पूर्वसूचना प्रणाली तालिम सुरु
समुदायमा आधारित पूर्वसुचना प्रणाली सम्वन्धी तीन दिने तालिम मेलम्चीमा सुरु भएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजना अष्ट्रेलियन एड र प्राक्टिकल एक्सनको सहयोगमा सरु तलिममा हेलम्बु र पाँचपोखरी थाङपालका बिभिन्न वडाका पहिरो पुर्व सुचना प्रणाली कार्यदलका सदस्य सहभागी छन् । कार्यक्रमको बारेमा जानकारी गराँउदै कार्यक्रम संयोजक राजेस गौतमले परियोजनाले २ क्लसटरमा काम गरिरहेको बताउनुभयो । बाढीको मेलम्ची र हेलम्बु र पहिरोको हेलम्बु र पाँचपोखरीमा कार्यदल हरु निर्माण गरि काम भइरहेको छ।
२ कार्यदललाइ तालिम दिईसकेको अहिले पुर्व सुचना प्रणालीको कार्यदललाई ३ दिने तालिम आयोजना गरिएको गौतमले जानकारी दिनुभयो । पहिरो पुर्व सुचना प्रणाली परियोजना देशमै पहिलो पटक जिल्लाको हेलम्बु र पाँचपोखरीमा सुरु गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका बिपद फोकल पर्सन...
