कालोबजारी नियन्त्रणका लागि प्रधानमन्त्रीलाई ज्ञापन
चाडपर्व भित्रिएसंगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली उपभोत्ता संरक्षण महासंघका अध्यक्ष चन्द साउदको नेतृत्वको टोलीले आईतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौं प्रजिअ घनश्याम उपाध्याय मार्फत प्रधानमन्त्री शेरबहादुरलाई ज्ञापनपत्र बुझाएको हो । देशमा ठूला ठूला राजनितीक परिवर्तन भए पनि देशमा राजनितिक नेता तथा मुट्ठीभर व्यवसायी वाहेक आम नेपाली उपभोक्ताका जीवनस्तरमा समय सापेक्ष परिवर्तन नसकेको भन्दै महासंघले कालोबजारी, भ्रष्टाचार, कुशासन, गुणस्तरहिन सेवा अखाद्य–विषादी खाद्य पदार्थले आम उपभोक्ताको स्वस्थ बाँच्ने र स्वच्छ प्रतिस्पर्धा गर्न पाउने संबैधानिक अधिकार समेत हननु् भएकोले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जनाएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याले महासंघले उठाएको माग जायज भएको भन्दै ...
