सम्पर्क

उपप्रमुख प्रधानद्धारा विभिन्न योजनाहरूको अनुगमन

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका विभिन्न वडामा निर्माण भएका योजनाहरूको अनुगमन गरिएको छ । मेलम्ची नगरपालिका उपप्रमुख तथा योजना अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक उमा प्रधानको संयोजकत्वमा मेलम्ची नगरपालिका वडा नं. १ र १२ मा सञ्चालन भएका कुलो, सामुदायिक भवन, सडक लगायतका योजनाहरूको अनुगमन गरिएको हो । अनुगमनमा मेलम्ची नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराई, मेलम्ची नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाई, लेखा अधिकृत मुरारी पुडासैनी, योजना शाखा प्रमुख रामकुमार केसि, इन्जिनियरहरू राजु दंगाल, तिलक बस्नेत अन्य प्राविधिकहरू, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।