सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका– ८ इर्खूमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय चौताराले वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । मंगलबार र बुधबार गरी दुई दिनसम्म चल्ने उक्त कार्यक्रमको पहिलो दिन वडा नं. ८ मा उक्त शाखाका जेष्ठ सदस्य सुनमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का वडा सदस्य कारसाङ तामाङको प्रमुख आतिथ्यमा ईर्खु माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश दंगाल, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ईलाका कार्यालय ठिमीका प्रबन्धक राजेन्द्र थापाको बिशेष अतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्धघाटन गर्नु हुँदै प्रमुख अतिथी कारसाङ तामाङले पछिल्लो समयमा बितीय संस्थाहरु प्रती नकारात्मक सन्देस जान थालेकोले यस्ता सन्देसहरुलाई चिर्न पनि संस्थाहरुले आर्थीक अनुशासित भएर काम गर्नुपर्ने बताउँनु भयो ।
बिशेष अतिथी प्रकाश दंगालले केही व्यक्तीहरुले गाउँका महिला दिदीबहिनीहरुले आफ्नो गाँस काटेर केही गर्छु भनी जम्मा गरेको रकमको दुरुपयोग गरिदिएका कारण बितीय संस्थाहरुलाई समस्या पर्न जाने हुँदा यसप्रती सचेत रहेर संस्था सञ्चालन गर्न आयोजकलाई सुझाव दिनुभयो । कार्यक्रममा प्रहरी चौकी ईर्खुका वरिष्ठ प्रहरी हवल्दार दिनेश प्रसाद यादव लगायत इर्खुमा रहेको संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थिायो । कार्यक्रम संचालन किरण थापाले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कार्यालय प्रमुख दिपक सिंह भुजेलले राख्नुभएको थियो ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिकामा कार्यक्षेत्र रहेको उक्त संस्थामा २ हजार १ सय ६७ जना सदस्य रहेको संस्थाले जनाएको छ ।
