पाइलैपिच्छे आलोचना गर्नुभन्दा शिक्षा सुधार्न सामूहिक प्रयत्न गरौं ः शिक्षामन्त्री पौडेल
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचना भन्दा सामूहिक प्रत्यन आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित “विद्यालय तह परीक्षाको नतिजा –वर्तमान अवस्था र भावी कार्यदिशा” छलफलमा मन्त्री पौडेलले सामूहिक प्रत्यनबाट शिक्षामा सुधार हुने बताउनुभयो ।
“पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिदैन,” उहाँले भन्नुभयो, “प्रध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा सुधार हुन्छ ।”
बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उहाँको भनाइ रहेको छ ।
विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्रावधिक तथा व्यवसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञहरुको सुझाव आवश्यक रहेको ...
