स्वास्थ्य नै जिवनको धन हो ः मन्त्री दुलाल
नेत्र बहादुर बस्नेत
स्वास्थ्य नै जिवनको धन हो । मानिसले बिहान चाँडै उठेर केही समय ध्यान गर्ने र ब्यायाम गर्ने हो भने शरिर स्वस्थ र फुर्तीलो हुने बागमती प्रदेशका भौतिक तथा पुर्बधार बिकास मन्त्री युवराज दुलाल (शरद) ले बताउँनु भएको छ । उहाँले सिन्धुपाल्चोक जिल्लाको समाजसेवी राम बहादुर कार्की र श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्यनरत बिज्ञान बिषयमा उत्कृष्ट छात्रा गरिमा थापालाई सम्मान गर्दै यस्तो बताउँनु भएको हो । सो अवसरमा मन्त्री दुलालले शरिरलाई फुर्तीलो बनाउँनका लागी ध्यान, व्यायम अती महत्वपुर्ण रहेको शिक्षा आफुले पाएको र सोही अनुसार गर्दा आफु फुर्तीलो भएको बताउँदै माधवलाल कर्मचार्य र रामबहादुर कार्कीबाट सिकेका शिक्षावाट आफुलाई राम्रो भएको बताउँनु भयो । उहाले अरनिको होटलमा माधवलाल कर्मचार्य शैक्षिक छात्रवृत्ति कोषद्धारा गरिएको सम्मान कार्यक्रका सहभागीहरुलाई सम्बोधन ...
