कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको साथ छ : मुख्यमन्त्री जमकट्टेल
मनहरी (मकवानपुर), २६ भदौः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषि क्षेत्रमा गरिएको लगानीमा प्रदेश सरकारले साथ दिने बताउनुभएको छ । आज मकवानपुरगढी गाउँपालिका–५ सानो सुकौरामा माइती नेपाल र द कोकाकोला फाउन्डेसनको सहकार्यमा निर्माण हुन लागेको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यासका अवसरमा मुख्यमन्त्री जमकट्टेलले कृषि र पशुसम्बन्धी तालिम र व्यावसायिक काममा प्रदेश सरकारको पनि सहयोग रहने बताउनुभयो । उहाँले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई आवश्यक कृषिजन्य सामग्री तथा अन्य सहयोग गर्न तयार रहेको बताउनुभयो । मानव बेचबिखनमा परेका महिलालाई लक्षित गरी सीपमूलक तालिम प्रदान गर्न लागेकोमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले माइती नेपालको इतिहास लामो रहेकाले सरकारले गरिनुपर्ने सहयोगमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । माइती नेपालका संरक्षक अनुराधा कोइरालाको अध्य...
