सम्पर्क

Author: लोकप्रिय समाचार

मैले नेतृत्व लिएपछी १२ वटै स्थानीय तहबाट सेवा दिने छु ः शम्भु तिमल्सिना

ब्रेकिङ न्युज १, समाचार
आगमी चैत ९ र १० गते हुन लागेको व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औ अधिबेशन तथा २८औ साधरण सभाका लागि अध्यक्षका प्रत्यासी नेपाली काँग्रेस पाटी नगर सभापती समेत रहनु भएको अध्यक्षका उमेदवार शम्भु बहादुर तिमल्सिनाले मतादाता समक्ष ६ बुदे प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले आफु निर्वाचित भएपछी जिल्लाको १२वटै पालिकाबाट सेवा दिने व्यवस्था गर्ने बताउँनु भएको छ । उहाँले प्रस्तुत गर्नुभएको प्रतिबद्धतामा सिन्धुपाल्चोक उद्योग बणिज्य संघ जिल्लाभरीका साना मझौला तथा ठुला सम्पुर्ण व्यापारी व्यवसायी उद्योगीहरुलाई हाम्रो संघ छ भन्ने आभास दिलाउने कार्य गर्ने, सिन्धुपाल्चोक जिल्ला चिनको तिब्बतसँंग जोडिएको जिल्ला भएको कारण ठुलो देश नजिकको बजारलाई लक्षित गरी उत्पादन जिल्लाको भूगोल अनुसार उत्पादनलाई जोड दिने, हाल संघको सेवा केन्द्रीय कार्यालय बाह्रबिसे र शाखा कार्यालय चौतारा मेलम्ची...

मेलम्चीमा एस.इ.इ उत्प्रेरणा कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) को अन्तिम तयारीमा रहेका विद्याथीहरुका लागि मेलम्चीमा एस इ इ उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको छ । मेलम्ची नगरपालिका वडा नंं. ११ स्थित मेलम्ची कम्युनिटी मावि र कुमारी कलेज काठमाडौंको आ  योजनामा बुधबार मेलम्चीमा भएको कार्यक्रममा यस भेगका मेलम्ची कम्युनिटी मावि, प्रगती मावि, इन्द्रेश्वरी मावि, सितला देवि मावि, जवलवाई देवि मावि र जालपादेवी माविका २०० भन्दा बढि विद्यार्थीहरु सहभागी रहेका थिए । कार्यक्रममा विज्ञान र गणित विषयको पाठ्यक्रम प्रवोधिकरण गर्नका लागि बिषय बिज्ञ जेपि श्रीवास्तवले विज्ञान र रमेशप्रसाद अवस्थीले गणित विषयको सहजीकरण गर्नुभएको थियो । एस इ इ को अन्तिम तयारीमा रहेका विद्यार्थीलाई सहजताको लागि कार्यक्रम आयोजना गरिएको मेलम्ची कम्युनिटी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा इन्द्रेश्वरी माध्यमिक विद्या...

लामो समयदेखि मैले ब्यावसायीको हितमा गरेको काम नै मेरो विजयको आधार हो ः बस्नेत

बिजनेस, ब्रेकिङ न्युज १, विचार
चैत्र ९ र १० गते हुने उद्योगी व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औ अधिबेशन तथा २८औ साधरण सभा मा अध्यक्षका प्रत्यासीबुद्धराज बस्नेतले आफूले विगत लामो समयदेखि जिल्लाका ब्यापारी ÷ब्यावसायीको हितमा गरेको काम नै विजयी हुने आधार भएको बताउँनु भएको छ। उँहाले आफुले बिगतका दिनहरमा गरेका कामहरुको मुल्याङ्कन गर्दै व्यवसायीहरले मतदान गर्ने भएकाले आफु अध्यक्षमा निर्वाचित हुनेमा बिश्वास ब्यक्त गर्नु भएको छ । उँहाले आफू नेतृत्वमा आए दलगत स्वार्थमा नलाग्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ यसै गरी स्थानीय कम्पनीहरुलाइ प्रबद्र्धन गर्दै आर्थीक स्तरलाइ बढवा दिने हाल जिल्लामा सञ्चालमा रहेका साना वा घरेलु र मझौला उद्योगहरुसँग समन्वय गरेर बजारीकरणको लागि पहलकदमी लिने , अहिले संघमा जिल्लाका सबै क्षेत्रलाई समान रुपले समेट्न नसकेकाले आफूले जिल्लाभर रहेका १०३ वटै वडाका साना ठुला उद्योगी...

व्यवसायीले सघंलाइ सेण्टीगेट मुक्त राख्नका लागी मलाइ मत दिनुहुनेछः खत्री

बिजनेस, ब्रेकिङ न्युज २, विचार
उद्योगी व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औ अधिबेशन तथा २८औ साधरण सभाका लागी अध्यक्षका प्रत्यासी अध्यक्षका प्रत्यासी सुमन खत्री ले संघलाई सिण्डिकेट मुक्त राख्नका लागी मेरो उम्मेद्वारी हो मलाइ व्यवसायीहरुले यी लगाएत व्यवसायीको हितका लागी काम गर्न ब्यवसायी साथीहरुले अध्यक्ष पदमा उठेन अनुरोध गरेकाले सोही अनुसार आफु अध्यक्ष पदमा उठेकाले व्यवसायी साथीहरले आफुलाइ जिताउँने बिश्वासका साथ अगाडी बढेको बताउँनु भएको छ । उँहाले ११ औ अधिवेशनका लागी ११ वटै एजेण्डा समेत प्रस्तुत गर्नु भएको छ जसमा संघलाई सिण्डिकेट मुक्त राख्ने, संघलाई व्यापारी÷उद्यमीको साझा संगठन बनाइ राख्ने, राज्यलाई दवाब दियर व्यापारीले व्यापार गर्ने वातावरण निर्माण गर्ने, यूवा उद्यमीलाई प्रोत्साहन गरि उद्यम ÷ व्यापारमा लाग्न प्रेरित गर्ने , उद्योग बाणिज्य संघलाई बाह्रबिसे मात्र केन्द्रित नगरि चौतारा र मेलम्ची...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन वैशाख २१ र २२ गते लुम्बीनीमा हुने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अर्थात २०८१ साल वैशाख २१ र २२ गते विश्व शान्तिका मुहान गौतम वुद्धको जन्मस्थल लुम्बिनीमा हुने भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चैत्र ७ गते महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बसेको बैठकले महासंघको २७औं केन्द्रीय महाधिवेशनको घोषणा गर्दै बिभिन्न निर्णयहरू गरेको महासचिब रोषन पुरी द्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन गरेको छ । अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरिएको छ ।बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पो...

लामो समयपछिको वर्षाले खुसी किसान

ब्रेकिङ न्युज २, समाचार
लामो समयपछि वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका छन् । किसान मात्रिका खतिवडाले पानी परेपछि मर्क छर्नका लागि सहज भएको बताउनुभयो । “चिया पलाउने समयमा पानी परेकाले राम्रो भएको छ भने अन्य बालीको उब्जनी पनि अब बढ्नेछ”, उहाँले भन्नुभयो, “लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न समस्या भएको थियो ।” इलाम सदरमुकामसहित जिल्लाका विभिन्न भागमा रातिदेखि नै पानी परिरहेको उहाँको भनाइ छ । “पानी नपर्दा अलैँची सुक्न थालेको थियो । मकै छर्न सिँचाइ गर्नुपर्ने अवस्था थियो । तर पानी परेपछि सबै किसानलाई सहज भएको छ”, उहाँले भन्नुभयो । बालीलाई फाइदाः विज्ञ बालीविद् डा डिल्लीराम शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ भने पहाडि तथा तराई क्षेत्रमा गहुँ मकै, तोरी तरका...

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नेतृत्वका लागि ३ जनाको उम्मेदवारी

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
आगमी चैत्र ९ र १० गते बाह्र्रबिसेमा हुन लागेको उद्योग बाणिज्य संघको ११औं अबिधेशनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । संघको अध्यक्षमा बुद्धराज बस्नेत, शम्भु तिमिल्सीना र सुमन खत्री चुनावी मैदानमा उत्रिनु भएको छ । अबिधेशनमा प्रथम उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिब सह–कोषाध्यक्ष र महिला सदस्यको पदमा भने निर्वाचन गर्न नपर्ने भएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ११औं अधिबेशनको लागि नेतृत्व चयनमा उम्मेदवारी दिनुभएका प्रथम उपाध्यक्षको लागि भेष बहादुर बस्नेत (राजेन्द्र) तृतीय उपाध्यक्षमा बिचारी पराजुली, महासचिवमा इश्वर गुभाजु र सह–कोषाध्यक्षमा उद्धब पौडेल र महिला सदस्यमा चमेली श्रेष्ठ, कल्याणी घिसिङ निर्बीरोध निर्बाचित हुनु भएपछी उक्त पदहरुमा निर्वाचन नहुने भएको हो ।                                                                                           संघको अध्यक्ष प...

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साक्षरता कार्यक्रम इर्खुबाट सुरु

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका– ८ इर्खूमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय चौताराले वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । मंगलबार र बुधबार गरी दुई दिनसम्म चल्ने उक्त कार्यक्रमको पहिलो दिन वडा नं. ८ मा उक्त शाखाका जेष्ठ सदस्य सुनमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का वडा सदस्य कारसाङ तामाङको प्रमुख आतिथ्यमा ईर्खु माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश दंगाल, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ईलाका कार्यालय ठिमीका प्रबन्धक राजेन्द्र थापाको बिशेष अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्धघाटन गर्नु हुँदै प्रमुख अतिथी कारसाङ तामाङले पछिल्लो समयमा बितीय संस्थाहरु प्रती नकारात्मक सन्देस जान थालेकोले यस्ता सन्देसहरुलाई चिर्न पनि संस्थाहरुले आर्थीक अनुशासित भएर काम गर्नुपर्ने बताउँ...

प्रतिनिधिसभामा उठेका प्रश्नमाथि प्रधानमन्त्रीद्वारा जवाफ प्रस्तुत (पूर्णपाठ)

कृषि, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ६ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका विषयमा सांसदहरुले उठाउनुभएको विषयमा जवाफ पेश गर्नुभएको छ । नेपाली कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेकोमा अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिवद्धता प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले व्यक्त गर्नुभयो । पोखराको सुर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीको अनुसन्धान सकिसकेको अवस्थामा लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नहुने पनि उहाँको भनाइ छ । प्रतिनिधिसभामा सांसदहरुले सोध्नुभएका प्रश्नमा प्रधानमन्त्रीबाट प्रस्तुत जवाफको पूर्णपाठ सम्माननीय सभामुख महोदय, व्यवस्थापिका संसदप्रति ...

गर्मीयाम सुरु भएसँगै वनमा आगलागी, जथाभावी डढेलो लगाउनेलाई कडा कार्वाही गरिने भण्डारीको भनाइ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
गर्मीयाम सुरु भएसँगै सामुदायिक वनमा आगलागी हुने क्रम बढेको छ । वन डिभिजन कार्यालय सिन्धुपाल्चोकले वन डढेलो लगाउनु अपराध भएकोले यस्ता काम गर्नेलाई कडा कार्वाही गरिने डिभिजनल वन अधिकृत राम कुमार भण्डारीले बताउँनु भएको छ । उहाँले प्रमुख जिल्ला अधिकारीले समेत वन डढेलो लगाउँने जथाभावी गर्नेलाई महाअपराध भएको ठहर्याएर कार्वाही गर्न पर्ने भन्नुभएको छ । हामी उहाँको निर्देशनलाई समेत मध्यनजर गरी वन ऐन अनुसार कडा कार्बाही गरिने बताउँनु भयो । उहाँले लोकप्रिय समाचारसँग कुरा गर्दै सिन्धुपाल्चोकमा आगलागीबाट ठुलो क्षती भएको र यसको नियन्त्रणका लागी वन कार्यालयबाट आबश्यक तैयारीका साथ काम गरिरहेको बताउँनु भयो । अहिले सम्मको स्थितीमा २ सय ६७ वटा वन डढेलो लागी सकेको र दैनिक १३ वटा वनमा डढेलो लागेको पाइएको छ । उहाँले डढेलो नियन्त्रण भन्दापनी लाग्नै नदिन सचेतना अपनाइएको छ । स्थानीय सामुदायक बन समुह अगुवाहरुलाई ...