सम्पर्क

सिपमुलक तालिमका लागि आबेदन फारम खुल्ला

प्रदेश युवा परिषद् बागमतीले विभिन्न सिपमुलक तालिमका लागि आबेदन फारम खुल्ला गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती सिन्धुपाल्चोकले विभिन्न किसिमको सिपमुलक तालीमका लागि आवेदन फारम खुल्ला गरेको हो । बेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सृजना गर्न युवाहरुलाई लक्षित गरि आवेदन फारम खुल्ला गरेको प्रदेश युवा स्वयंसेवक रुपक दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार इमेल, इन्टरनेटको पहुँच नपुगेका ठाउँबाट समितिले तोकेको फाराममा आफ्नो व्यक्तिगत विवरण भरी आवश्यक कागजात सहित एक हप्ता भित्र सदरमुकाम चौतारास्थित जिल्ला युवा समिति सिन्धुपाल्चोकको कार्यालयमा फाराम बुझाउनुपर्नेछ । फाराम समितिको कार्यालयबाट पनि उपलब्ध हुनेछ । त्यस्तै अनलाइन फर्म मार्फत आवेदन दिनको लागी https://forms.gle/ytvfwuiJ1Whw5NLeA मार्फत दिन सकिनेछ । उक्त तालिम बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा निःशुल्क सञ्चालन हुनेछ ।

बागमती प्रदेस सरकार प्रदेस युवा परिषद्ले युवाको क्षमता अभिवृद्धि गर्दै युवालाई सिर्जनशीलतासँग जोड्न धेरै खालका सीप सिकाउने तालिम सञ्चालन गर्दै आएको छ ।