सम्पर्क

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नेतृत्वका लागि ३ जनाको उम्मेदवारी

आगमी चैत्र ९ र १० गते बाह्र्रबिसेमा हुन लागेको उद्योग बाणिज्य संघको ११औं अबिधेशनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । संघको अध्यक्षमा बुद्धराज बस्नेत, शम्भु तिमिल्सीना र सुमन खत्री चुनावी मैदानमा उत्रिनु भएको छ । अबिधेशनमा प्रथम उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिब सह–कोषाध्यक्ष र महिला सदस्यको पदमा भने निर्वाचन गर्न नपर्ने भएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ११औं अधिबेशनको लागि नेतृत्व चयनमा उम्मेदवारी दिनुभएका प्रथम उपाध्यक्षको लागि भेष बहादुर बस्नेत (राजेन्द्र) तृतीय उपाध्यक्षमा बिचारी पराजुली, महासचिवमा इश्वर गुभाजु र सह–कोषाध्यक्षमा उद्धब पौडेल र महिला सदस्यमा चमेली श्रेष्ठ, कल्याणी घिसिङ निर्बीरोध निर्बाचित हुनु भएपछी उक्त पदहरुमा निर्वाचन नहुने भएको हो ।

 

 

                                                                                     
संघको अध्यक्ष पदका उम्मेदवारहरु मध्य कसले बाजी मार्ने हो त्यो हेर्न बाँकी छ । अध्यक्षका उम्मेदवार तिनै जना बाह्रबिसे नगरपालिकाको हुनुहुन्छ । बुद्धराज बस्नेत वडा नं. ३ का हुनुहुन्छ भने शम्भु तिमिल्सिना ९ र सुमन खत्री ५ का हुनुहुन्छ । उहाँहरु तिनै जना आफुले अध्यक्षको पदमा निर्वाचित हुने निश्चितता रहेको बताउँनु हुन्छ । आफु धेरै समयदेखी व्यवसायीको पक्षमा काम गर्दै आइरहेकाले उद्योगी व्यवसायीको पेशाको संरक्षण र उद्योगीहरुको हकहितका लागी व्यवसायीले आफुलाई मतदिने भएकाले आफ्नो जित निश्चीत रहेको बुद्धराज बस्नेतले बताउँनु भयो ।
उता शम्भु तिमिल्सीना भने आफुले उद्योगी व्यवसायीको हकहितका लागी काम गरिरहेको र अध्यक्ष भएपछी अझ काम गर्न सक्ने सक्षम भएकोले आफुले जित्ने बताउँनु भयो । अर्का उम्मेदवार सुमन खत्रीले आफुले एद्योग बाणिज्य संघलाई साँच्चिकै व्यवसायीहरुको अभिभावक बन्ने हैसियत राखेर बाह्रबिसे तातोपानी मात्र नभई चौतारा, मेलम्ची क्षेत्रका उद्योगीहरुको समेतले आफ्नै क्षेत्रको हो भन्ने भावना हुने गरी काम गर्ने भएकाले आफुले जित्ने बताउँनु भयो । अबिधेशनमा बरिष्ठ उपाध्यक्षमा भने उमेश प्रधान बलेफी ८, बिदुर प्रसाद पराजुली बाह्रबिसे ९ र सुर्य बहादुर कार्की बाह्रबिसे २ बिच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी द्धितीय उपाध्यक्षमा इन्द्र राउत र राजेश श्रेष्ठ बिच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी सचिवमा तिर्थ राज पौड्याल र मोहनभक्त श्रेष्ठ बिच प्रतिस्पर्धा हुनेभएको छ । कार्यसमिति सदस्य (खुल्ला) पद संख्या – १५ को निर्वाचन हुन पर्नेमा अम्बर बहादुर श्रेष्ठ (उमेश), अशोक कुमार श्रेष्ठ, ईश्वर खत्री, उद्धव तिमल्सिना, उमेश श्रेष्ठ, कुमार थापा, गणेश नेपाल, घननाथ तिवारी (नवराज), चित्र कुमार चौलागाई (सी.के), चेङा शेर्पा, दल बहादुर रुम्बा, दावा ग्याल्जेन शेर्पा, दिनेश रोक्का (रोक्का, नवराज भट्टराइ, प्रकाश पौडेल, भूपेन्द्र थापा, मणिक लाल श्रेष्ठ, राज कुमार बस्नेत, राज कुमार राई (भट्ट), रन्जित पौडेल, राम कृष्ण बस्नेत, विजय शेर्पा, विदुर खड्का, विनोद बहादुर गुभाजु, शिवराम दंगाल, शिवहरि श्रेष्ठ, सन्तोष सापकोटा, सुरज तिमल्सिना, सुशान्त भट्टराई, हेम बहादुर योञ्जन बिच प्रतिस्पर्धा हुने हाम्रा प्रतिनिधी फुडोमा शेर्पाले जानकारी दिनु भएको छ ।