सम्पर्क

Author: लोकप्रिय समाचार

भव्यताका साथ ज्ञानमन्दिर माविले मनायो ४८ औं वार्षिकोत्सव

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौर स्थित ज्ञानमन्दिर नमुना माध्यामिक विद्यायलले साच्चैको नमुनाकै रुपमा आफ्नो ४८ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । शनिबार वार्षिकोत्सव, २८ औं अभिभावक सम्मेलन तथा भुतपुर्व विद्यार्थी पुर्नमिलन समारोह समेत रहेको ज्ञानमन्दिरको उक्त कार्यक्रमको प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले बिद्यालयको नाम मात्र ज्ञान मन्दिर होइन, भौतिक संरचना तथा वाताबरण अत्यन्त सुन्दर भएको बताउँनु भयो । उहाँले बिद्यालयको भौतीक अबस्था मात्र राम्रो भएर राम्रो हुने होइन, त्यहाँबाट पाएको ज्ञान राम्रो भयो भने मात्र शिक्षा सिकाइले साथर्तकता पाउँने बताउँनु भयो । उँहाले आफु पनी काममा बिश्वास गर्ने भएकाले ज्ञानमन्दिर माविले पनी काम गरेर देखाएकोले यसप्रती बढी बिश्वास जागेको बताउँनु ...

खेल जगतको बिकास नै मानव स्वास्थ्यको बिकास होः नगरप्रमुख बस्नेत

ब्रेकिङ न्युज २, समाचार
“स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद” भन्ने मुल नाराका साथ बाह्रबिसे नगरपालिकाले पाँचौ नगर स्तरीय अन्तर्गत माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता २०८० शुरु भएको छ । श्ुाक्रबार नगर प्रमुख बालकृष्ण बस्नेतले एक समारोहका बिच उक्त रनिङ्गशिल्ड प्रतियोगिताको उद्धघाटन गर्नु भएको हो । खेलको उद्धघाटन गर्दै बस्नेतले खेल जगतको बिकास नै मानव स्वास्थ्यको बिकास हो भन्नुभयो । उहाँले खेलाडी भनेकै राष्ट्रको गहना हुन् यो गहनाको संरक्षण गर्नसके मात्र राष्ट्र सुन्दर राष्ट हुन्छ, त्यसैले हामीले पनी खेल जगतको बिकासका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताउँनुभयो । उहाँले बाह्रबिसे नगरपालिकाको ९ वटा सामुदायक बिद्यालय बिच प्रतिस्पर्धा हुने र जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुने छन् भन्नुभयो । उहाँले खेल खेल्ने खेलाडीहरु अनुशासित हुने भएकाले यस्ता खेलाडी उत्पादनमा नगरले सहयोग गर...

महेन्द्र माविले मनायो ६३औं वार्षिकोत्सव

ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–६ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव २० औं अभिभावक भेला तथा १४ औं आजीवन सदस्य भेला सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत सालको तुलनामा विद्यालय सुधारोन्मुख रहेकोमा खुशी व्यक्त गर्नुभयो । नजिकैको तेर्से माध्यमिक विद्यालको उदाहरण दिदै उहाँले त्यस्तै उदाहरणीय कार्य गर्न आग्रह गर्नुभयो । अध्यक्ष शेर्पाले देशनै अहिले विद्यार्थी विहिन स्थितिमा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्य निशुल्क गर्नसके मात्र मुलुकको परिबर्तन सम्भव रहेको बताउनुभयो । निजि विद्यालय सरह बनाउन सामुदायिक विद्यालयलाई के के आवश्यक पर्छ त्यसको ब्यबस्था गर्न गाउँपालिका तयार रहेको भन्दै शिक्षकहरुलाई त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो । आम जनतालाई अहिले राज्य भएको अनुभ...

इन्द्रेश्वरी माविका ५ विद्यार्थीलाई बिनोद नेपाल स्मृति फाउण्डेसनद्वारा पुर्ण छात्रवृत्ति

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
    सिन्धुपाल्चोक जिल्ला का इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका इन्जिनियरिङ विषय अध्ययनरत ५ जना विद्यार्थीले पाएका छन । बिनोद नेपाल स्मृति फाउण्डेसनले इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । बिहिबार एक कार्यक्रमका बिच फाउण्डेसनका सल्लाहकार तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ र फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठलाई सो छात्रवृत्ति सहयोग हस्तान्तरण गर्नुभएको हो । कक्षा ९, १० र ११ मा सिभिल इन्जिनियरिङ विषय अध्ययनरत ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्राप्त गर्नेहरूमा कक्षा ११ का निरूता आचार्य र राजु दनुवार, कक्षा १० को मानवी पुरी, कक्षा ९ को हिमानी चालिसे र सन्दिप गिरी रहेका छन ।फाउण्डेसनले ५ जनालाई स्टेसनरी वापत जनही ...

त्रिपुरामा निःशुल्क आँखा जाँच कार्यक्रम हुदै

जिबनशैली, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीहरुमा निःशुल्क रुपमा आँखा जाँच सेवा दिने भएको छ । डाक फाउण्डेशन ,नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र त्रिपुरासुन्दरी गा.पा. को संयुक्त आयोजनामा माघ ०५ शुक्रबारदेखि माघ ११ बिहीवारसम्म निःशुल्क आँखा शिवीर सञ्चालन गर्न लागीएको गाँउपालिका स्वास्थ्य संयोजक चन्द्र नारायण शाहले जानकारी दिनुभयो । उाहँक अनुसार शिविरबाट सल्यक्रीया गर्न पर्ने देखा परेका बिरामीहरुलाइ २०८० माघ ९ गतेदेखि ११ गतेसम्म पिस्कर स्वास्थ्य चौकीमा निःशुल्क शल्यक्रिया समेत गरिनेछ ।...

त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्र्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । यही माघ १५ गतेदेखि विद्यार्थीले ट्रान्सक्रिष्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्नेजस्ता काम अनलाइनबाट गर्न थालिएको नियन्त्रक जोशीले बताउनुभयो । “अब विद्यार्थीले कुनै पनि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत फाराम भरेर शुल्क पनि इ–पेमेन्टबाट तिर्न सक्छन्”, उहाँले भन्नुभयो, “हामीले सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा विद्यार्थीका शैक्षिक प्रमाणपत्र एक हप्ताभित्र पठाउने गर्दछ...

विज्ञ भन्छन्- शिक्षा क्षेत्रमा अत्यधिक राजनीति भयो

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, ३ माघः समाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञहरुले टिप्पणी गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी शिक्षा क्षेत्रका विज्ञले समाजमा राजनीतिक दलमा आबद्ध नभएको मानिस भेटिन मुस्किल रहेको बताउनुभयो । छलफलमा सहभागी प्रा डा विद्यानाथ कोइरालाले विधेयकको उद्देश्य र कारणमा शिक्षा क्षेत्रलाई कुन ढङ्गबाट अघि बढाउन खोजिएको भन्ने दर्शन र सिद्धान्तबारे प्रष्ट उल्लेख गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको शिक्षा र वातावरणले हामीलाई पक्षीय मानिस बनायो । विद्यार्थी र शिक्षक बनाउन सकेनौँ । विद्यालयमा पनि विद्यार्थीको राजनीतिक दल छ । शिक्षक र प्राध्यापकमा पनि राजनीति...

जिल्ला स्वास्थ्यद्धारा मौसममा सतर्क रहन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
मौसमको प्रतिकुलता र वातावरणमा आउने परिवर्तन बाट हुन सक्ने रोगबाट बच्नका लागी स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी झक प्रसाद आचार्यको संयोजकत्वमा बसेको बिपद व्यवस्थापन समितीको बैठकले गरेको निर्णय अनुसार जिल्ला स्वास्थ्य कार्यलयले बुधबार एक बिज्ञेप्ती प्रकाशीत गर्दे यस्तो भनेको हो । स्वास्थय कार्यलय प्रमुख डा दुर्गा बजगाइद्धारा प्रकाशति बिज्ञेप्तीमा शीतलहर चल्न सक्ने जसको प्रत्यक्ष प्रभाव बालबालिका, गर्भवती, जेष्ठ नागरिक तथा रोगप्रतिरोधी क्षमता जाडो मौसमको समयमा विभिन्न स्थानहरुमा चिसो तथा शीतलहर (ऋयमि ध्बखभ) बाट मानिसहरुको असावधानीको कारणवाट हरेक वर्ष श्वाश प्रश्वाश, रुघाखोकी, निमोनिया जस्ता स्वास्थ्य सम्बन्धी समस्याबाट धेरै मानिसहरु बिरामी पर्ने र केहि व्यक्तिको मृत्यु समेत हुने गरेको छ । विगतका वर्षहरुमा जस्तै मौसमको प्रतिकुलता र वातावरणमा आउने परिवर्तन ...

भूमि समस्या बारे ध्यानाकर्षण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
भूमि अधिकार तथा श्रमिक संगठन, सिन्धुपाल्चोकले भूमि सम्बन्धी समस्याहरुको निकाश दिन ध्यानाकर्षण गराएको । मंगलबार जिल्ला सदरमुकाम चौतारामा संगठनले मालपोत कार्यालय, नापी कार्यालय सँगै प्रमुख जिल्ला अधिकारी समक्ष समग्र भूमि समबन्धि समस्या वारे ध्यानाकर्षण गराएको हो । भूमि सम्बन्धी समस्या क्रमिक रुपमा थप हुँदै जाने क्रमको चिन्ता सहित समाधानमा केन्द्रीत हुन सरकार समक्ष संगठनले जोडदार माग गरेको छ । वर्षौ देखि गुठी समस्याले थलिएको गुठी पीडित किसानहरुलाई तिरो बृद्धि गरी थप मारमा परेकोमा आपत्ति जनाएको छ । किसानले तिर्न नसक्ने गरी मालपोत शुल्क बढाईएको, तिरो तिर्न स्थानीय तहमा ब्यवस्था नगरी जिल्ला सदरमुकाम सम्म आउजाउ गर्न समस्या भएको, हचुवाको भरमा घरजग्गाको मुल्यांकन गरिएको, मोही जग्गा बाँडफाँड तथा नामसारीको निवेदनको सम्वोधन गरी जग्गाधनि प्रमाण पुर्जा उपलब्ध गराउन माग गरिएको छ । त्यस्तै भूमिहीन तथा सुम...

भोटेनाम्लाङको विकासमा सहयोग गर्ने सांसद तामाङको प्रतिबद्धता

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
पाँचपाेखरीकाे भाेटेनाम्लाङ्गमा नाम्लाङ्ग चिलिङ जात्रा तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । धर्म, भाषा, संस्कृति हाम्राे पहिचान, नाम्लाङ्ग चिलिङ जात्रा संरक्षण गर्नु हामी सबैकाे अभियान, भन्ने मूल नारा बाेक्दै आज पाँचपाेखरी थाङ्पाल गाउँपालिका वडा नं ७ भाेटेनाम्लाङ्गमा जात्राका साथै वृहत सांस्कृतिक कार्यक्रम भएकाे हाे । उक्त सांस्कृतिक कार्यक्रममा चर्चित सेलाे गायक आस्मान लाेप्चन, सेलाे गायिका राेशना लुङ्बा, दाेहाेरी गायिका गीता याेञ्जन, सेलाे गायिका पूजा बम्जन, खन्दाेके गायक प्रेम याेञ्जन र हाँस्या कलाकार विशाल तामाङकाे टाेलीले मनोरञ्जन प्रदान गर्नुभयो । साथै नाम्लाङ लगायतका स्थानिय झाँक्री प्रस्तुति पनि थियो । नाम्लाङ्ग चिलिङ जात्रा संरक्षण समितिकाे आयाेजनामा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले समिरले यस बर्ष धेरै बजेट परेको बताँउदै छुटेका स्...