतृत्व जस्ता लोकप्रिय विषयहरू समावेश भएका छन । तामाङले प्रस्तुत गरेको ७ प्रतिवद्वताहरूमा विधानको पूर्ण पलना र सुदृढ संगठन ,व्यवस्थित कार्यालय गतिशील कांग्रेस , अग्रजलाई सम्मान युवालाई अवसर , सरकार कांग्रेसको – सेवा जनताको , संगठित, सक्रिय बलियो भातृ संस्था , विचार प्रधान पार्टी, नीति प्रधान नेतृत्व ७) विपदको साथी – नेपाली कांग्रेस पार्टी रहेका छन् । तामाङले आफ्नो पुरै जीवन जनतामा समर्पित भएको बताउनुभएको छ । ...

इन्द्रावती गाउँपालिकामा ५० प्रतिशत काम सम्पन्न, आज एकैदिन भयो ८ योजनाको अनुगमन

ब्रेकिङ न्युज १, समाचार
 इन्द्रावती गाउँपालिकाले आज विभिन्न योजनाहरूको अनुगमन गरेको छ । गाउँपालिकाको वडा नं ९,१०, ११ र १२ का ८ वटा योजनाहरूको अनुगमन भएको हो । अनुगमनको क्रममा वडा नं ९ को २ वटा योजनाको अनुगमन भएको छ । भोटसिपामा रहेको ऐतिहासीक रानी ओडारको संरक्षण र प्रवर्द्वनको काम भईरहेको छ । यस बर्ष १८० मिटरको सिँडी निर्माणको लागि गाउँपालिका बाट ४० लाख बजेट बिनियोजन भएको छ । इन्द्रावती ९ मै १३ घरधुरी लाभान्वित हुनेगरी अमले पदमार्ग निर्माण भएको वडा अध्यक्ष बाबुराम लामाले जानकारी दिनुभयो । यस्तै वडा नं १० को बुढीचौर बस्ती बिकास आयोजना र धारापानी पर्खाल निर्माण आयोजनाको काम समेत अनुगमन भएको इन्जिनियर राजाराम घोरासैनीले जानकारी दिनुभयो । वडा नं १० कै महादेवटार सिंचाई आयोजनाको पनि अनुगमन सम्पन्न भएको छ । महादेबटारमा ५६७ मिटर लामो सिंचाई कुलो बनेको हो । २० लाख रूपैयाँमा सम्पन्न भएको योजनाले ७५ घरधुरी लाभान्वित हुने र ३...

लिसंखुपाखरका प्रप्रअलाइ बिदाइ

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला लिसँखुपाखर गाउँ पालीका का प्रमुख प्रशासकीय अधीकृत पुर्ण प्रसाद दुलाल लाइ बिदाइ गरिएको छ । गाँउपालीकामा करिब साँढे तीन बर्ष (३.५ बर्ष ) प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारिमा रहि हिजो पागुन १६ बाट हाललाई सँघिय मामिला तथा सामान्य मँन्त्रालका लागि रमाना लियर जाने क्रममा बिदाइ गरिएको हो । लिसँखुपाखर गा पा को प्रप्रअ को जिम्मेवारीमा रहेर काम गर्दा पालीकाका को सिर उच्च रहने गरि काम गरेको भए पनी कर्मचारी सरुवा बढुवा नियमित प्रकृया भएको हुँदा कर्मचारीका आवत जावत भइ नै रहने पालीकाका अध्यक्ष कमल नेपालले बताउँनु भएको छ । उँहाको कार्यले जिल्लामा लिसंखुपाखर मात्र होइन सिन्धुपाल्चोककै बिकासमा ठुलो सहयोग पुगेको जिल्ला सम्मन्वय समितकिा प्रमुख केष्ण गोपाल तामाङ्गले बताउँनु भयो । उँहाले जिम्मेवारीको रुपमा जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारी र कोभिड माहामारीमा समयमा क्षेत्रिय आ...

एमाले चौताराको अध्यक्ष श्रेष्ठ माथी कार्बाही

राजनिती, समाचार
सिन्धुपालचोक ,नेकपा एमाले चैतारा साँगाचोकगढी नगर कमिटीका अध्यक्ष खिलबहादुर श्रेष्ट लाइ अध्यक्ष बाट हटाइएको समाचार प्राप्त भएको छ । सचिब शुक्रराज प्याकुरेल द्धारा जारी पत्रमा यस्तो जनाइएको छ ।

पाँचपोखरीमा सहयोगीहरु बाट कार्यालय प्रमुखको मूल्यांकन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सगुन बस्नेत ,सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा कर्मचारीहरुको अन्तरमूल्यांकन गर्ने नयाँ आयामको शुरुवात भएको छ । सो पालिकाले पालिका भरीका सवै विद्यालयका कर्मचारी , प्र.अ. तथा शिक्षक , वडामा रहेका वडा कार्यालय तथा सवै सरकारी निकायमा कार्यरत कर्मचारी र गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरु सम्वन्धित निकायमा कार्यरत सवैले सवैको मूल्यांकन गरी त्यसबाट उत्कृष्ट ठहरिने कर्मचारीलाई पुरस्कृत गर्ने प्रयोजनको लागि शिक्षक तथा कर्मचारी पुरस्कृत गर्ने मापदण्ड निर्माण गरी मूल्यांकको कार्य प्रारम्भ गरेको छ । यस क्रममा मूल्यांकनबाट पुरस्कृत हुनको लागि कम्तीमा दुई देखि तीन चरणबाट उत्कृष्ट ठहरिनु पर्ने हुन्छ । फागुन १६ गते गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश कुमार पोखरेलले आफू मातहतका कार्यालय सहयोगी समेत सवै कर्मचारीहरुबाट गत आ.व. को अन्तिम सम्ममा कार्यरत रहेका र...

प्याकुरेल नगर सचिव वाट निष्काशित

राजनिती, समाचार
नेकपा एमालको नगर सचिब प्याकुरेल िनलम्बित नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चौतारा साँगाचोकगढी नगर कमिटीको सचिव शुक्रराज प्याकरेललाई नगर सचिब बाट हटाई साधरण सदस्या समेत बाट निलम्बन गरि कार्वाही गरेको छ । नगर सचिव प्याकुरेललाई २०७८ फागुन १० गते बैठक को निर्णय अनुसार सोधिएको स्पष्टिकरण पत्र र लेखिपठाएको पत्रको बारेमा समेत छलफल गर्दा पाटिको सचिब पदबाटहटाईयको जनाउदै पार्टीको नेताहरुलाई निरन्तर अनादर र अभद्र रुपमा आफ्नो अभिब्यक्ति दिदै हडेको भन्दै कार्वाही गरेको नगर अध्यक्ष खिलबहादुर अध्यक्षद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अनाधिकृतन रुपमा पार्टीको लेटरप्याड प्रयोग गर्दै जिज्ञासा भन्दै खिसिटेउरी भाष प्रयोग गरेको र त्यस पत्रमा नेतृत्वलाई अझै अभद्र र अनदार अभिब्यक्ती दिएकाले कार्वाही गरेको जनाईएको छ ।बिज्ञेप्तिमा सचिब पद बाट हटाउदै दुई बर्षकम लागि साधरणा सदस्यबाट स...

आदिवासी जनजाति महिला उत्थान केन्द्रद्धारा ईर्खुमा एक दिने कानुनी सचेतनामुलक कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ८ ईर्खुमा एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ ईर्खु को आर्थिक सहयोग र आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा एक दिने कानुनी सचेतना कार्यक्रम सोमबार आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता निमा घिमिरेको प्रमुख आतिथ्यता, अतिथि नेपालबार एसोशियसनका अध्यक्ष भुपेन्द्र थिङ्ग तामाङ्ग इर्खु स्वास्थ्य चौकीका इन्चार्ज सविन श्रेष्ठ, श्री इर्खु मा.विका शिक्षक यज्ञ नाथ दंगाल, हेलम्बु एफ एमका स्टेशन म्यानेजर नेम्लिङ्ग लामा, रिन्जिन लामा, सृजना वि.क, लगाएत किशोर किशोरी समुहका संयोजक स्वयमसेवक,अभिभावकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सरकारवादी मुद्दा, व...

हेलम्बुका युबाहरु नेकपा(एमाले) प्रबेश

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका एक दर्जन युबाहरु रामचन्द्र कालिराजको नेतृत्वमा बिभिन्न पार्टि परित्याग गरि नेकपा(एमाले) प्रबेश गरेका छन् । अन्य प्रबेसिहरुमा बिनोद दर्नाल,राजकुमार बि.क.,दावा लामा,दावा दोर्जे लामा लगायत रहेका छन । आफुहरु संलग्न नेपाली कांग्रेस र नेकपा(माओवादी )ले हेलम्बु गाउँपालिकामा बिकास निर्माणमा कुनै ध्यान नदिएर भ्रष्टाचारमा लिप्त भएको र राष्ट्रघाती एमसिसि सम्धि संसदबाट अनुमोदन गराएकोले आफुहरु राष्ट्रबादि नेता कमरेड केपि ओलिले नेतृत्व गर्नु भएकोको पार्टि नेकपा(एमाले) प्रबेश गरेको नव प्रबेसिहरुले बताए । सो प्रबेश कार्यको संयोजन नेकपा(एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटि सचिबालय एबम हेलम्बु गाउँपालिका सह ईन्चार्ज दावा लामा ह्योल्मोले गर्नु भएको थियो । बौद्धमा भएको सो पार्टि प्रबेश कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटि सचिबालय सदस्य एबम हेलम्बु इन...

एकहुल बुँख्याचाहरु !

साहित्य
पूर्णप्रसाद श्रेष्ठ ‘साहस’ जनावरलाई तर्साउँन, वालीनाली जोगाउँन, खेतका गरा र वारीका सुर्काहरुमा किसानहरुले बुँख्याचा उभ्याए झैं, यहाँपनि देखें एकहुल बुँख्याचाहरु ! बोल्दैन बुँख्याचा, तर ब्याख्या गर्छ ! जाडो हुँदैन यसलाई, तर कपडा लगाउँछ । चल्दैन बुँख्याचा, तर चलायामान छ यो ! गधाहरु त डराउँदा हुन् तर बाघ र सिंहहरु सुंघ्ने क्षमता भएकाहरु, कोहि डराउँदैनन् बुँख्याचासँग ! काग गिद्ध र चीलहरुले बुँख्याचा माथि बिष्ट्याएको देखेको छु । हो, हामीले घरालो ठानेकाहरु देशको गोठालो मानेकाहरु सबैजना बुँख्याचा हुन् । सोझा किसान हामी, हाम्रा जमीनमा उभ्याइएका, बुँख्याचा भनी ठड्याइएका, सबैका एकैमतले हाम्रा जमीन बेचिसके ! आफ्नो काम फत्ते गरेपछि, हाम्रै खेतवारी परायको बनाउँदै निस्कँदै छन् एकहुल बुँख्याचाहरु !...

राप्रपा सिन्धुपाल्चोकद्धारा निम्न ब्यक्तिहरुलाई जिम्मेवारी तोकियो

राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोककोे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाको अध्यक्षतामा र केन्द्रीय सदस्य एष्मिन ढुङ्गनाको विशेष उपस्थितिमा चौतारामा बसेको बैठकले शंकर कार्किलाई राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला सँयोजकको जिम्मेवारी दिईएको छ । त्यसैगरी जिल्ला कार्यसमितिको कार्यालयमा सि सि क्यामेरा जोड्नका लागि प्रकाश देउजालाई जिम्मेवारी दिईएको छ । वैठकले जिल्ला कार्यसमिति सदस्यमा ११ जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरुमा दिपेन्द्र थापा, दलबहादुर श्रेष्ठ, फडिन्द्र प्रसाद दाहाल, राजन धिताल, यज्ञेन्द्र सिग्देल, प्रविन तामाङ, देवी लामिछाने, पदम दोर्जे तामाङ, जुना पौडेल र कामी तामाङ रहनुभएको छ । पछिल्लो समय राप्रपा सिन्धुपाल्चोकले जिल्लाभर स्थानिय निर्वाचनलाई ध्यान दियर विविध कार्यक्रम गरिरहेको छ ।...