सम्पर्क

Author: लोकप्रिय समाचार

नाग र कमलको फुलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी

ब्रेकिङ न्युज १, समाचार
गण्डकी, ४ भदौ : तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्व रहेको छ । पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरी विश्व रामसार सूचीमासमेत सूचीकृत भइसकेको छ । नाग र कमलको फूलका कारण छुट्टै गरिमा र महत्व बोकेको यस पोखरी पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा पर्दछ । ढकमक्क कमलका फूलले ढाकिनुका साथै यहाँ नागको बासस्थान रहेको प्राचीन जनविश्वास रहेको कमलापोखरी संरक्षण समितिका अध्यक्ष केशबहादुर विश्वकर्माले बताउनुभयो । यही जनविश्वासका कारण यसको महत्व थप बढ्दै गएको बताउँदै नाग र कमलको फुलले यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइरहेको उहाँले उल्लेख गर्नुभयो । समितिका अध्यक्ष विश्वकर्माले पछिल्ला वर्षमा ताल अवलोकनका लागि पोखरा र आसपासका क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको ब...

मेलम्ची बगुवा कालोपत्रको शिल्यान्यास छिटो र गुण स्तरियकाम गर्न तमामाङको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धु पाल्चोक जिल्लाको मेलम्ची देखी नबलपुर हँुदै चौतारा जाने सडक अन्तर्गत मेलम्ची बगुवा खण्डको कालोपत्रे गर्ने कार्य शुरु भएको छ । सडकको सोमबार मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङले शिलान्यास गर्नु भए पछी उक्त सडक कालोपत्र हुने भएको हो ।बागमती प्रदेश सरकारबाट विनियोजित बजेटको ठेक्का मार्फत निर्माण हुन लागेको सडक कालोपत्रे शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. १० का वडाअध्यक्ष अमृत खनाललगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।   मेलम्ची –बगुवा खण्डको ५ किमी लामो उक्त सडक २०८२ जेठ २८ मा निर्माण सम्पन्न गर्नेगरी ॐ वुद्ध नयाँ युग जेभीले निर्माणको जिम्मा पाएको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन गर्ने सो सडक कालोपत्रेका लागि रु १७ करोड ६६ लाख ६९ हजार ३ सय ६४ रुपैयामा टेन्डर परेको निर्माण व्यवसायी दामोदर कार्कीले जानकारी दिनुभयो । नाग पञ्चमिको अवसर...

आज नागपञ्चमी पर्व मनाइँदै

ब्रेकिङ न्युज १, समाचार
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध...

नाग पंञ्चमी ।

मनोरन्जन, साहित्य
हाम्रो वडा संस्कृतिको जगेर्ना छ गर्नु पर्ने इतिहाँस हेर्ने। बुझ्दै गएँ नाग र पंञ्चमीको रहेछ धेरै शिव आहुषण् त्यो । श्री बिष्णु शैया शिवलिङ्गसँगै जो बासुकी नाग म देख्छु संगै । श्री आस्तिकास्ए प्रभु नाग राजा र गाइको गोवर माथमा छ । दुवो दही त्यो दुधले नुहाइ गर्दै पुजा घर् घरमा रमाइ । देखेर यो दृश्य बुझेर जानेँ यो राष्ट्रको शान रहेछ मानेँ । घनश्याम नेपाल (शीतल) चौतारा साँगाचोकगढी ४ ढुंगेकुवा...

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षमा दिपेन्द्र थापा

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अधिबेशन ६गते चौतारामा हुँदै छ । अधिबेशनबाट निर्बाचीत हुन पर्ने अध्यक्ष सहीत बरिष्ट उपाध्यक्ष,उपाध्यक्ष, कोषध्याक्ष महासचिब लगाएतका पदहरुमा सर्ब सहमत गर्ने ब्यवसायीहरु ीबच सहमती भएको छ । सहमती अनुसार अध्यक्ष र सहकोषाध्यक्ष राप्रपा निकटको ब्यवसायीले पाउँनु भएको छ । महासचिव र सहसचिव एमाले निकट ब्यवसायीले पाउँनु भएको छ । त्यस्तै काँग्रेसले प्रथम उपाध्यक्ष, कोषाध्यक्ष पाएको छ भने माओवादी केन्द्रले द्वितीय र तृतीय उपाध्यक्ष पाएको जनाइएको छ । यस हिसाबले अध्यक्षमा राप्रपाका दिपेन्द्र थापा र बरिष्ठ उपाध्यक्षमा नेपाली काँग्रेसका सगुन श्रेष्ठको पद निश्चीत भएको छ ।नेकपा एमाले निकट व्यवसायी मध्य बाट जयचन्द्रलामा महासचिब,शिब श्रेष्ठ सचिब रहने प्राय निश्चीत भएको छ । उता नेकपा माओबादीको भागमा परेको प्रथम, र द्धितीय उपाध्यक्षका साथै नेपाली काँग्रेसको भागमा परेको बरिष्ठ ...

अनेमसंघ (क्रान्तिकारी)को जिल्ला भेला असोज १२ गते

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आगामी असोज १२ गते शुक्रबार जिल्ला भेला गर्ने भएको छ । आईतबार चौतारामा सम्पन्न जिल्ला सचिवालयस्तरको बैठकले उक्त निर्णय गरेको हो । संघको जिल्ला सचिव तारा रानाको अनुसार भेला चौतारा साँगाचोकगढी नगरपालिका सुकुटेमा हुने भएको छ । बैठक बागमती प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य साथै संघको केन्द्रिय सचिवालय सदस्य अमृता नेपाल (प्रभा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष अम्बिका नेपाल(भूमिका)को अध्यक्षतामा बसेको बैठकलाइ सम्बोधन गर्र्देै प्रमुख अतिथी नेपालले महिलाहरुले जनयुद्धमा जस्तै भूमिका निर्वाह गरि प्राप्त अधिकार र उपलब्धीको रक्षाको निमित्त लागि पर्न आह्वान गर्नु भयो । “हामी निती निर्माणको स्थानमा छौँ तपाईहरु त्यसको कार्यन्वयन गर्ने स्थानमा हुनुहुन्छ” त्यसैले जस अवजस तपाईहरुकै हातमा छ भन्दै नेपालले जस्...

‘सुशासनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन अनिवार्य’

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ३ भदौ : सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र सुशासनको प्रत्याभूति गर्न सकिने सरोकारवालाले बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उपस्थिति आयोगका पदाधिकारी, सूचनाको हकका अभियन्ता र सञ्चारकर्मीले सूचनाको हक कार्यान्वयनबाटै सरकारलाई पारदर्शी एवं जवाफदेही बनाउन सकिने धारणा राख्नुभयो । उहाँहरुले सूचना आयोगलाई अझ सशक्त र बलियो बनाउन सरकारको ध्यानआर्कषण समेत गराउनुभयो । आयोगका प्रमुुख सूचना आयुक्त महेन्द्रमान गुरङ्ले लोकतन्त्रमा सूचनाको हकलाई संस्कारका रुपमा विकास गर्नुपमा जोड दिनुभयो । उहाँले सूचनाको हकका लागि सार्वजनिक निकाय भनेको सरकार र सरकारी संरचना मात्र हो भनेर सीमित रुपमा बुझन नहुने बताउनुभयो । सार्वजनिक संस्थाले जनताले माग्नै नपर्ने गरी स्वतः सूचना उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारी संरच...

फेर्दैछ हुलाकी सडकले मधेस प्रदेशको काँचुली

#, ब्रेकिङ न्युज २, समाचार
वीरगञ्ज, ३ भदौ : कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरुप यतिबेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालेको छ । सिरहाको बरियारपट्टी बजार पनि अहिले सुगम क्षेत्रका रुपमा आफ्नो पहिचान फेर्न लागेको छ । भारतीय सिमानाका लदनियाँ बजारसँगै टाँसिएको बरियारपट्टी बजारमा धमाधम ठूला लगानीका पसल खुल्न थालेको छ भने बजारमा सर्वसाधारणको चहलपहलसमेत बढेको स्थानीयवासी बताउँछन् । ‘‘पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहाँभित्र साना व्यवसाय मात्र थियो”, धनुषाको औरहीका बिनोद यादव भन्नुहुन्छ,‘‘तर अहिले सडक फराकिलोसँगै बजारमा पक्की भवन र ठूला पसलहरु खुल्न थालेका छन् ।” पर्साको ठोरी गाउँपालिकालाई केही वर्ष अघिसम्म दुर्गम क्षेत्रको रुपमा मानिथ्यो । तर...

देश छाड्ने लहर

विचार, साहित्य
अशोक "एपी दर्पण" उहिले हजुरबाहरु मुग्लान पस्थे रोजगारीका निमित्त भारत जान्थे अलि पछि हजुरबाका छोराहरु बा हरु खाडी तिर जान थाले बा हरु खाडी मै छन् अहिले छोराछोरीहरु युरोप अमेरिका अस्ट्रेलिया जाँदैछ्न् उहिले हजुरबाहरु गएका थिए अलिपछि बा हरु गए अहिले छोराछोरी जाँदैछन् जाने गन्तव्य फरक भएको छ जाने बाटो अलि फरक छ देश त हजुरबाले पनि छाडेका थिए बा ले पनि छाडेका थिए अहिले छोराछोरीले छाड्दैछन् । हजुरबा हरु सन्तान भेट्न कोसेली बोकेर घरमा आउँथे अहिले छोराछोरीहरु उतै रमाउँछ्न आफ्ना बा आमालाई भेट्न घुम्न उतै बोलाउँछ्न । हजुरबाहरुको पालामा हुलाकीले खामबन्दी पत्र ल्याउँथे बाहरुको पालामा शहर बजारमा टेलीफोन आयो अहिले छोराछोरीको पालामा सबैका हातहातमा मोबाइल छ । हजुरबा ले एक महिना अघि मलाई सन्चै छ भनेर लेखेको चिठी पढ्दा सबै खुशी हुन्थे बा ले महिना दिनमा पल्लो गाउँको स...

महिलाहरुलाइ २ दिने क्षमता विकास कार्यक्रम स्याउलेमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नंं १ मा २ दिने क्षमता बिकास कार्यक्रम भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजना र टेवा संस्थाको आर्थिक प्राविधिक सहयोगमा चौतारासाँगाचोकगढी नगरपालिका वडा नंं १ मा रहेको महिला समुहहरुको सदस्यहरुलाइ २ दिने क्षमता विकास सम्वन्धी कार्यक्रम गरिएको हो । कार्यक्रम वडा अध्यक्ष युवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा आफ््नो मन्तब्य राख्नुहँुदै वडाअध्यक्ष श्रेष्ठले महिलाहरुले अबशर पाएको खण्डमा राम्रा काम गर्ने बताउँदै महिलाहरुले चाहे भने पुरुषहरुको भन्दा रामे र पारदर्शीता काम गर्न सक्ने उदाहरण हामीले देखी सकेका छौ भन्नु भयो । उँहाले महिलाहरुमा नेतृत्व तथा क्षमता बिकासको आबश्यक परेको हुँदा यो आबश्यकता का लागी आदीबासी जनजाती महीला उत्थान केन्द्र लागी परेकोमा बिशेष धन्यबाद दिनु भयो । बिशेष अतिथि न्यायिक समितिको सदस्य ...