सम्पर्क

Author: लोकप्रिय समाचार

इश्वर सापकोटाको ’आकाशैमा जुन छ’ गीत सार्बजनिक

मनोरन्जन, समाचार
लोक तथा दोहोरी गायक इश्वर सापकोटाको आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “आकाशैमा जुन छ” बोलको गीत सार्बजनिक भएको छ । डीके म्युजिक सोलुशन नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा ईश्वर सापकोटा, कोपिला वाइबा तामाङ्ग, र शरण थामीको सुमधुर स्वर रहेको छ । उक्त गीतको लय सापकोटाले नै तयार पार्नुभएको थियो भने शब्द ईश्वर सापकोटा र माया न्यौपानेको रहेको छ । कसैको माया प्रति नतमस्तक रहेको भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा धिरज खत्री, माया न्यौपाने, शरण थामी र मनिन्द्र थापाको आकर्षक अभिनय रहको छ । सापकोटा लोक तथा दोहोरी गीतको नाममा बिकृति ल्याउनेको बिरोधी भएकोले सार्बजनिक भएका सबै गीतहरु आफ्नै कला संस्कृति र मौलिकता भित्र रुमलिएका हुन्छन् । उहाँले अहिले सम्म थुप्रै गीतहरु सार्बजनिक गरिसक्नुभएको छ । ईश्वर सापकोटा राष्ट्रिय संगीतकर्मी संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अध्यक्ष समेत हुनुह...

यात्री सँग २मिनेट प्रहरी बाह्र्रबिसेमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला ट्राफिक प्रहरी कार्यलयले यात्री सँग दुइ मिनेट कार्यक्रम सञ्चालन गरेकोछ ।   दुर्घटनालाइ शुन्यमा झार्ने सवारी साधन सँधै चेक जाँच गरेर मात्र सञ्चालन गर्ने, यात्रीलाइ राम्रो व्यवहार गर्न लगाएतका बिषयमा केन्द्रीत रहेर सडकमा नै सचेतना कार्यक्रम गरिएको हो । यो कार्यक्रम गर्ने क्रममा शुक्रबार ट्राफिक प्रहरी प्रमुख उत्तम राज आचार्य सहीतको टोली बाह्र्बिसे पुगेको थियो । यसरी बाह्र्बिसे मा बलेरो चालकहरु, बसमा यात्रागर्ने यात्रीहरु , बाटो हिड्ने बटुवाहरुलाइ समेत जम्मा पारेर छुट छुट्रै गरी सम्झाइएको थियो । बाह्र्रबिसेबाट तातोपानी जाने सबारीमा यात्रा गरिरहेका यात्रीहरुलाइ बस भित्रै गएर ट्राफीक प्रमुखले यात्रा गर्दा कुनै समस्या भएमा तोकीएको भन्दा बढी भाडा लिएको पाइएमा वा कुनै प्रकारका अमानबीय व्यवहार भएमा नजीकको प्रहरीकार्यलयमा सम्पर्क राख्न समेत अनुरोध गर्नू भयो ।  ...

सरकार र शिक्षक महासङ्घबीच सहमति

ब्रेकिङ न्युज २, समाचार
नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका व्यवस्थाहरुमा संविधानसँग नबाझिने गरी महासङ्घका मागलाई अधिकतम् सम्बोधन गराउन सरकारले सहजीकण गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । मन्त्री शर्माले सहमतिसँगै विभिन्न जिल्लाबाट आन्दोलनका लागि काठमाडौँ आएका समुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरु घर फर्कने स्पष्ट गर्दै संविधानमो भएको व्यवस्थाबमोजिम स्थानीत तहको सञ्चालनअन्तर्गत विद्यालय रहने विषयमा कानुनले केही गर्न नसक्ने बताउनुभयो । सार्वभौ...

हिराहरिको सिनियर ग्रेडिङ सम्पन्न

खेलकुद, मनोरन्जन, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा हिराहरि तेक्वान्दो डोजाङ सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले रातो कालो पेटि र प्रथम डान कालो पेटी र दोस्रो डान कालोको ग्रेडिङ गरेको हो । रातो पेटीबाट रातो कालो पेटीमा रमेश श्रेष्ठ, शिभान्शु श्रेष्ठ , लाक्पा तामाङ ,साजन घले ,अमिशा तामाङ, आयुशी श्रेष्ठ उतिर्ण हुनुभएको छ भने रातो कालो पेटिबाट प्रथम डान कालो पेटीमा सदिक्षा घले, कुशल ढुङ्गाना र राफिका ढुंगेल र दोस्रो डान कालो पेटीमा आयान श्रेष्ठ उतिर्ण हुन सफल हुनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका — ५ का अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यता रवडा न. ५ वडा, सदस्य तथा पुर्ब खेलाडी समाजसेवी रामबहादुर घले को बिशेष अतिथ्यता हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले ग्रेडि...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न

कृषि, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सौराहाको होटल सेभेन स्टारमा दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सन सम्पन्न भएको छ ।सौराहा–चितवन, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा कन्भेन्सन भएको हो । कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराई, सदस्यहरु नन्द किसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल हुनुभएका देशभरिबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षज्यूद्वारा ट्...

निउरो बेचेर घर खर्च

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नारायणगढ (चितवन), ५ असोज : चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आउनुभएकी उहाँ तीन वर्षदेखि यही पेसा गर्दै आउनुभएको छ । विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झर्नुभएकी विक सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आउनुभएको थियो । सोे काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उहाँ निउरो बिक्री गर्न थाल्नुभएको हो । “दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ”, उहाँले भन्नुभयो । दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई ...

प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका दुर्गा आचार्य पुरस्कृत

ब्रेकिङ न्युज २, समाचार
प्रेस काउन्सिल नेपालको ५४औं वार्षिक उत्सवको अवसरमा महिला सशक्तीकरण पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोककी दुर्गा आचार्य पुरस्कृत हुने भएको छ । बिभिन्न सञ्चार माध्यममा आवद्ध रही सक्रिय पत्रकारिता गर्दै आउनुभएको आचार्य नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको पूर्व उपाध्यक्ष तथा प्रेस युनियन सिन्धुपाल्चोकको निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ । काउन्सिलले प्रदान गर्दै आएको पुरस्कारबाट यस वर्ष सिन्धुपाल्चोककी दुर्गा आचार्य, कास्कीकी तारा चापागाई, स्याङ्जाकी भवानी अधिकारी, गुल्मीकी गगनशीला खड्का काठमाडौकी पवित्रा सुनार र रुपा घिमिरे गरि ६ जना पुरस्कृत हुने काउन्सिलले जनाएको छ । १ लाख ५१ हजार राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार भने निर्मला शर्मालाई प्रदान गर्ने काउन्सिलले निर्णय गरेको छ ।...

बाह्रबिसे नगरपालिकाद्धारा भ्रममा नपर्न अनुरोध

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले कुनै पनी कर्मचारी माथी कुनै पनी दवाव सृजना नगरेको जनाएको छ । बाह्रबिसे नगरपालिकाका सुचना अधिकारी ज्ञानबहादुर महतले एक विज्ञेप्ती जारी गरी प्रकाशीत समाचारहरुमा कुनै सत्यता नभएको जनाएको छ । बिहिबार जारी विज्ञेप्तीमा भनिएको छ । मिति २०८० असोज ३ गते नेपाल प्रेसबाट यस नगरपालिका तथा नगर प्रमुखको सम्बन्धमा प्रकाशित कपोकल्पित एवं भ्रामक समाचार प्रति यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ।पत्राकारिता जगतले सत्य–तथ्य समाचार प्रकाशित गर्नुपर्नेमा यस नगरपालिकाको कपोकल्पित एवं भ्रामक समाचार प्रेसित गरेर नगरपालिका तथा नगर प्रमुखको चरित्र हत्या गर्ने दुष्प्रयास प्रति नगरपालिका घोर आपत्ति एवं खेद प्रकट गर्दछ।समाचारमा उल्लेखित कुनै पनि समाचार सत्य–तथ्यमा आधारित नभएको नगर प्रमुखद्वारा कुनै पनि कर्मचारीलाई दबाव सिर्जना नभएको, व्यक्तिगत प्रयोगका लागि खरिद गरिएका...

सरकारकै कारण भयो शिक्षक आन्दोलन ःसुबेदी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताउँनु भएको छ । उँहाले देशभरका लाखौ शिक्षकहरुले आआफ्नै ठाँउबाट शिक्षकका कुरा सुन्न आबज निकाल्दा नसुनेको हुँदा यसरी राजधानीमा आएर सरकार बसेको ठाँउमा आएर आफ्नो आबज सुनाएको बताउँनु भयो । उँहाले आफुहरुबाट विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने बताउँदै माग परा भए पछी आआफेना बिद्यालयमा गएर छुटेका दिनहरुलाइ समेत लाइ समाबेश हुने पढाइ सञ्चालन गरिने बताचउँनु भयो । यसैगरी आन्दोलनको पहिलो दिन हिजो लाखौको सख्यामा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आन्दोलनको दोश्रो दिन झन बढ्ने महासचिव सुवेदीको बताउँनु भयो । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको ‘जति कार्यदिन बन्द हुन्छ , त्यति दिन पछि पढाउँछौ। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन’ महासचिव सुवेदीले...

अरनिको राजमार्गमा चालकलाइ निशुल्क शिविर

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
ट्राफिक प्रहरी कार्यलय अधेरी सिन्धुपाल्चोकले सवारी दुर्घटना शुन्यमा राख्नका लागी चालक सँग ५मिने प्रहरी कायृक्रम गरेको छ । ट्रफिक प्रहरी पोष्ट अधेरीमा जम्मा भउका सवारीहरु चालक हरुलाइ ट्राफीक प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख उत्तम राज आचार्यले सवारी दुर्घटना शुन्यमा लैजानका लागी सवारी चालकहरुको ठुलो भुमिका रहने भएकाले त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताउँदै ट्राफिक नियम पालना गर्न सबैमा अनुरोध गर्नू भयो । यसै गरी स्वस्थ जीवन नै सुरक्षित यात्रा हो भन्ने मुल नाराका साथ अरनिको हाइवेमा संचालित बसहरुका चालक तथा परिचालकहरुलाइ लक्षित गरी स्वास्थ्य परिक्षण गरीएको छ ।   दोलालघाट पोलिक्लिनकको मुख्य आयोजनामा दोलालघाट प्रहरी चौकी , दोलालघाट अस्थाइ ट्राफिक पोष्ट तथा पुर्व अरनिको यातायात प्रा लिको सहकार्यमा दोलालघाट बस पार्क मा निशुल्क स्वास्थ शिविर संचालन भएको छ।उक्त शिविरमा डक्टर साहिद मोहम्मद राजा...