चौतारा अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा पुनः सञ्चालनमा
जनशक्ति अभावमा केही सयम रोकिएको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा चौतारा अस्पताल सिन्धुपाल्चोकले पुनः सञ्चालनमा ल्याएको छ । दक्ष जनशक्ति नभएको जनाउँदै अस्पतालले सो सेवा बन्द गरेको थियो । यहि माघ २५ गते डा. रोशन चौधरीलाई अस्पतालले नियुक्त गरेसँगै सेवा शुरु गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.गगन अधिकारीको सक्रियता, बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको सहयोगमा अस्पतालले शल्यक्रियामार्फत सुत्केरी सेवा प्रवाह गरेको हो । सेवा शुरु गरिएसँगै जिल्लावासीलाई अन्यत्र जानुपर्ने बाध्यता हट्नुको साथै बाहिर लानुपर्दा हुने लाखौँ खर्च र ज्यानको जोखिम दुवै कम भएको छ ।
अस्पतालका विशेषज्ञ चिकित्सक डा. रोशन चौधरीले भन्नुभयो, “बच्चा उल्टो बसेको, बच्चा खेल्ने पानी सुकेको, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्...
