आगामी बर्ष बागमती प्रदेसका सबै मावीले नर्स पाउँछः मन्त्री दुलाल
आगामी बर्ष बागमती प्रदेसका सबै बिद्यालयमा नर्सको सुबिधा पाउँने बागमती प्रदेश भौतिक तथा पुर्वाधार बिकास मन्त्री युवराज दुलालले बताउँनु भएको छ । मन्त्री दुलालले छात्रबास र बस सुबिधा मध्य एकको व्यवस्था गर्न आबश्यक रहेको र बिद्यालयलाई बस दिदा स्थायी रुपले सञ्चालन गर्ने स्थानीय सरकारको प्रतिबद्धता हुन पर्ने बताउँनु भयो । उहाँले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक बिद्यालय को ६४औ वार्षिक उत्सव तथा अभिभावक भेला तथा पूर्व बिद्यार्थी मिलन समारोहको उद्धघाटन गर्देै यस्तो बताउँनु भएको हो । मन्त्री दुलालले अब यसै बर्षदेखी बागमति प्रदेस भरका सबै माध्यमिक बिद्यालयहरुमा नर्सको व्यवस्था हुने बताउँनु हुँदै शिक्षण सिकाइमा प्रयोगात्मक शिक्षा बढी प्रभावकारी हुने बताउँनु भयो । मन्त्री दुलालले अब प्रदेस सरकार संघ सरकारले अब ठुलाठुला योजनामा मात्र लगानी गर्ने सानासाना बजेटका...
