शिक्षक संगठनको जिल्ला परिषद सम्पन्न
कृष्ण ढुंगाना
नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुपाल्चोकको १९आंै जिल्ला परिषद् मेलम्चीमा सम्पन्न भएको छ । संगठनका पूर्व जिल्ला अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्यालको प्रमुख आतिथ्यमा उक्त परिषद् सम्पन्न भएको हो ।
संगठनका जिल्ला अध्यक्ष मैया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिब उद्वव कुमार लामिछानेले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष क्षेत्रप्रताप अधिकारीले आर्थिक प्रतिवेदन र महिला उपाध्यक्ष निर्मला धितालले महिला विभाग प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा संगठनका पूर्व जिल्ला अध्यक्ष एवं शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य राधाकृष्ण श्रेष्ठ, बागमती प्रदेश समिति सचिब राजेन्द्रकुमार श्रेष्ठ, प्रदेश समिति कोषाध्यक्ष गोविन्द रेग्मीले विशेष अतिथीको रुपमा मन्तव्य राख्नुभएको थियो ।
साथै शिक्षक महासंघका जिल्ला अध्यक्ष कुमार प्रसा...
