चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औं नगरसभा सम्पन्न
चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औ नगरसभा बिहिबार सम्पन्न भएको छ । बिहिबार सम्पन्न १३ औं नगरसभामा उपप्रमुख सिता थापाले आ.व २०७९।०८० को श्रावण देखि पौष २७ गतेसम्मको अर्धबार्षीक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताउनुभयो । उहाँले आगामी वर्षदेखि बैज्ञानिक र बस्तुवादि योजना निमार्ण गरी कार्यान्वयन गर्नुका साथै तल्लो तहमा रहेका वर्गलाई समेट्ने गरी स्वास्थ्यको क्षेत्रमा कार्यक्रम सुरु गरेको बताउनुभयो । विशेषगरी शिक्षाको क्षेत्रमा सुधारको अभियान थालनी गरेको तर निर्णय गरेर कार्यान्वय गर्न बाँकि रहेको समेत उल्लेख गर्नुभयो ।
नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरपालिका उपप्रमुख सीता थापा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसी १४ वटै वडाका अध्...
