सम्पर्क

Author: लोकप्रिय समाचार

चक्लाबन्दी खेतीमा किसान आकर्षितहुँदै

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा पाँच हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा मात्र तनहुँ र नवलपुरमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएको मन्त्रालयको भूमि स्रोत नक्साङ्क महाशाखाका प्रमुख गङ्गालाल पोखरेलले बताउनुभयो । “लागत अनुमानका आधारमा चक्लाबन्दीका लागि ९० प्रतिशतसम्म अनुदान मन्त्रालयले दिन्छ, १० प्रतिशत लगानी किसान आफैले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चक्लाबन्दी खेतीका लागि ५० रोपनीभन्दा बढी जग्गा हुनुपर्छ ।” कम लागतमा कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि मन्त्रालयले चक्लाबन्दी कार्यक्रम सुरु गरेको हो । छरिएर रहेको खेतीयोग्य जग्गा एकीकृत गरी व्यावसायिक कृषि खेतीमा किसानलाई आकर्षण गर्न चक्लाबन्दीमा अनुदान दिने गरिएको म...

निर्माण व्यवसायी संघको अधिबेशन सुरु, महासंघको माग पुरा हुने अध्यक्ष शिहंको संकेत

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७औं अधिवेशन तथा १६औं साधारण सभा चौतारामा भएको छ । बुधबार र बिहीबार गरी दुई दिनसम्म चल्ने साधरण सभाले नयाँ नेतृत्वको समेत चयन गर्ने भएको छ । निर्माण व्यवसायी महाँसंघका केन्द्रीय अध्यक्ष रवि सिंहले उद्घाटन गर्नु भएको साधरण सभामा उद्धघाटनकै दिनमा दिपेन्द्र थापा अध्यक्ष संगै प्रथम उपाध्यक्ष सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्ष मोहन श्रेष्ठ, तृतीय उपाध्यक्ष घनश्याम नेपाल, महासचिव जयचन्द्र कुमार लामा, सचिव डबले लामा कोषाध्यक्ष बालसुन्दर कटुवाल, सहकोषाध्यक्ष राजेन्द्र टीकारामा र महिला सदस्य निर्मला श्रेष्ठ निर्बिरोध निर्वाचित हुनु भएको छ । १५ सदस्यीय कार्यसमितीमा ९ सदस्यीय कायसमिती सर्ब सम्मत भए पनी बाँकी ६ सदस्य पदमा भने १८ जनाको उम्मेदवारी परेको छ । उक्त सदस्य पदको लागि भने अहिले सम्म सहमति नभईसकेको बुझिएको छ । व्यवसायीबिच निर्वाचन गर्नुभन्दा सक...

घट्यो वैदेशिक व्यापार

ब्रेकिङ न्युज २, समाचार
चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा रु एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा रु एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर रु एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार पुगेको छ । गत आवको पहिलो महिनामा रु एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारको आयात भएको थियो । तथ्याङ्कानुसार साउनमा वैदेशिक व्यापारमा आयातको अनुपात ९० दशमलव ५२ प्रतिशत रहेको छ । त्यस्तै सार्वजनिक विवरणअनुसार गत आवको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा निर्यात आठ दशमलव ६५ प्रतिशतले घटेको छ । गत आवको सुरुको महिनामा रु १४ अर्ब ८० करोड ९७ लाखको निर्यात भएक...

त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी साधनमा २५ जना सवार रहेको थियो ।...

 चीनलाई चूनौति दिन अमेरिका भियतनामलाई साथ लिन चाहन्छ

विचार
लोकनारायण सुबेदी आजभन्दा छ दशक पहिला बिश्वभरीका प्रायः सबै देशहरुमा प्रगतिशील यूवा समुदायले बेग्ला बेग्लै भाषामा भए पनि एउटै नारा लगाएको पाइन्थ्यो । त्यो नारा थियो – ‘तिम्रो नाम मेरो नाम ः भियतनाम भियतनाम’ । बिश्वका कतिपय देशका प्रमुख शहरहरुमा त यस्तो नारा ठूलो जुलुकासाथ त्यतिबेला लगाइने गरिन्थ्यो । काठमाण्डौमा पनि तत्कालीन अमेरिकी उपराष्ट्रपति स्पाइरो टी एग्न्यू काठमाण्डौ भ्रमणमा आएको बेला म समेत केही नेपाली यूवाहरुले यो नारा लगाएर भियतनाममाथि बम बर्षाको बिरोध गरेको थियो । अमेरिकाले भियतनाममााथि त्यतिबेला नापाम बम बर्षाएर घोर तथा क्रूर अमानबीय आक्रमण गरिरहेको थियो र सारा संसार अमेरिकी हमलाका बिरुद्ध भियतनामको पक्षमा एक ढिक्का भएर उभ्भिएको प्रतीत हुन्थ्यो । सुप्रसिद्ध भियतनामी नेता हो चिमिन्हको नेतृत्वमा बिश्व साम्राज्यबाद बिरोधी बहादुर भियतनामी जनताको कठोर संघर्ष र  त्यसप्रति बिश्व जन ...

खुल्यो कित्ताकाट दुई आना दुई पैसासम्मको घडेरी पाइने

ब्रेकिङ न्युज २, समाचार
नेपाल सरकारले हालै संशोधन गरेको भू–उपयोग नियमावलीले दुई आना दुई पैसासम्मका घडेरीका टुक्रा बनाउन पाइने व्यवस्था गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित नियमावलीका अनुसार आवासीय र व्यावसायिक जग्गालाई ८० वर्गमिटरसम्मको टुक्रामा कित्ताकाट गर्नसक्ने व्यवस्था छ । यो भनेको दुई आना दुई पैसा क्षेत्रफल हो । यसअघि २०७९ मा आएको भू–उपयोग नियमावलीमा १३० वर्गमिटर अर्थात् चार आना एक दामभन्दा भन्दा सानो टुक्रामा जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।जग्गा विकास योजनासहित नक्सा स्वीकृत गराई जग्गा विकास कार्यक्रम सञ्चालन हुने क्षेत्रमा ८० वर्गमिटर क्षेत्रफलको जग्गा कित्ताकाट गर्नसक्ने गरी नियमावली संशोधन भएको हो ।ुरकारले गरेको व्यवस्था अनुसार जग्गा विकास कार्यक्रम सञ्चालन हुनेगरी ८० वर्गमिटरमा कित्ताकाट गर्दा स्थानीय तहले निर्धारण गरेको सडक तथा बाटोको मापदण्डको आधारमा स्थानीय तहको सिफारिसअनुसार जग्गाको ...

कृषि ज्ञान केन्द्र काभ्रेले गर्यो कार्यक्रमहरुको सार्वजनिकिकरण

कृषि, ब्रेकिङ न्युज १, समाचार
कृषि ज्ञान केन्द्र काभ्रेले आफ्नो कार्यालयबाट भए गरेका कामहरु र आगामी बर्ष गरिने कार्यक्रमका बारेमा जानकारी गराउँने उद्धेश्यले कार्यक्रम गरेर कार्यक्रमहरुको सार्वजनिक गरेको छ । जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख, कृषि शाखाका कर्मचारीहरु तथा सञ्चारकर्मीका साथै सरोकारवालाहरुको उपस्थिती रहेको थियो । होटल अरनिको चौतारामा भएको छलफल कार्यक्रममा बोल्ने सहभागीहरुको एउटै आवाज ज्ञान केन्द्र धुलिखेलमा रहेर होइन सम्भव भए पालिका स्तरमा नभए सिन्धुपाल्चोक जिल्लामा नै कार्यालय स्थापना गरेर सेवा दिनु पर्नेमा जोड दिदै ज्ञान केन्द्रले गरेका कामहरुको प्रशंसा गर्र्दै स्थानीय सरकारसँँग सहजीकरण गरेर कार्यक्रम बनाउँदा राम्रो हुने सुझाव दिएका छन । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जिसस प्रमुख बालकृष्ण श्रेष्ठले कृषि ज्ञान केन्द्रले गरेका कार्...

सातकन्या आविमा जिल्ला ट्राफिकको जनचेतना कार्यक्रम

समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिका – ६ जालबारी स्थित रहेको श्री सातकन्या आधरभुत बिद्यालयमा जिल्ला ट्राफिक कार्यालयले ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला ट्राफिक कार्यालय प्रमुख उत्तम राज आचार्यले गर्नुभएको थियो । कार्यक्रममा ट्राफिक नियम सम्बन्धि भिडियो देखाउदै, ट्राफिक, संकेतहरू बताउँदै १ घण्टाको अन्तरक्रिया गरि दुर्घटना कम गराउने र नियम पालना गराउन बिद्यार्थीले बुजेका कुरा घर घरमा अभिभावकलाई बुजाउन आग्रह गर्दै ट्राफिक प्रमुख आचार्यले जनचेतनामूलक प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बिद्यालयका प्र.अ कर्ण बहादुर लामाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा ट्राफिक कार्यालयलाई धन्यवाद दिदै यस्तो कार्यक्रमले गाउँगाँउमा ...

सुधार गृहमा झडप, २२ घाइते, फरार २२१ मध्ये १९४ नियन्त्रणमा

#, समाचार
भक्तपुर, ४ भदौ : मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन् । प्रहरीले तीन राउण्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन् । आज भएको उक्त घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीको आठ घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । बन्दीको आक्रमणबाट घाइते प्रहरी निरीक्षक सञ्जिव ओलीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । उहाँको हात भाचिनुका साथै शरीरका विभिन्न अङ्गमा चोट लागेको छ । बन्दीतर्फ चार जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई गोली लागेको छ । गोली लागेकामध्ये गम्भीर घाइतेको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको भक्तपुरको नागरिक कम्युनिटी अस्पताल, मध्यपुर अस्पताल वीर अस्पताल, त्रिवि...

३ महिने अभियान लिएर जनतामा जोडिदै माओबादी केन्द्र अन्तिम परिक्षामा छौँ – सापकोटा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्मल बस्नेत–सिन्धुपाल्चोक जनयुद्धमा सदैव जनताकै घरआगनबाट आफ्नो गतिविधि गर्दै आएको नेकपा (माओवादी केन्द्र) यतिखेर जनतामा नै जोडिएर सम्वन्ध विस्तार गर्ने अभियानमा जुटेको छ । जनतासंग माओबादी बिशेष रुपाञ्तरण भभियानमा जनजनमा माओबादी र घरघरमा माओबादी भन्ने नारा तय अघि बढेको छ ।        अभियानको तयारी स्वरुप जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठक चौतारामा सम्पन्न भएको छ । बैठकमा बोल्दै पार्टी केन्द्रिय उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले अहिले माओवादी केन्द्र अन्तिम परिक्षामा जुटिरहेको बताउँनु भयो । सापकोटाले माओबादी बिग्रदै जानुमा जनाताबाट कटेर सुखसयल र बिलासी जीवनमा रमाउदै जनताको सुखदुःखमा एकाग्रह हुन नसक्नुनै मूख्य कारण भएको तर्क बताउँनु हँुदै पार्टी कमजोर भयो भने देश कमजोर हुन्छ , पार्टी नेतृत्वकै नेतृत्वमा सरकार रहेको र पार्टीले नै उठाएको एजेण्डामा देश अघि बढिरहेको...