सम्पर्क

Author: लोकप्रिय समाचार

ईन्द्रावती ३ मा भिमसेन थापा विजयी

समाचार
ईन्द्रावती गाउँपालिका वडा नं. ३ मा नेकपा एमाले तर्फबाट भिमसेन थापाले विजय हात पारेको छ । उहाँले ४०३ मत ल्याएर विजयी हुनुभयो भने उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवारले ३४९ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले २१२ मत प्राप्त गरेका छन । नेकपा एमाले थापाको प्यानलनै विजयी भएको छ ।...

१ मतको अन्तरले जुगल २ मा चन्द्रकाजी विजयी

समाचार
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १ मतको अन्तरले अध्यक्ष पदमा हार जित भएको हो । एमालेका चन्द्रकाजी लामा ६०८ मत ल्याउँदै विजयी भएको छ । उहाँका  प्रतिद्वन्द्वी प्रताप लामाले ६०७ मतमै चित्त बुझाउनु भएको छ ।

चौतारा सागाँचोकगढी ३ वडाको मतपरिणाम सार्वजनीक बाकि वडाको मतगणना जारी

ब्रेकिङ न्युज २, समाचार
हामीलाई प्राप्त मतगणनाको परिणाम अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ मा नेकपा एकीकृत समाजवादीले विजयी हासिल गरेको छ । समाजवादीका उम्मेदवार युवलाल श्रेष्ठ विजयी भएका हन् । उहाँले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सानुकान्छा श्रेष्ठलाई २३ मतले पछि पारे । ६६८ मत ल्याएर विजयी श्रेष्ठ बन्नुभयो । चौतारा सागाचोकगढी नगरपालिका २ मा नेकपा एमालेबाट सुदिप श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी चौतारा साँगाचोकगढि नगरपालिकाको नेकपा एमालेबाट वडा नं ३ का वडाध्यक्ष उम्मेदवार टेकबहादुर तामाङको प्यानलनै विजयी भएको छ । ३ नं. वडाले नगरकै पहिलो जित निकालेका हुन् । तामाङले ५५४ मत ल्याएर विजयी भएका छन् भने तामाङका प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वारले दिपक कटुवालले ५१९ र माओवादी केन्द्रका उम्मेद्वार रामकुमार तामाङले ४०६ मत प्राप्त गरेका छन् । तामाङ अघिल्लो निर्वाचनमा समेत सोही वडामा विजयी हुनुभएको ...

पेट्रोल मूल्य १७० पुग्योे

ब्रेकिङ न्युज २, समाचार
स्थानीय निवार्चन सकिएको भोलिपल्टै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः १७० र १५३÷१५३ कायम गरिएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ । निगमले शनिबार जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा रु २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ रु १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ रु ६४ रुपैयाँ ६९ पैसा न...

सिन्धुपाल्चोकमा ७वडाको नतीजा प्राप्त

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोकजिल्लाकोअहीले सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम अनुसार सिन्धुपाल्चोकमा ७ जना वडा अध्यक्षका उम्मेद्वार विजयी हुनुभएको छ् । हामीलाइ प्राप्त समाचार अनुसार जिल्लाको निर्बाचन क्षेत्र नं १को त्रिपुरासुन्दरी गाउँपालिकावडा नं १ मा नेपाली काकांग्रेसका उम्मेदवार सीताराम थापाको प्यानल विजयी भएका छन् । एमाले र माओवादी गठबन्धनका हरेराम तिमल्सिनालाई ५८ मतले पछि पार्दै थापाले ३३४ मत ल्याई विजयी हुनुभएको स्थानीय स्थानीय संचारकर्मी पृथ्वीजंग पाण्डेले जानकारी दिनुभएको छ । एमालेका २७८ मत ल्याएर पराजित हुनुभएकोछ ।बाह्रविसे नगरपालिका वडा न १ र २, जुगल गाउँपालिका वडा न १, त्रिपुरासुन्दरी को वडा नं १ र हेलम्बु गाउँपालिका वडा न १ र ७का वडा अध्यक्षका उम्मेद्वारहरु विजयी हुनुभएका हुन् । जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबीसे नगरपालिका वडा न १ बाट नेपाली काँग्रेसका आङदो...

मेलम्ची मतगणना राति ९ः०० बजेबाट हुने

ब्रेकिङ न्युज १, समाचार
स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । सिन्धुपाल्चोकको विभिन्न स्थानिय तहको मतगणना जारी रहेको अवस्थामा मेलम्ची नगरपालिकामा आन्तरिक विवादका कारण मतगणना अझै सुरु हुन सकेको छैन । मेलम्ची नगरपालिका ९ ज्यामिरेमा शुक्रबार मतदानको समयमा कांग्रसले एकलौटि गरेर मतदान गरेको भन्दै एमालेले आपत्ति जनाउदै मतपेटिका उठाउँदा हस्ताक्षर नगरेपछि सहमति हुन नसकेको हो । शनिबार बसेको सर्वदलिय बैठकमा सहमति हुननसकेपछि मतगणना अनिश्चित बनेको हो । मतगणना शनिबार ९ः०० बजेबाट शुरु गर्ने गरी सर्वदलीय बैठकबाट सहमति जुटेको छ ।...

सिन्धुपाल्चोकमा७१.७०प्रतिशतले मतदान गरे

ब्रेकिङ न्युज १, राजनिती, समाचार
जिल्ला निर्बचान कार्यलय सिन्धुपाल्चोकका अनुसार ७१.७०प्रतिशत मत खशेको जनाएको छ । जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालीकामा ७२.३७प्रतीशत मत खशेको छ । प्रतिशतको आधारमा जिल्लामा सबै भन्दा बढी त्रिपुरा सुन्दरी गाँउपालीकामा ७७.३८ प्रतिशत मत खशेको छ भने सबै भन्दा कम हेलम्बुमा ६४.७० प्रतिशत मत खशेको छ । यसको जानकारी सँँगै सिन्धुपाल्चोक जिल्ला निर्बाचन कार्यलयले सिन्धुपाल्चोक जिल्लाका सबै १२ वटा स्थानीय तहमा स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते मतदानको कार्य सम्पन्न भएको जनाएको छ । समग्रमा ७१.७० प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क अनुसार यो उपस्थिति राम्रो हो भनेको छ ।आयोगले मतदान कार्यक्रममा उच्च मनोवलका साथ सहयोग गर्नुहुने सबै मतदाताहरु, राजनीतिक दलहरु एवं नेतागण, उमेद्वारहरु, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु, मतदान अधिकृत र सबै अङ्गका प्रमुख तथा सुरक्षाकर्मी...

बह्र्बिसेबाट काँग्रेसको बिजय शुरु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लामा भएको मत गणना अनुसार बाह्र् बिसे नगरपालकिा वडा १मा नेपाली कांग्रेसका आङदोर्जे शेर्पाको प्यानल नै विजयी भएको छ । उक्त वडा बाट नेपाली काँग्रेसको वडा अध्यक्ष शेर्पाले ४१५ मत ल्याउँनु भएको थियो भने नेकपा एमालेका वडाअध्यक्षले २३९मत ल्याउँनु भएको जानकारी प्राप्त भएको छ । यस्र गरी नेपाली काँग्रेसको नगर प्रमुखमा ३९५र उप प्रमुखमा ४०२ मत प्राप्त भएको छ भने नेकपा एमालेको प्रमुखमा २२७ र उप प्रमुखमा २२७ मत प्राप्त भउको जानकारी प्राप्त भएको छ । जिल्लाको ३१६ वटै मतदान केन्द्रमा मतदान सकिए पछी निर्बाचन परिणाम आउँन शुरु गरेको हो । ज अनुमानीत ७३प्रतिशत मत खशेको सिन्धुपाल्चोकमा सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको थियो । प्रमुख जिल्ला अधिकारी सहीतको सुरक्षाको टोली हरेक मतदान केन्द्रमा गएर मतादाताहरुको मानोबल बढाउँनुका साथै मतदातालाइ आफुहरु सुरक्षित रहेको महशुस गराएका थिए ।...

निर्बाचन सम्पन्न आयोगद्धारा धन्यबाद

ब्रेकिङ न्युज २, समाचार
शुक्रबार भएको स्थानीय तहको निर्बाचन छिटफुट घटना बाहेक प्राय शान्त पुर्ण ढङ्गबाट निर्बाचन सम्पन्न भएको छ । निर्बाचन आयोग द्धारा जारी गरिएको बिज्ञेप्ती अनुसार ६४प्रतिशत मत खशेको छ भने १६ जिल्लाको २८पालीकाको ४३मतदान स्थलका ७७मतदान केन्द्रमा केही बिबादका कारण मतदान स्थगित भएको जनाएको छ । स्थगित भएका मतदान केन्द्रहरुमा निर्बाचान आयोगले छिट्टै निर्बाचन सम्पन्न गराउँने भएको छ । निर्बाचन आयोगले निर्बाचनमा खटीएका कर्मचारी सुरक्षा निकाय राजनिती दल तथा मतदाता सबैमा बिशेष धन्यबाद समेत दिएको छ ।...

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

ब्रेकिङ न्युज १, समाचार
शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्न कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने बुधबार विज्ञप्ति प्रकाशन गरि जानकारी दिएको हो । ‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकीन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइ सकिएको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।...