यात्री सँग बढी भाडा लिनेलाइ कार्बाही गरिने
बढी भाडा लिने सवारी साधनका कर्मचारीलाइ कार्बही गरिने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चाकेमा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको संयोजकत्वमा यातायात ब्यवसायी, सुरक्षा निकायहरु लगाएतका सरोकारवालाहरुको बैठक बसी सिन्धु हेलम्बु यातासेवा प्रालीले मेलम्ची हेलम्बु क्षेत्रमा सञ्चालीत बसहरुले भाडा बढी लिएको गुनासो आएकोले उक्त समस्या समधान गर्ने र बढी भाडा लिने कर्मचारीलाइ कार्बहीगर्ने निर्णय भएको छ । यसै गरी यातायात कम्पनीले एक हप्ता भित्र भाडा दर सबैले देख्ने गरी टाँस्ने,यत्रीवाहक सवारी साधनले समान नबोक्ने, जेष्ठ नागरिक , बिद्यार्थी,लगाएतका सहुलियत नियमित रुपले दिने, सुपर एक्सप्रेसको लागी बस कम्पनीहरुले सुपर एक्सप्रेसको आधारमा मात्र भाडा लिने र स्थानीय सरकार सँँग समन्वय गरेर बस स्टेशनको व्यवस्थागर्ने लगाएतका निर्णय हरु भ...
