ठेकेदारको लापरबाहीले पुल अधुरै
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने सुनकोशी खोलाको पक्की पुल ठेकेदारका लापरबाहीका कारण अधुरै रहेको छ । नौ वर्षअघि ठेक्का भएर काम सुरु भएको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरिएको थियो ।
निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि छ वर्षअघि बन्नुपर्ने सुनकोशी पुल नौ वर्ष बितिसक्दासमेत सम्पन्न नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका बासिन्दाले केही वर्षअघि पुलमा धर्ना दिएको स्थानीय शिक्षक पृथ्वीजङ्ग पाण्डेले जानकारी दिनुभयो । शिक्षक पाण्डेका अनुसार प्रभावित क्षेत्रका सयौँ बासिन्दाले पुलमा भेला भएर निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका थिए । सो पुलको २०७२ सालबाट निर्माण सुरु भएको थियो । पुल २०७५ मा नै तयार हुनुपर्ने सम्झौता थियो, तर ठेकेदारले निर्माण कार्यमा ढि...
