गर्मीयाम सुरु भएसँगै सामुदायिक वनमा आगलागी हुने क्रम बढेको छ । वन डिभिजन कार्यालय सिन्धुपाल्चोकले वन डढेलो लगाउनु अपराध भएकोले यस्ता काम गर्नेलाई कडा कार्वाही गरिने डिभिजनल वन अधिकृत राम कुमार भण्डारीले बताउँनु भएको छ ।
उहाँले प्रमुख जिल्ला अधिकारीले समेत वन डढेलो लगाउँने जथाभावी गर्नेलाई महाअपराध भएको ठहर्याएर कार्वाही गर्न पर्ने भन्नुभएको छ । हामी उहाँको निर्देशनलाई समेत मध्यनजर गरी वन ऐन अनुसार कडा कार्बाही गरिने बताउँनु भयो । उहाँले लोकप्रिय समाचारसँग कुरा गर्दै सिन्धुपाल्चोकमा आगलागीबाट ठुलो क्षती भएको र यसको नियन्त्रणका लागी वन कार्यालयबाट आबश्यक तैयारीका साथ काम गरिरहेको बताउँनु भयो । अहिले सम्मको स्थितीमा २ सय ६७ वटा वन डढेलो लागी सकेको र दैनिक १३ वटा वनमा डढेलो लागेको पाइएको छ ।
उहाँले डढेलो नियन्त्रण भन्दापनी लाग्नै नदिन सचेतना अपनाइएको छ । स्थानीय सामुदायक बन समुह अगुवाहरुलाई बन डढेलो लाग्न नदिनका लागि जोड दिएको बताउँनु भयो । आगलागी हुनमा मानिसकै कमी कमजोरी रहेको बताउँदै कुनै कुनै घटना अनजानमा र कुनै कुनै जानीजानी गर्दा यो समस्या आउँने गरेको बताउँनु भयो । खाशगरी बारीमा जिलौटा पोल्ने क्रममा आगो सल्कीरहेका ठुटाहरु र बाटो हिड्दा सुर्ती चुरोट खाएर फ्याकेको ठुटाहरुका कारण बढी डढेलो लागेको पाइएको छ । यसको रोकथामका लागी स्थानीय नागरिकको पनी उत्तिकै सहयोग चाहिने बताउँनु भयो । उहाले आफुहरुले यो सुख्खा मौसममा हुने आगलागीका कारण वनको क्षेती नहोस् भन्नका लागी दिर्घकालिन नीति बनाइरहेको भएतापनी वनमा सुकेको पातहरु र सुकेको घाँसहरुका कारण डढेलो लागेको छ ।
कृषी योग्य जमिनहरुपनि बाँझो रहेको कारण पनि वन बढेको र कृषकले खेती नगर्दा पनी बढी डढेलो लागेको देखिन्छ । पहिले पहिले मानसिहरुले पशुपालन गर्ने खेती गर्ने हुँदा सामुदायक वनहरुको सुकेका पातहरु बटुल्ने, घाँस काट्ने र पशुपालनमा घास सेउलाकोका लागी ल्याइने हुँदा वनमा पातहरु सुकेर बस्न पाउँदैन थियो पत्कर सोरेर ल्याउँने गरेका थिए । अहिले त्यो क्रम शुन्य नै रहेकाले पनि यो समस्या आएको सरोकारवालाहरुले बताएका छन् ।
राम्चे सामुदयक वनमा डढेलो नियन्त्तणमा लागी रहेका स्थानीय बज्रयोगिनी अपाङ्ग सहकारी संस्थाका अध्यक्ष चतुर बहादुर तामाङले बारीको जिलौटा पोलेर आगोको कोइलाहरु ननिभाउनेका कारण हावाहुरीका कारण आगलागी बढी भएको पाइएको बताउँनु भयो । यसैगरी वन कार्यालय सिन्धुपाल्चोकले चौतारा बन्देउ सडकका आसपासमा वन कार्यालय वन नियुक्त गरिएका वनडढेलो नियन्त्रणक स्वयमसेवक सहित सन्सारीमाइ वन उपभोक्ता समितीका पदाधिकारीहरुले डढेलो नियन्त्रण लिनेका लागी तालिम समेत लिएका छन् । जङ्गलमा रहेको सुकेको पातहरु बटुल्दै जलाएर नष्ट पार्दे डढेलो लाग्दा कसरी निभाउँने भन्ने बारेमा अभ्यास गरेका छन् । सार्वजनिक एक तथ्याङ्कअनुसार नेपालमा मानवीय कारण ९९ प्रतिशत वन डढेलो हुने गरेको छ । यसलाई रोक्न मानव समुदायलाई सचेत बनाउनु आबश्यक रहेको छ । यस बिषयमा वन कार्यलयका सुचना अधिकारी समेत रहनु भएको सहायक वन अधिकृत भक्त बहादुर श्रेष्ठले हरेक पालिाकमा रहेको सामुदायक वन समिती तथा स्थानीय अगुवा, वन सरोकारवालाहरुलाई यस सम्बन्धी चेतनामुलक कार्यक्रमहरु गरिरहेको र जिल्लामा रहेका रेडियोहरु पत्रपत्रिका मार्फत पनी सचेतनामुलक सन्देसहरु प्रशारण गरिरहकेको बताउँनु भयो ।वन विनाशको प्रमुख कारणहरूमा वन अतिक्रमण,वन फडानी,अव्यवस्थित बसोबास तथा भौतिक पूर्वाधार निर्माण, अनियन्त्रित चरिचरण र अनियन्त्रित वन डढेलोहरू पर्दछन् । जसमध्ये सबै भन्दा धेरै क्षति वन डढेलोबाट नै हुने गरेको छ ।
सामान्यतया डढेलो भन्नाले वन जङ्गल, भिर पाखा, घाँसे मैदान तथा खरवारिमा अनियन्त्रित तवरले लाग्ने आगोलाई जनाउँछ । विशेषगरी हावाहुरी र सुख्खा मौसमको समय सामान्यतया फाल्गुन देखी जेठ महिनासम्म धेरै आगलागीका घटना हुने त्यसमा पनि विशेष गरी मध्य चैतदेखी मध्य वैशाखसम्म बढी डढेलो लाग्ने गरेको वन तथा भू– संरक्षण विभागको तथ्याङ्कले देखाएको छ ।
