सिन्धु राप्रपाद्धारा भदौं २७ गते काठमाडौंमा हुने बृहत् बिरोध कार्यक्रमलाई सफल बनाउन अनुरोध
राष्ट्रिय प्रजातन्त्र पाटि चौतारा साँगाचोकगढी नगर कार्यसमितिले आगामि भदौ २७ गतेको काठमाडांैमा हुने बृहत् बिरोध कार्यक्रमलाई सफल बनाउँन सबैलाई अनुरोध गरेकोे छ । राप्रपा नगर अध्यक्ष शेर बहादुर ठकुरीले बैठकको अध्यक्षता गर्दै नगरमा सक्रिय रहेका वडा कार्यसमितिलाई अझ सक्रिय बनाउँने र निष्कृय रहेको वडा कार्यसमितिलाई सक्रिय बनाउँने गरि पाटिलाई सक्रिय गराउँने काममा लागि पर्नु पर्ने बताउँनुभयो ।
शुक्रबार चौतारामा बसेको बैठकमा राप्रपाका केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरीको प्रमुख अतिथ्यतामा, केन्द्रिय सदस्य चिरागमान सिंह कुँवर, केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिका भौगोलिक सङ्गठन विस्तारका प्रमुख चोकराज घिमिरे, राप्रपा बागमति प्रदेश २ नं. क्षेत्र प्रदेश क का अध्यक्ष बाबुराम खड्का, उपाध्यक्ष मदन केसि, राप्रपा सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका सहसचिब ध्रुव कुमार थापा, जिल्ला सदस्य हरि बहा...
