सम्पर्क

Author: लोकप्रिय समाचार

नगर प्रमुख बस्नेतद्धारा थामी परिबारलाइ सहयोग

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगर पालिकाका नगर प्रमुख बाल कृष्ण बस्नेत द्धारा सुत्केरीमहीलाको निधनमा दुख ब्यक्त गर्नु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा न ४ नयाँ बस्ति निबासी २ महिनाको सुत्केरी महिला कविता थामि लाइ रुघा खोकी लागेर बेहोस भए पछी किस्टोन अस्पताल बाह्र्बिसेमा उपचारका क्रममा निधन भएको थियो । नगर प्रमुख बस्नेतले मृतकको थामी प्रती श्रदान्जली ब्यक्त गर्दै मृतककोे परिबारलाइ तत्काल किरिया खर्चबापत आफ्नो ब्यक्तिगतरू ३९०००÷– नगद प्रदान गर्नु भएको छ । उँहाले उक्त २ महिनाको बच्चाको लागि पौष्टिक आहार बापत नगरपालिका बाट २ बर्ष सम्म महिनाको रू ५०००÷–को दरले उपलब्ध गराउने र बच्चाको पठन पाठनका लागी नगरपालिका बाट टनत्रबृती समेतको ब्यवस्था मिलाइदिने बताउँनुभएको छ । नगर प्रमुख बस्नेतले यस अघी पनी यसरी आपतमा परेकाहरुलाइ ब्यक्तीगत रुपमा सहयोग गर्दे आउँनु भएको छ ।  ...

भोटेकोशीमा बिपद ब्यवस्थापन सम्बन्धी छलफल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती, प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यका विषयमा एक बृहत छलफल भएको छ । v6   v3   भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासङ नुर्बु शेर्पाको अध्यक्षतामा युरोपेली युनीयनको आर्थिक सहयोग पिपुल इन निड, सेभ द चिल्डेन इन्टरन्यासनल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र स्कट वील्सन नेपालको संयुक्त पहलमा भोटेकोशी गाउँपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा भएका असल अभ्यास, चुनौती र आगामी प्राथमिकताका विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । तातोपानी स्थित होटल स्मल हेभेनमा भएको कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको का...

लैंगिक हिंसा विरूद्व ज्यामिरेमा विविध कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
रूपक पुरी लैंगिक हिंसा विरूद्वकाे १६ दिने अभियान अन्तर्गत मेलम्ची नगरपालिका - ९ ज्यामिरेमा विधिध कार्यक्रम गरिएकाे छ । वडा शिक्षा समितिकाे अायाेजनामा भएको कार्यक्रममा प्रमुख अातिथ्यता ग्रहण गर्दै मेलम्ची नगरपालिकाका मेयर अाईतमान तामाङले लैंगिक हिंसा अन्त्यका लागि सबैले अा- अाफ्नाे घरवाट अभियानकाे सुरूवात गर्न अाग्रह गर्नुभयाे । कार्यक्रममा विद्यालयस्तरीय नाटक प्रदर्शन तथा अामा समुहको साँस्कृतिक प्रतियोगिता गरिएको थियाे । विद्यालयस्तरिय नाटक प्रतियाेगितामा जनता मावि प्रथम, सातकन्या मावि द्वितिय , गाेल्मेश्वरी अाधारभूत विद्यालयले सान्त्वना स्थान प्राप्त गरेका छन् । अामा समूहकाे साँस्कृतिक प्रतियाेगितातर्फ जनता मावि प्रथम, सातकन्या मावि द्वितिय र रक्तकाली प्राविले तृतिय स्थान हात पार्न सफल भए । कार्यक्रममा वडा अध्यक्ष किरणदिप खड्का, पूर्व वडाअध्यक्ष कमल बहादुर खड्का, जनता माविका प्रधानाध्या...

काँग्रेस १ क्षेत्रीयबैठक कवर्डहल बाह्र्बिसेमा

राजनिती, समाचार
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नः१ क्षेत्रीय कार्य समितिको बैठक बाह्र्बिसेको कवडहलमा बस्ने भएको छ । १नं क्षेत्रीय उपसभापती देबेन्द्र खड्काका अनुसार निर्वाचन सकिए पछी मङ्सिर २१ गते बुधबार बिहान ११ बजे केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नः२ बाट निर्वाचित सासद माननीय मोहन बहादुर बस्नेत को प्रमुख आतिथ्यमा बैठक बस्न लागेको हो । बाह्र्बिसे कबड हलमा बस्ने बैठकमा क्षेत्र नः१ भित्रका महासमिति सदस्य हरु,महाधिवेशन प्रतिनिधिहरु क्षेत्रीय कार्यसमिति का सबै, क्षेत्र नः१ बाट जिल्ला कार्यसमिति मा प्रतिनिधित्व गर्नुहुने सबै पदाधिकारि तथा सदस्य हरु,प्रदेश क र ख कार्यसमिति का सबै पदाधिकारी तथा सदस्य र प्रदेश प्रतिनिधिहरु,नगर÷गाउँ पालिका का सभापति र कार्य समितिको सम्पुर्ण पदाधिकारी तथा सदस्य हरु,सम्पुर्ण इकाई सभापति हरु,क्षेत्रीय प्रतिनिधि हरु,निर्वाचित गाउँ÷नगर प्रमुख÷उपप्रमुख÷वडा अध्यक्ष÷वडा ...

भेटेकोशी १६ दिने अभियान झिर्पुबाटशुरु

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  भेटेकोशी गाँउपालिकाले लैंगिक हिंसाको विरुद्धको १६ दिने अभियान झिर्पू माध्यमिक बिधालय बाट सुरुवात गरेको छ । भोटेकोशी गाउँपालिकाले पहिलो दिन गाउँपलिका उपाध्यक्ष श्री दिछेन शेर्पाको अध्यक्षतामा यो कार्यक्रमको शुरुवात गरेको हो । यो कार्यक्रम पालिकाका विभिन्न वडा तथा बिद्यालयहरुमा यो अभियान संचालन गरिने भएको प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर बस्नेतले जानकारी दिनु भयो ।...

सुनकोकोशीले मनायो स्वयमसेविका दिवश

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
  ’महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित सोमबार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइँएको छ।यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्ला महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सुनकोसी गाँउपालिकामा पनी बिशेष कार्यक्रम आयोजना गरिएको छ सुनकोसी गाँउपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाको प्रमुख अतिथ्यतामा र उपाध्यक्ष कान्छिमाया लामाको बिशेष अतिथ्यतामा भएको थियो । वडा अध्यक्षहरु, ,स्वास्थ्यकर्मी,हरुको उपस्थितीमा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष तिमल्सिनाले स्वास्थ्य सामग्री,स्ट्रेचर लगायत सबै ठाँउमा सहज पुर्याउन प्रयत्नभै रहेको बताउनुभयो । उहाँले घरमै सुत्केरीहुने दरलाई न्यूनिकरणका लागिपनि पालिकाले काम गरिरहेको बताउनुभयो । उपाध्यक्ष लामाले स्वास्थ्य विमा निशुल्क गराउन पहल गर्...

बिभीन्न कार्यक्रम गरी भोटेकोशीले मनायो स्वयमसेविका दिवश

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
’महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित सोमबार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइँएको छ।यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाले पनी यस बर्षको १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अबशरमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । गाउँपलिका अध्यक्ष श्री पासाङ नु्र्पु शेर्पा द्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको कार्यको उच्च मूल्याकंन गर्दै कदर पत्र समेत दिनु भएको थियो । उँहाले समुदायमा सबै भन्दा पहीले पुगेर समुदायको समस्या सँग जुध्नका लागी पुलको भुमिका निर्वाह गर्ने यो समुहले गरेका हरेक काम प्रशंसनिय रहेको बताउँदै पालिकाका हरेक नागरिकको स्वास्थ्य स्थिती मात्र होइन उनीहरुका हरेक समस्या महीला स्वयम सेवीकालाइ बढी थाहा हुने हुँदा समस्या समधानमा सहयोग पुगेको ...

नवलपुरमा आँखा अस्पताल सँचालनमा आउने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको नवलपुर बजारमा आँखा अस्पताल सँचालनमा आउने भएको छ । द फ्रिड होल्डर्स फाउन्डेसनको आर्थिक सहयोगमा तिलगंगा आखा प्रतिष्ठान मार्फत उक्त आँखा अस्पताल सँचालन हुन लागेको हो । जिल्लाका प्रमुख बजार मेलम्ची , बाह्रविसेमा समेत यस अघि ग्रामीण आँखा अस्पताल सेवा प्रारम्भ गरिसकेको प्रतिष्ठानले अबको केहि दिनमा इन्द्रावतीको नवलपुर बाट समेत ग्रामीण आँखा अस्पताल नियमित संचालन गर्ने कार्यक्रम रहेको तिलगंगा आखा प्रतिष्ठानका ईन्चार्ज नविन राजवंशीले जानकारी दिनुभयो । आगामी दिनमा उपचार केन्द्रको स्तरोन्नति गर्दै लाने र यस क्षेत्रमा रहेका हरेक प्रकारका आँखा रोगीलाई सुविधा दिने उद्देश्यले ग्रामीण आँखा अस्पताल स्थापना गरीन लागेको राजवंशीको भनाई छ ।...

नेत्रज्योती कृषी सहकारीद्धारा मल वितरण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालकिा वडा नं. १४ मा कृषकहरुका लागी आबश्यक पर्ने रासायनिक मल बितरण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाबाट जम्मा ५ बोरा मात्र मल दिन कृषि सामग्री कम्पनी धुलीखेललाई सिफारिस गरेपनी उक्त मल नपाएपछी साल्ट ट्रेडीङ्ग कर्पोरेशन बनेपाबाट सिमति मल ल्याएर गाँउमा दामासाही बाडीएको नेत्रज्योती कृषी सहकारी संस्थाका जयराम नेपालले जानकारी दिनुभयो । उँहाका अनुसार मलको माग २००० बोरा हुन्छ आउँछ २० बोरा अनी कसलाई दिने कसलाई नदीने समस्या परेको छ । तर पनी हरेक ब्यक्तीलाई हिउदको सिजनमा लगाउँने आलु र गहुका लागी पाँच किलो भने पनी दिएको छ । नेत्रज्योेती कृषी सहकारी संस्थाका कृष्ण बहादुर नेपालले बताउँनुभयो । चौतारा साँगाचोकगढी नगरपालीकाले समयमा मल उपलब्ध गराउँनका लागी मल ल्याउन इजाजत लिएका सहकारीहरुलाई घुम्ती कोषबाट रकम दिइएको थियो । यसरी रकम दिने र मल भने कम दिने हुँदा ...

वक्तित्वकलामा प्रमिला प्रथम

समाचार
सिन्धुपाल्चोक चौतारा बहुमुखी क्याम्पसमा र सामुदायिक विकास तथा वाताबरण संरक्षण मञ्च (CDECF) को संयुक्त आयोजनामा विश्व अपाङ्गता दिवसको अवसरमा अपाङ्गतालाई सम्मान मानताको पहिचान विषयक वक्तत्वकला प्रतियोगिता गरिएको छ । आईतबार भएको प्रतियोगितामा चौतारा बहुमुखी क्याम्पसको प्रमिला विक प्रथम, रिया खत्री द्वितीय र कोपिला श्रेष्ठ तृतीय भएका छन् । सामुदायिक विकास तथा वाताबरण संरक्षण मञ्च (ऋम्भ्ऋँ) को सहयोगमा क्याम्पसले ३१ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित प्रतियोगितामा शिक्षक विद्यार्थिहरुको सहभागिता रहेको थियो । विजयी विद्यार्थीहरुलाई (CDECF) का कार्यक्रम संयोजक र सहायक क्याम्पस प्रमुख जस्मीन लामाले पुरस्कार प्रदान गर्नुभएको थियो ।...