सम्पर्क

एनसिसि बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लक्ष्मण बिष्ट
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमको आयोजना गरी बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । चौतारा सागाँचोकगढी नगरपालिका ७ सानोसिरुवारी स्थित सिद्धिगणेश माध्यामिक बिद्यालयमा स्थानियहरुसँग बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रशिक्षक एवं नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले पहिलो चरणमा बचतको ऋण लिने कारणहरु,बजेट ,बिमाको महत्व बैंक तथा कार्यक्रमका बिषयमा प्रस्ट पार्दै बैंकका सेवाहरुका बारेमा जानकारी दिनुभयो । दोश्रो सत्रमा सोही बैंकका मार्केटिङ अफिसर बिबेक राजकणिकारले बैंकको इतिहास बताउदै बित्तीय साक्षरता तर्फ अग्रसर बन्नु पर्ने कुरामा जोड दिदै बैंकका दिरहेको सेवासुबिधा सम्बन्धी जानकारी गराउनुभयो । अहिले बैंकले पाँच लाख सम्मको दुर्घटना बिमा,दुइ लाख सम्मको घातक रोग बिमा र दश हजार सम्मको औषधि उपचार बिमा सुबिधा दिदै आएको छ । उक्त कार्यक्रममा सहभागिहरुले बित्तीय साक्षरता सम्बन्धि बचत,ऋण,बिमा,शेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गर्नुभयो । बैंकका शाखा प्रबन्धक सम्पुर्ण गिरिले अहिले चौतारा शाखाले १० हजार औषधि बिमा सुबिधा २८ जना सदस्यहरुलाइ दिएको कुरामा जोड दिदै बैंकिङ क्षेत्रमा के कारणले समस्या उत्पन्न हुन्छन भन्ने बिषयमा जानकारी गराउनुका साथै सम्पूर्ण सहभागीलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।