सम्पर्क

Author: लोकप्रिय समाचार

मुडे र सिलढुङ्गामा बजार अनुगमन

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर– ५ को मुडे र शिल्ढुंगामा बजार अनुगमन गरेको छ । बिहिबार घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय प्रमुख बिश्वनाथ काफ्लेको संयोजकत्वमा घरेलुका कर्मचारीहरु तथा प्रहरीको संयुक्त टोलि मार्फत अनुगमन गरिएको छ । अनुगमनका क्रममा मुडे बजारमा म्याद गुज्रिएका चिज बल्स, लेज, कुरमुरे आदि जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार शिल्ढुंगा स्थित एउटा पसलमा म्याद गुज्रिएको बर्षौं सम्म पनि नष्ट नगरी बिक्री गर्न राखेको सामान पाइएको र यस्तो गल्ती पहिलोपल्ट भएकोले थोरै जरिवाना गरेर छाडिएको छ । ‘अर्को पटकको अनुगमन हुँदा यस्ता क्रियाकलाप नदोहोर्याउन चेतावनी समेत दिईएको छ । व्यवसायीले मपदण्डको पालना नगरे, अखाद्य वस्तु बिक्रि वितरण गरे कारबाहीको दायरामा ल्याउने समेत उहाँले बताउनुभयो ।  ...

सानुसिरुवारीमा बन्यो पालेथुम्की पार्क मन्त्री दुलालद्धारा उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका – ७ सानोसिरुवारीमा पालेथुम्की सेतीदेवि पार्क बनेको छ । पार्क बनेपछी त्यहाँका नागरिकहरुमा खुशी छाएको छ । उक्त पार्क निर्माण गर्नका लागी बन कार्यलयबाट ७ लाख ३९ हजार प्राप्त भएको सिद्धिगणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बिजय नेपालले जानकारी दिनुभयो । सानोसिरुवारीमा निर्मित पालेथुम्की पार्कको बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले बिहिवार एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले राजनिती खिचातानी गर्नु भन्दा काम गरेर देखाउँन पर्ने भन्दै आफु कामममा विश्वास गर्ने भएकाले बिकासका कामहरुमा आफ्नो चासो रहने बताउँनुभयो । सबैको सहयोग, एकताका आधारमा मात्र बिकासको सम्भब भएकाले यसप्रती ध्यान दिन जरुरी भएको बताउँदै समग्र सानोसिरुवारीको विकासको लागी दिर्घकालीन सोचका साथ काम...

जनमुखी, विकासमूलक, कुशल, र निष्पक्ष प्रशासक बनेर देखाउँछु ः सुषमा महता के सी

अन्तर्वाता, ब्रेकिङ न्युज १, विचार, समाचार
  कैलाली जिल्ला साबिक धनगढी उप महानगरपालिका वडा नं. २ निबासी हाल काठमाडांै वडा नं. ३० मैतीदेबीमा स्थायी बसोबास गर्नुभएको सुषमा महता केसी बाह्रबिसे नगर पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरिरहनु भएको छ । प्रस्तुत छ लोकप्रिय समाचार राष्ट्र्रीय दैनिक का नेत्र बहादुर बस्नेले उहाँसँग गर्नु भएको कुराकानीको शारशं ः १ यहाँको पृष्ठभुमी बताईदिनु होस न ? मेरो नाम सुषमा महता केसी मेरो जन्मस्थान सुदुरपश्चिम प्रदेशको धनगढी कैलाली वडा नं. २ हो । हामि डडेल्धुराबाट बसाई सरेर धनगढी आएका हौ । मेरो आमा हाल बिद्यालयमा शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ र बुवा सरकारी सेवाबाट गत बर्ष नै सेवा निबृत हुनुभएको छ । मेरो स्नातक तह सम्मको शिक्षा कैलाली बहुमुखी क्याम्पस धनगढीबाट नै भएको हो । त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट अर्थशास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन पुरा गरेको छु । स्नातक पढाई सकिएपछि...

बुझाए प्याब्सन र एनप्याव्सन द्धारा ध्यानाकर्षण पत्र

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
निजी क्षेत्रले शिक्षामा पुर्याएको योगदानको अवमूल्यन गर्दै त्रुटिपुर्ण, एकतर्फी र चरम स्वेच्छाचारी रूपमा आउन लागेको शिक्षा ऐनको संशोधनको माग सहित प्याब्सन, एनप्याब्सन र हिसानको देशव्यापी संयुक्त आन्दोलनको प्रथम चरण अन्तर्गत सिन्धुपाल्चोक प्याब्सन र एनप्याव्सनद्वारा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक , शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोक र विभिन्न स्थानिय निकायहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालिन सचिव श्री रामकृष्ण सुबेदीद्वारा हस्ताक्षरित, विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको ‘‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’’ सरोकारवालाका सुझावहरूलाई वेवास्ता गरी तयार गरिएको सम्बन्धमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । विधेयकमा राखिएका कतिपय प्रावधानहर...

सिन्धुपाल्चोकमा पनि मनाईयो बिश्व आदिवासी जनजाति दिवस

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा पनि २९औं बिश्व आदिवासी जनजाति दिवस मनाइएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, सिन्धुपाल्चोकद्धारा आयोजित नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति महिला उत्थान केन्द्र, सिन्धुपाल्चोकको समन्वयमा विभिन्न आदिवासी जनजाति सहभागी भई उक्त दिवस मनाईएको हो । कार्यक्रममा वागमति प्रदेश सभा सदस्य माईलि तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न आदिवासी जनजातिहरु परम्परागत साँस्कृतिक भेषभुषामा सजिएर ¥यालीमा सहभागी हुनुभएको थियो । जातीय सघं संस्थाहरु र नेपाल ग्रामीण पत्रकारिता पुरस्कार (नेजा) बाट पुरस्कृत हुनुभई राष्ट्रिय आदिवासी जनजाति महिला महासघं (निफ), सिन्धुपाल्चोकद्धारा सचांरकर्मी कमला पाख्रीनलाई सम्मानका प्रशंसा पत्र प्रदान गरिएको थियो । विश्वका आदिवासी जनजातीहरूले हरेक वर्षको ९ अगस्टलाई विश्व आदिवासी दिवसको रुपमा मनाउदै आएका छन् ।...

सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, कसैलाई छुट नदिने गरी जाऔँ, पहिचान र काबाही गरिछाडौँ ।” राज्यका निकायलाई सबैले विश्वास गर्नुपर्नेमा जोड दिँदै उहाँले समानान्तर समिति बनाउनु उचित नहुने बताउनुभयो । “निर्धारित समयभित्र सिआइबीले अनुसन्धान गर्दा कुनै दुर्नियत देखियो वा छानबिनलाई तार्किक निष्कर्षमा पुर्‍याउन सकेन भने नयाँ शिराबाट वहस गरौँ”, उहाँले भन्नुभयो, “तस्करी र भ्रष्टाचारीलाई छुट दिन हुँदैन, यस प्रकरणलाई वि...

बन महासघको आन्दोलन स्थगित

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेश सरकारले सामुदायिक वन माथी लागाएको २०% करको खारेजीकको माग राख्दै गरेको आन्दोलन स्थगित भएको छ । सामुदायिक वन उपभोक्ता महासघं नेपाल बागमती प्रदेश महासंघले आयोजना गरेको अनिश्चितकाललिन धर्ना कार्यक्रमको१० दिनमा बन तथा बातबरण मन्त्री मसिना खड्का भण्डारीको बिशेष पहलमा आनदोलन स्थगित भएको हो । बिगत १० दिन देखि निरन्तर रुपमा रहेको अनिश्चितकालिन धर्ना कार्यक्रम मगंलबार मुख्य मन्त्रीको समन्वयमा बन तथा वातावरण मन्त्रालय बाट बार्ताका लागि बाताबरण बनाउन समय लाग्ने भएका भाद्र १० गते सम्मको समय माग भएको र आन्दोलन स्थगित गर्नका लागि अनुरोध भै आएकोर्ले ै आगमी भाद्र १० गते सम्म हाललाइ आन्दोलन को कार्यक्रम स्थगित गरिएको महासंघका शारदा प्रसाद चालीसेले जानकारी दिनु भयो ।...

सम्पादक संवादको निष्कर्षः सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचार, समाचार
प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक संवाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।  कार्यक्रममा मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा. राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराउनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा आउने नकारात्मक र द्वेषपूर्ण प्रचारलाई सञ्जालकै माध्यमबाट सुसूचित गर्नुको प्रभावकारी हुने प्रष्ट्याउनुभयो । ‘सामाजिक सञ्जाललाई नजरअन्दाज गर्ने होइन, आत्मसाथ गर्नुपर्छ । सामाजिक सञ्जाल दुईधारे तरबार हो’ उहाँले भन्नुभयो । सामाजिक सञ्जालको प्रयोग गरेर नै सेवा प्रवाहमा समेत धेरै योगदान पुर्‍याउन सकिने उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै काउन्स...

नगर प्रमुख बस्नेतद्धारा ह्वीलचियर प्रदान

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिनधुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ४ की ९७बर्षीय मतिमायाा श्रेष्ठलाइ नगर प्रमुख बालकृष्ण बस्नेतले ह्वीलचियर प्रदान गर्नु भएको छ । हरेक अपागंता भएका मानीस, असाय, जेष्ठ नागरिकहरु र समस्यामा परेका नागरिकको समसया समधानका लागी हर समय लागी पर्नु भएका बस्नेतले मगंलबार जेष्ठ नागरिक आमालाइ ह्वीलचियर प्रदान गर्नु भउको हो । आफुले ह्वलि चियर पाए पछी ९७बर्षीया श्रेष्ठले बस्नेतलाइ आशिर्बाद समेत दिनु भएको थियो । बाह्रबिसे नगरपालिका वडा न.४ पुरानो बजार स्थित घर भएको ९७ वर्ष उमेरका मति माया श्रेष्ठ लाई नगरप्रमुख बस्नेत को विशेष पहलमा ३रोटरीक्लबडिल्लीबजारका इन्द्रिया पौडेल तथा बाह्रबिसे नगरपालिका वडा न.८ का वडा अध्यक्ष बिमल पौडेल बाट ह्वील चियर हस्तान्तरण गर्नुभएको हो।...

सवारी दुर्घटनामा एक युवकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको १६ किलोमा बस र मोटरसाइकल आपसमा ठोकिँदा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का २३ वर्षिय विश्वराज श्रेष्ठको मृत्यु भएको हो । काठमाडौंबाट चरिकोट आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ३–०२–०१३ प ३५८६ नम्बरको मोटरसाइकल १६ किलोमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते चालक श्रेष्ठलाई उपचारका लागि विएन्डवी अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ ।...